विराटनगरमा पत्रकार महासंघको तीज कार्यक्रम, महिला सञ्चारकर्मीलाई साडी वितरण
बुधबार, ०८ भदौ, २०७९,
न्यूज विराट
विराटनगर, ८ भदौ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाली महिलाहरुले मनाउने तीज पर्वबाट एक आपसमा सद्भाव बढेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित तीज कार्यक्रममा शुभकामना व्यक्त्त गर्दै प्रजिअ दाहालले हाम्रो धर्म, संस्कार र संस्कृतिको विकास भएमा समाज अझ वलियो हुने धारणा राख्नु भयो ।
उद्योग एवं समाजवादी दीनबन्धु गोयलले वर्षमा एक पटक महिलाहरुले मात्र मनाउने तीजमा पुरुषहरुको पनि सहभागि हुनु सुखद पक्ष हो भन्नु भयो । सो अवसरमा महासङ्घले ३० जना महिला सञ्चारकर्मीहरुलाई एक/एक थान साडी वितरण गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक शान्तिराज कोइराला,विभिन्न सङ्घसंस्थाका महिला प्रतिनिधि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
अत्यन्त उत्साह र उमङ्गले भरिएको तीज कार्यक्रममा महिला र पुरुष सञ्चारकर्मीहरुलेसँगै नृत्य प्रदर्शन गरेका थिए ।
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कूलमा आज सम्पन्न वादविवाद प्रतियोगितामा विराटनगर– ५ स्थित एभरेष्ट मावि र सुन्दरहरैचाको साजिलाल मावी प्रथम भएका छन् । स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङको आयोजनामा सामाजिक सन्जालको...
काठमाडौं, ३ कात्तिक-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६२...
विराटनगर, १२ असार । विराट व्यापार संघले विविध कार्यक्रम गरि २१ औँ स्थापना दिवस मनाएको छ । शनिबार विराटनगरमा रक्तदान, विपन्न परिवारलाई खाद्यान्न वितरण र द्विप प्रज्वलन गर्दै स्थापना दिवस मनाएको हो । विराटनगरका अस्पतालहरुमा...
विराटनगर । मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएको...
विराटनगर । प्रदेश १ कै नमूनाका रूपमा सुविधासम्पन्न बन्दै गएको सरकारी स्वामित्वको कोशी अस्पतालमा आर्थिक अनियमितताका घटना बाहिरन थालेका छन् । कोशी अस्पतालमा पछिल्लो समय नयाँ–नयाँ संरचना निर्माणकार्य सञ्चालन हुन थालेसँगै भ्रष्टाचारले चरम रूप लिन पुगेको हो ।...
विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल सावित भएको विराटनगरस्थित मेरिल्याण्ड कलेजलाई फोकस नेपालले शिक्षा सेवा सम्मान पुरस्कार प्रदान गरेको छ । कलेजले शिक्षा क्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमान्डौमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान...
सुर्खेत, १७ जेठ-कर्णालीमा प्रदेशमान शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परिक्षणका क्रममा थप १४ जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी...