मानवअधिकार रक्षकले खोजे पहिचान

 न्यूज विराट
मानवअधिकार रक्षकले खोजे पहिचान

विराटनगर, १५ भदौ । मानव अधिकार संरक्षण, सम्र्बद्धन र सरोकार विषयक कार्यशाला बुधबार विराटनगरमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा सरोकारवालहरूले मानवअधिकार रक्षकहरूले राज्यसँग पहिचान खोज्नेवेला आएको बताए ।

कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले मानव अधिकार रक्षकको अवस्थाबारे प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालयले ड्राफ्ट गरेको मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण सम्वन्धि आदेश २०७७ ले समेटेका विषयमा थापाले जानकारी गराउनुभयो ।

उहाँले मानवअधिकार रक्षकहरूको अवस्था द्वन्द्वकालमा भन्दा सुधार भएको तर, अझै पनि ढुक्क हुने अवस्था भने नरहेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौलाले मानव अधिकार संवन्धि राष्ट्रिय कार्ययोजना र मानव अधिकार संवन्धि निर्देशिकाहरु जारी भएपनि मानव अधिकार रक्षक संवन्धि छुट्टै कानुन निर्माण नभएकाले अझै पनि मानव अधिकार रक्षक राज्यको पहिचानमा नपरेको बताउनुभयो ।

मानवअधिकारकर्मी मणिकुमार अज्र्यालले मानवअधिकार रक्षकहरूले धेरै काम गरेको भए पनि त्यस्ता कामको अभिलेखिकरण हुन नसकेको बताउनुभयो । नारी विकास संघकी प्रमुख सीता शर्माले मानवअधिकार रक्षकहरूले गाइडलाईन विनै पनि काम गरिरहेको अवस्थामा सरकारले गाइडलाईन बनाउनु सकारात्मक रहेको बताउनुभयो । गैरसरकारी संस्था महासंघ प्रदेश १ का अध्यक्ष लखन साहले सबैको संगठन भए पनि मानवअधिकार रक्षकको बलियो संगठन नभएको बताउनुभयो । मानवअधिकार रक्षकहरूको सञ्जाल, उप सञ्जाल गठन भएको तर बलियो र आधिकारिक संगठन नरहेको उहाँको भनाई छ ।

प्रदेश सरकारले बारम्बार लगानी सम्मेलनको कुरा गरे पनि प्रदेश १ मा लगानी सम्मेलन नहुँदा दातृ निकायहरू तथा अन्तारष्ट्रिय गैर सरकारी संस्थालाई लगानी गर्ने वातावरण बन्न नसकेको उहाँको भनाई छ । कार्यशालामा मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षण गर्ने सम्वन्धि आदेश २०७७ का विषयमा छलफलसमेत गरिएको थियो ।

सम्बन्धित समाचार

२४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १ साउन-नेपालमा बिहीबार थप १६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशभरका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना देखिएको बताए । उनका अनुसार...

फेरी बढ्यो पेट्रोलिम पदार्थको मूल्य, पेट्रोल अब १२५ रुपैयाँ प्रतिलिटर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल/मट्टितेल र हवाई ईन्धन (आन्तरिक उडान) को साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो । मृल्यवृद्धिसँगै काठमाडौंका लागि...

मोरङ प्रहरीद्धारा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर, २३० जनाले गराए स्वास्थ्य जाँच

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगगर १२ बखरीस्थित आधरभूत स्वास्थ्य केन्द्रमा बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २३० जनाले स्वास्थ्य जाँच गरेका छन् । विराट मेडिकल...

बूढानिलकण्ठ स्कुलले मनायो वार्षिक उत्सव, फनफेस्टामा एक दर्जन बढी स्टल

विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ स्कुलले ४० औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सवमा फन फेस्टा कार्यक्रम आयोजना गरेको हो...

महाधिवेशनपछि पहिलोपटक पत्रकारसँग भेटघाट गर्दै ओली

काठमाडौं, २३ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली चितवनको सौराहामा भएको १०औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक  पत्रकारसँग भेटघाट गर्दैछन् । अध्यक्ष ओलीले आज दिउँसो साढे १२ बजे पत्रकारसँग अन्तरक्रिया गरन लागेका हुन् । काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा...

तातोपानी नाकाबाट दैनिक स्वास्थ्य सामग्री ल्याइँदै

काठमाडौं, १३ वैशाख-गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् ।तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी...

नमुना विद्या मन्दिर स्कुलले मनायो अभिभावक दिवस

विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा...

नागरिकका अधिकारको संरक्षणका लागि न्यायपालिकाको भूमिका महत्वपूर्णः प्रधानन्यायाधीश जबरा

काठमाडौं, २६ वैशाख-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानुन दिवसले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्दै कामना गरेका छन् । उनले आज शुभकामना सन्देश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्