
प्रदेश १ मा १०६ सक्रमित थपिँदा ११९ डिस्चार्ज
विराटनगर, १० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले...
विराटनगर । तथ्यांकमा आधारित विकासले मात्रै विराटनगरको समग्र विकास हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । तथ्यांकमा आधारित विकासका लागि विषयविज्ञले तयार पारेको प्रतिवेदन प्रस्तुतीकरणमा विकासविज्ञ डा. सुमनलाल कर्णले तथ्यांकसहित प्रविधिसँग जोडेर विकास गरे लागत र जनशक्तिसमेत कम लाग्ने बताए ।
उनले १० वर्ष पछिको जनसंख्यालाई अहिले नै अनुमान गरेर विकास गरे समस्या नआउने उल्लेख गरे । “कुनै वडा वा टोलमा १० वर्षपछि कति जनसंख्या पुग्ला त्यसलाई अनुमान गरेर विकास गरे समस्या आउँदैन,” उनले भने, “तर हाम्रोमा अहिले जे जति जनसंख्या छ त्यसलाई आधार मानिन्छ । सहरमा हरेक वर्ष जनघनत्व बढ्दो छ । जनसंख्या बढेपछि त्यहाँ बनेको बाटो साँघुरो हुन्छ, स्कुल, स्वास्थ्य चौकी, खानेपानी सबैको अभाव हुन्छ । अनि जनताको चाहना पूरा हुँदैनन् ।”
अहिलेको विकास अनुमानका आधारमा मात्रै भइरहेको उनको भनाइ थियो । विकासविज्ञ डा. कर्णले तथ्यांकसहित विकासलाई प्रविधिमा जोड्न सके त्यसले समय, लागतसँगै जनशक्ति कम लाग्ने दाबी गरे । विराटनगर महानगरपालिकाले पनि तथ्यांकमा आधारित विकासलाई जोड दिन उनले सुझाव दिए ।
महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीसहित वडाध्यक्ष, कार्यपालिका सदस्य र महाशाखा प्रमुखलगायलाई राखेर प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
विपद व्यवस्थापन, सेवा प्रवाह व्यवस्थापन, अल्पकालीन एवं दीर्घकालीन योजना तथा परियोजनाहरूको रणनीति तयार पारी भावीयोजना प्रभावकारी कार्यान्वयनका लागि विषयविज्ञले तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरका सबै सेवालाई क्रमशः प्रविधिमैत्री बनाउँदै लग्ने प्रतिबद्धता जनाए ।
“सार्वजनिक गरिएको प्रतिवेदनकै आधारमा आजभोलि नै काम नहोला तर हामी क्रमशः गर्दै जानेछौं,” मेयर कोइरालाले भने, “महानगरका हरेक सेवालाई प्रविधिमैत्री बनाउन हामी कतिबद्ध छौं ।”
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडा, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखेरेल, ३ का बासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिशचन्द्र सहनी, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, ९ का विश्वनाथप्रसाद भगत, १० अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धव भुजेल, १७ का समिम कमर मियाँ, १८ का जितेन्द्रकुमार साह र १९ का श्याम घिमिरेसहित कार्यपालिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो । तथ्यांकमा आधारित विराटनगरको समग्र विकासका लागि तयार पारिएको प्रतिवेदन आइटी इन्जिनियर प्रदीप खतिवडाले प्रस्तुत गरेका थिए ।
विराटनगर, १० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले...
विराटनगर, १९ असोज-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो...
विराटनगर, २१ वैशाख । निषेधाज्ञा उल्लंघन गरी कुदाइएका १ सय मोटरसाईकल प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । निषेधाज्ञाको समयमा विना कारण मोटरसाईकल कुदाएको भन्दै प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिएको हो । निशेधाज्ञा उल्लंघन गरेको भन्दै जिल्ला...
उर्लाबारी, बैशाख २६–एकका लागि एक अभियान भन्ने नाराका साथ शुक्रबार सहारा नेपाल(साकोस) ले उर्लाबारी–४ मा राहत वितरण गरेको छ । अभियानले उर्लाबारी नगरपालिकामा वडाले दोस्रो चरणमा सिफारिस गरेको बक्राबाधमा बसोबास गर्ने विपन्न , दैनिक ज्याला...
विराटनगर । विराटनगर– १० सनसारीमाइस्थान स्थित अर्किड कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।कक्षा ११...
विराटनगर, १ पुस । निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले विराटनगर बखरीस्थित बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० जना बालबालिकाहरुलाई...
विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ ।महानगरपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरेर आउँदो शुक्रबारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु...
विराटनगर, ६ चैत । विराट होटल ब्यवसायी संघले रक्तदान कार्यक्रम गरेको छ । संघले नगरक्षेत्रको ट्राफिकचोकमा आज बिहान कार्यक्रम गरेको हो । रक्तदान शिवीरबाट ६० पिन्ट रगत संकलन भएको छ । शिवीरमा होटल ब्यवसायी संघका...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.