
मध्य असारमा कोशी प्रदेशमा १३.७१ प्रतिशत रोपाइ
विराटनगर । कोशी प्रदेशको कुल धानखेती हुने क्षेत्रमध्ये १३.७१ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । गत वर्ष यस अवधिमा १६ दशमलव ९६ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष भने गतवर्षको तुलनामा कम...
नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक रु पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ ।
कम्पनीको आफ्नै वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने वाध्यता रहेको छ । जयनगर–कुर्था रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । ‘नियमित रेल सेवा सञ्चालन हुँदै आए पनि आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने अवस्था छ’, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन कुमार झाले भने, ‘यसका कारण हामीले वासिङमा मात्र बर्सेनि रु पाँच करोड खर्चिदै आएका छौँ ।’ भारतमा फ्युल भराउँदा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ, यसबाट हामी बर्सेनि ठूलो रकम खर्चिन बाध्य रहेकाे उनको भनाइ छ ।
‘नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर स्थापना गर्न सकिए वार्षिक करिब रु सात करोडभन्दा बढी रकम बचत हुन सक्छ’, उनले भने, ‘यसका लागि बजेट चाहिन्छ, हामीले सरकारसँग बजेट माग्दै आएका छौँ तर अहिलेसम्म बजेट पाउन सकेका छैनौँ ।’ बजेटका लागि आश्वसनबाहेक अहिलेसम्म बजेट पाउन नसकेको उनको गुनासो छ ।
नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ । ‘नेपाल रेल्वे कम्पनीमा २६ जना भारतीय कर्मचारी कार्यरत छन्’, महाप्रबन्धक झाले भने, ‘भारतीय कर्मचारीको तलब, रेलको मेन्टीनेन्स, सामान खरिदलगायतमा वार्षिक रु ४८ करोड भारतीय रेल्वे कम्पनीलाई तिर्नुपर्ने अवस्था छ ।’
जयनगरबाट कुर्था र कुर्थाबाट जयनगर दिनमा दुई पटक आउने जाने गर्दै आएको रेलबाट दैनिक रु दुई लाख पाँच हजार आम्दानी हुँदै आएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेलबाट वार्षिक रु आठ करोड आम्दानी हुँदा खर्च भने रु ५० करोड जति हुँदै आएको महाप्रबन्धक झाले बताए ।]
अहिले नेपाल सरकारले भारतीय रेल्वे कम्पनी कार्पोरेशनलाई वार्षिक रु ४८ करोड तिर्नुपर्ने सम्झौता भएको महाप्रबन्धक झाको भनाइ छ । रेल सञ्चालन भएदेखि रेल घाटा नगए पनि सम्झौताअनुसार भारतीय रेल्वे कम्पनीलाई रु ४८ करोड तिर्नुपर्ने भएकाले समस्यामा परेको महाप्रबन्धक झाले बताए ।
गत २०७८ चैत १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षीले हरियो झण्डा देखाएर जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको शुभारम्भ गरेका थिए। त्यसयता दैनिक निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्दै आएको कम्पनीका इञ्जिनियर विनोद ओझाले जानकारी दिए ।
विराटनगर । कोशी प्रदेशको कुल धानखेती हुने क्षेत्रमध्ये १३.७१ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । गत वर्ष यस अवधिमा १६ दशमलव ९६ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष भने गतवर्षको तुलनामा कम...
काठमाडौं, साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्तासँगै संघीय संसदमा १५ बुँदे सन्देश पठाउनु भएको छ । सन्देशमा ९ वटा विषयलाई गम्भीरतासाथ उठाइएको छ । सदनले साउन १५ गते विधेयक प्रमाणीकरणका लागि शीतल निवास...
काठमाडौं, २३ वैशाख-नेपालमा १ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३ पुरुष, ३ महिला र १ बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।...
विराटनगर, ६ माघ । राष्ट्रिय गायक सुमित खड्काको राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन गरिएको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन गरिएको हो । न्यू सृष्टि दैनिकको...
विराटनगर, १८ साउन–प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २...
विराटनगरको मेनरोडस्थित जैन भवनमा शनिबार साझमा हुने तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी पुरा भएको छ । विराटनगरमा हुन लागेको यो फेस्टिबल अन्य समयको भन्दा फरक र पृथक हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको डिजाइन गरिएको मन्चमा...
मुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लडन सरकारलाई सहयोग गर्ने बताएको छ ।कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग लडन सरकारलाई प्रयाप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने...
विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा निमार्ण हुने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास भएको छ । दुई महिना भित्र निमार्ण सम्पन्न हुने गरि कोल्ड स्टोरको...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.