हाटखोला फुटबल क्लब क्वाटरफाइनलमा

 न्यूज विराट
हाटखोला फुटबल क्लब क्वाटरफाइनलमा

विराटनगर । मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगितामा हाटखोला भेट्रान फुटबल क्लब विराटनगरमा क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद मैजानमा सोमबार राती भएको खेलमा हाटखोलाले आयोजक विराट मेघा भेट्रान क्लबलाई १० – ० को फराकिलो गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

राजकुमार घिसिङले ह्याट्रिक गोल गर्दै म्यान अफ द म्याच भए । म्यान अफ द म्याच हुने खेलाडी घिसिङलाई कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष राजेन्द्र राउतले पुरस्कार वितरण गरे ।

राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापा र विक्रम श्रेष्ठले २–२ गोल, तेजबहादुर घलानी, सुमन श्रेष्ठ तथा नरेश श्रेष्ठले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए ।
खेलको पूरै सयम आफ्नो कब्जा राख्दै खेलको हाटखोलाको जितमा अन्तर्राष्ट्रिय खेल खेलेर अनुभव बढेका खेलाडीको संख्या धेरै रहेको थियो । हाटखोलाबाट राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापासहित ८ जना ‘ए’ डिभिजन खेलमा सहभागी भई अनुभव बटुलेका खेलाडी मैदानमा थिए । सुरेन्द्र तामाङ बाहेक अन्य खेलाडी अनुभवविहीन रहेको फाइदा उठाउँदै हाटखोलाले फराकिलो गोल संख्यामा जित निकाल्न सफल भएको हो ।


खेलको १६ औं मिनेटमा गोल गर्दै विक्रम श्रेष्ठले अग्रता दिलाए । त्यसपछि २१ औं मिनेटमा तेजबहादुरले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफमै थकित विराट मेघाविरुद्ध हाटखोलाका लागि खेलको २८ औं मिनेटमा सुमन श्रेष्ठले तेस्रो गोल गरे । धनकुटा घर भएका सुमन धरानस्थित एन्फा एकेडेमीका प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी हुन् । ३९ औं मिनेटमा नरेश श्रेष्ठले गोल गरे । ४५ औं मिनेटमा राजकुमार घिसिङले खेलको पाँचौ गोल गरे ।
कप्तान सागर थापाले ४७ औं र ५५ औं मिनेटमा गोल गरे । राजकुमारले ४९ औं मिनेटमा गोल गर्दै आफ्नो व्यक्तिगत गोल संख्या २ पु¥याउन सफल भए । उनले गोल गरेको ३ मिनेट नबित्तै ५१ औ मिनेटमा विक्रम श्रेष्ठले व्यक्तिगत दोस्रो र टोलीका लागि आठौं गोल गरे । राजकुमारले ६७ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।
प्रतियोगिताअन्तर्गत मंगलबार मधेस प्रदेशको लाहन भेट्रान क्लबले आयोजक विराट मेघा भेट्रान क्लब ‘बी’ को सामना गर्ने छ ।

सम्बन्धित समाचार

अग्नी नियन्त्रक र चालक सम्मानित

विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अग्नी नियन्त्रक र चालकलाई सम्मान गरेको छ । विराटनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा अग्नी नियन्त्रक रमेश मेहता, प्रकाश कोइराला र...

विराट गोल्डकपको टाइसिट सार्वजानिक, उद्घाटनमा आर्मी र कोलकाताको साउथर्न क्लब भिड्ने

विराटनगर । ९ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको टाइसिट सार्वजानिक भएको छ । विराटनगर सहिद रंगशालामा फ्लडलाइट्सको माध्यमबाट हुने रात्रिकलीन फुटबल प्रतियोगिता फागुन १९ गते उद्घाटन हुने भएको छ । उद्घाटन खेलमा विभागीय टिम...

फाइनलमा त्रिभुवन आर्मी क्लब

विराटनगर । चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेका छन् ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको...

सुनवर्षी–२ मा तीन दिने उद्घोषण तालिम सम्पन्न

विराटनगर, १८ फागुन । मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ मा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । सुनवर्षी–२ वडा कार्यालयको आयोजना तथा सञ्चारकर्मी मिडिया प्रालिको समन्वयमा तीन दिने उद्घोषण तालिम बुधबार सम्पन्न भएको...

यो वर्ष पनि लागेन सुनवर्षीमा ‘सिरुवा’ मेला

विराटनगर, २ बैशाख । वर्षेनी नयाँ वर्षको आगमन सँगै तराईमा हर्सोउल्लासका साथ मनाइने ‘सिरुवा पर्व’ यो वर्ष पनि कोराना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिमका कारण प्रभावित भएको छ । विषेश गरेर नयाँ वर्षको आगमनसँगै तराईका मुख्य...

निजी विद्यालयले अनलाइन कक्षा चलाएबापत शुल्क लिन पाउने

काठमाडौं, १९ भदौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेबापत शुल्क लिन पाउने बताएका छन् । शुक्रबार भर्चुअल बैठकमा उनले निजी विद्यालयहरूले शुल्क लिन पाउने बताएका हुन् ।  ‘निजी विद्यालयले...

जसपा नेता उमेश यादवद्वारा पार्टी परित्याग घोषणा

विराटनगर, १० वैशाख । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । उहाँले शनिबार पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिनुभयो...

लकडाउनको उल्लंघन गर्दै नाराबाजी गर्ने जसपाका १५ कार्यकर्ता पक्राउ

जनकपुर, ८ जेठ-लकडाउनको उल्लंघन गर्दै जनकपुरधाममा नाराबाजी गर्ने जनता समाजवादी पार्टी (जसपा)का १५ जना नेता/कार्यकर्तालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जसपाका युवा नेता नवीन यादव र मुकेश झाको नेतृत्वमा प्रदर्शन गरिएको हो । केही...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्