पहिचानबादी पार्टीहरू गठबन्धन गरेर चुनाव लडछौंं : अध्यक्ष खम्बु

 न्यूज विराट
पहिचानबादी पार्टीहरू गठबन्धन गरेर चुनाव लडछौंं : अध्यक्ष खम्बु

विराटनगर । खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीका अध्यक्ष आरके खम्बुले प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा पहिचानबादी पार्टीहरू बिच गठबन्धन गरेर चुनावमा लडने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीकहरूसँग कुरागर्दै अध्यक्ष खम्बुले यस्तो बताएका हुन् ।

मंसिर ४ गते हुने चुनावमा संघ र प्रदेश सबैतिर सात वटा पहिचानबादी पार्टीहरू गठबन्धन गरेर चुनाव लडने उनले बताए । ‘अहिले चुनावको तयारीमा हामी लागि परेको छौं,’ उनले भने, ‘पहिचानको मुद्दा उठाएर अहिले चुनावी अभियानमा होमिएका छौं ।’ पहिचानबादी सात दलले गठबन्धन गरेर सबै ठाउँमा भाग लिने उनले बताए ।

‘जित्ने हार्ने आफ्नो ठाउँमा रहेको छ । जनताको समस्या बुझने पार्टी हाम्रो हो,’ उनले भने, ‘ काँग्रेस एमाले र माओवादीको विकल्प पार्टी खम्बुवान हो । उनीहरुले उठाएको एजेण्डा खोक्रो भइसक्यो । प्रमुख पार्टीले जनता घाटने मात्र काम गरेका छन् । अब जनताले बुझन जरुरी रहेको छ ।’ कुमार लिङदेनले नेतृत्व गरेको लिम्बुवान, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, तामाङशाली, नेवा, थारुहटलगायतका पार्टीहरू गठबन्धन गरेर चुनाबमा लढने उनले बताए ।
अध्यक्ष खुम्बावन मोरङको लेटाङ्गमा हुने खम्बुवान राष्ट्रिय मोर्चा नेपालको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्न आएका हुन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री निसाधको निधनमा दुःख व्यक्त

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनमा दुःख व्यक्त गरेका छन् । सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका...

नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप

काठमाडौं, चैत १६ । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको...

त्रिभुवन विमानस्थलबाट आज ११ अन्तर्राष्ट्रिय उडान

काठमाडौं, २० असार-विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको...

खानेपानी प्लान्टको मन्त्री कार्कीद्वारा उद्घाटन

विराटनगर । अन्तर्राष्ट्रिय सहयोगी सस्था 'हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट'ले मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ । आइतवार एक कार्यक्रमका बिच प्रदेश नम्बर...

सर्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीको भूमिका महत्वपूर्ण छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । जिल्ला सहकारी संघ मोरङद्वारा आज विराटनगरमा आयोजित ६७ औँ राष्ट्रिय सहारी दिवस–२०८० को उद्घाटन गर्दै...

कर तिर्ने भाखा टर्‍यो, अर्को मिति अन्याेलमा

काठमाडौं, २९ जेठ-अब ७ असारभित्रै बुझाइसक्नुपर्ने सबै प्रकारका कर सोही समयभित्र बुझाउनु नपर्ने भएको छ । सरकारको यही असार ७ गतेभित्र बुझाइसक्नुपर्ने निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हा र...

मन्त्री आलेको आपत्तिजनक हर्कत, सुन्नै नसकिने अश्लिल शब्द प्रयोग गरी मार्ने धम्की दिएको अडियो–भिडियो बाहिरियो

काठमाडौं, ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौजमा उत्रिनुभएको छ । उहाँले भारतमा रहेका एक नेपाली युवालाई बसेकै ठाउँबाट उठाईदिने धम्की...

दुर्घटना रोक्न सचेतना मुलक प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्नुको साथै सडक अनुशासनको पालना गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सचेतना मुलक अभियानको थलानी गरेको छ । सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा उभिएर बिहीबारदेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्