विराटनगरको तृष्णा रेष्टुरेन्टमा मध्यराति लफडा, अनुमति नलिइकन ‘कन्सर्ट’ आयोजना

 न्यूज विराट
विराटनगरको तृष्णा रेष्टुरेन्टमा मध्यराति लफडा, अनुमति नलिइकन ‘कन्सर्ट’ आयोजना

विराटनगर, ९ भदौ । विराटनगर महानगरपालिका–४ एयरपोर्ट मोडमा रहेको तृष्णा रेष्टुरेन्टमा बुधबार मध्यराति लफडा भएको छ । रेष्टुरेन्टले गायक सुशान्त केसीलाई बोलाएर आयोजना गरेको ‘कन्सर्ट’ (साङ्गीतिक कार्यक्रम)मा राति ११ः३० बजेतिर लफडा भएको हो । तर स्थानीय प्रशासनसँग अनुमति नलिइकन ‘कन्सर्ट’को आयोजना गरेको पाइएको छ । उक्त रेष्टुरेन्टका सञ्चालक अमन साह हुन् ।

मदिराको नशामा रहेका केही युवाले ‘कन्सर्ट’ बिथोल्ने गरी हर्कत गरेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मदिराको नशामा रहेका विराटनगर महानगरपालिका–१० का २२ वर्षीय सुजन चौधरीलगायत युवाहरुले ‘कन्सर्ट’ चलिरहेका बेला बादविवाद गर्न थालेको पाइएको छ ।

त्यस क्रममा युवाहरुलाई रेष्टुरेन्टका कर्मचारीले सम्झाईबुझाई गरेका थिए । नमानेपछि रेष्टुरेन्टमा कार्यरत बाउन्सरले कुटपिट गर्दै बाहिर निकाल्न खोजे । त्यस क्रममा सुजन घाइते भएका छन् ।

टाउकोमा चोट लागेका सुजनलाई विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । प्रहरीका अनुसार टाउकोमा तीन टाँका लगाइएका उनको अवस्था सामान्य नै छ ।

रेष्टुरेन्टमा लफडा हुन थालेपछि विराटनगरका उद्योगसमेत रहेका सुजनका बुवा सन्तोषकुमार चौधरी बाहिरबाट २०/२२ जना व्यक्तिहरुलाई लिएर घटनास्थलमा पुगेका थिए । सन्तोषको नेतृत्वमा मध्यरातमा पुगेको समूहले रेष्टुरेन्टमा तोडफोडको प्रयाससमेत गरेको प्रहरीले जनाएको छ । ४५ वर्षीय सन्तोष पानी राख्ने ट्याङ्की उत्पादन गर्ने जानकी पोलिट्याङ्कका सञ्चालक हुन् ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनापछि सन्तोषसहित रेष्टुरेन्टका बाउन्सर भारत फारबेसगन्जका ३१ वर्षीय श्रवण अली र सुरक्षा गार्ड सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ३३ वर्षीय सुमन चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । ‘बाहिरबाट युवाहरु लगेर रेष्टुरेन्टमा तोडफोडको प्रयास गरेको पाइएपछि सन्तोषलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘कुटपिटमा संलग्न रेष्टुरेन्टका बाउन्सर र सुरक्षा गार्डलाई पनि पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाइएको छ ।’

एसपी कोइरालाका अनुसार लफडाका क्रममा प्रदेश १–००१ च ७५७१ नम्बरको कार पनि तोडफोड गरिएको छ । तोडफोडबाट कारको अगाडिको सिसा फुटेको र साइडको भाग कुच्चिएको उनले बताए ।

स्थानीय प्रशासनले विराटनगरका होटल तथा रेष्टुरेन्टहरु राति १० बजेपछि बन्द गर्नुपर्ने नियम बनाएको छ । तर मध्यरातसम्म ‘कन्सर्ट’को आयोजना गरेको रेष्टुरेन्टले भने प्रशासनसँग अनुमति नलिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार होटल तथा रेष्टुरेन्टलगायतका कुनै पनि ठाउँमा भीडभाड हुने गरी कार्यक्रम गर्नुपर्ने भएमा प्रशासनसँग लिखित अनुमति लिनुपर्ने हुन्छ ।

आयोजकले अनुमति लिएपछि स्थानीय प्रशासनले कार्यक्रममा सुरक्षाको व्यवस्था मिलाउने प्रजिअ दाहालको भनाइ छ । ‘तृष्णा रेष्टुरेन्टले अनुमति नलिइकन आफूखुसी ‘कन्सर्ट’को आयोजना गरेको रहेछ,’ उनले भने, ‘त्यसो गर्नु नियमविपरीत हो ।’

बिना अनुमति ‘कन्सर्ट’को आयोजना गरेको रेष्टुरेन्टका सञ्चालक साहलाई भने प्रहरीले पक्राउ गरेको छैन । घटनाका बारेमा थप विषय खुलेपछि अरुलाई पनि नियन्त्रणमा लिएर कारबाही अघि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशीका खेलाडीलाई विदाई

विराटनगर । लुम्बिनीको नवालपरासीमा चैत्र २० गतेबाट सुरू हुने राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशी प्रदेशका खेलाडीहरुलाई विदाइ गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका आइतबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय कवडी प्रतियोगितामा भाग लिन जाने...

काठ तस्करी गर्न टिपर प्रयोग, सःमिल सञ्चालक पक्राउ

विराटनगर । पूर्वको साझेदारी र सामुदायिक वन क्षेत्रमा काठ मिल सञ्चालकको मिलेमतोमा व्यापक चोरी–तस्करी हुने गरेको पाइएको छ । तस्करको समूहले घना जङ्गलभित्र टिपर लगेर रातको समयमा सालको काठ चोरी–तस्करी हुने गरेको पाइएको हो ।...

कोरोना उपचार कोषमा सांसदहरुले दिए १ करोड

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको चैत महिनाको तलबबाट कोरोना भाइरस उपचार कोष कट्टी गरेको छ । सचिवालयले सभामुख, अध्यक्ष उपाध्यक्ष, नेकपाका सांसद सचिवालयका कर्मचारी लगाएको कोष कट्टी गरी एक करोड एक लाख ३२...

काठमाडौंबाट मजदुर लिएर उदयपुर आउँदै गरेको बस बर्दिबासमा दुर्घटना, एकजनाको मृत्यु

काठमाडौंबाट मजदुर र विद्यार्थी लिएर उदयपुर आउँदै गरेको बस बर्दिबासमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बर्दिबास–३ पाटु भन्ने ठाउँमा बा३ख ४०३६ नम्बरको बस पल्टिएको इलाका प्रहरी कार्यालय...

नेपालमा थप ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, २७ भदौ । नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए...

नेविसंघ र अखिल क्रान्तिकारीद्वारा बाणिज्य क्याम्पसमा तोडफोड

बुटवल, २६ साउन । बुटवलमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरूले तोडफोड गरेका छन् । मंगलबार बिहानै २०/२२ वटा मोटरसाइकलमा गएका नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले क्याम्पसको प्रशासनिक भवन तोडफोड गरेको क्याम्पस...

हिसान खेल सप्ताहमा विभिन्न स्पर्धाका सेमिफानल खेलहरु सम्पन्न

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत सोमबार विभिन्न स्पर्धाका सेमिफानल खेलहरु सम्पन्न भएका छन् । छात्र फुटबलमा कान्तिपुर र रेडस्टार कलेज विजयी भई फानलमा प्रवेश गरेको छ । पहिलो...

नेप्से घट्न रोकिएन, बुधबार पनि दोहोरो अंकको गिरावट

बुधबार पनि नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । लगातार घटिरहेको नेप्सेमा बुधबार पनि निरन्तरता पाएको हो ।  नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २८०१ दशमलव १३ अंकमा पुगेको हो । नेप्सेसँगै कारोबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्