रोटरी क्लबको साक्षरता अभियान

 न्यूज विराट
रोटरी क्लबको साक्षरता अभियान

विराटनगर । सामाजिक कार्यमा सक्रिय रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ । महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो ।
क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता महिनाका रुपमा अभियान सञ्चालन गर्ने योजना बनाएको छ । सोही अभियान अन्तर्गत शुक्रबार क्लबले विराटनगरस्थित खार्जी कोहवारा गाउँका महिला र युवयीहरुका लागि साक्षरता कक्षा सञ्चालन गरेको छ ।
कार्यक्रममा ५० जना निरक्षर महिला र युवतीहरुको सहभागिता रहेको क्लबकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् । उनले आफ्नो कार्यकालभरी विराटनगर ४ खारर्जीमा यस्तै सामाजिक कार्यसँगै साक्षरता अभियान संचालन गर्ने बताइन् । यसअघि पनि खारर्जीको आर्थिक विपन्न परिवारका मिहलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले रोटरीले तीन महिनाको सिकाइकटाइ तालिम सुरू गरेको छ । यो तालिम अहिले पनि जारी रहेको छ ।
महिला र युवतीहरुलाई सक्षार बनाउका लागि कक्षा सञ्चालन गरिएको क्लबकी सचिव नमिता टिवडेवालले बताइन् । सो अबसरमा क्लबका पदाधिकरी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

दुर्घटनाग्रस्त हालतमा भेटियो हिजोदेखि हराइरहेको जहाज

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को मुलखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मानापाथी हिमाल नजिकै मुलखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा जहाज क्षतविक्षत देखिएकाे छ ।...

ओली-प्रचण्ड छलफल, भोलि फेरि भेट्ने ‘महत्त्वपूर्ण सहमति’

काठमाडौं, १९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच 'भोलि फेरि भेट गर्ने सहमति' जुटेको छ । पार्टीभित्रको गतिरोध अन्त्य गर्न बालुवाटारमा छलफलका लागि जुटेका अध्यक्षद्वय आ–आफ्नो अडानमा कायम रहेपछि २...

प्रदेश सरकारलाई ‘पोर्टेवल’ भेन्टिलेटर हस्तान्तरण

विराटनगर, २ भदौ-प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । आज विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो। भेन्टिलेटर...

भारतबाट धान बोकेर भित्रिएको ट्रकबाट १८ लाख बरामद

सर्लाही, २४ वैशाख-सर्लाहीको मलंगवाबाट २ भारतीय नागरिकको साथबाट स्रोत नखुलेको १७ लाख ९० हजार नेपाली रुपैयाँ बरामद गरिएको छ ।सशस्त्र प्रहरीले सुरक्षा जाँचको क्रममा धान बोकेर नेपाल प्रवेश गरेको बी आर ३० बीए २४५८ नम्बरको...

इतिहासमै पहिलो पटक सरकार बेखर्ची

काठमाडौं, भदौ ३० । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजदेखि सरकारी खर्च रोकिने भएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट आजसम्ममा संसद्बाट पारित गर्नुपर्ने छ ।...

साउदी सरकारद्वारा रोजगारदातालाई कडाइ, जेल हाल्ने चेतावनी

साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ । साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी)ले आफ्ना श्रमिकलाई अरुको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो । यस्तै, श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम...

चार देशीय क्रिकेट श्रृंखला : अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित

ओमानमा सम्पन्न चार देशीय टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । १२८ रनको लक्ष्य पाएको नेपालले निर्धाति २० ओभरमा ९ विकेट गुमाए १११ रनमात्र बनाउन सक्यो । पावर प्लेमै दुई विकेट गुमाउँदा...

संविधान संशोधनबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

काठमाठौं, जेठ १७-नेपाली कांग्रेसले संघीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बस्ने बैठकमा संविधान संशोधन प्रस्तावलगायत समसामयिक विषयमा छलफल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्