उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई एम्स कलेजको सम्मान

 न्यूज विराट
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई एम्स कलेजको सम्मान

विराटनगर । विराटनगर ९ मा रहेको एम्स कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । त्रिभुवन विश्व विद्यालयले हालै प्रकाशित गरेको बि.एच.एम संकायकोे बिभिन्न सेमेष्टरको नतिजामा तीन जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् ।

एम्सकी विद्यार्थी प्रेक्षा पौडेल वि.एच.एम दोश्रो सेमेष्टरको नतिजामा ३.९५ जि.पि.ए.ल्याएर बोर्ड चौथो भइन् । यस्तै ममता राईले ३.८२ जि.पि.ए.ल्याएर पं्रथम सेमेष्टरको नतिजामा प्रदेश तेश्रो भइन् । इश्वर चौलागाइले ३.८३ जि.पि.ए.ल्याएर चौथो सेमेष्टरको नतिजामा प्रदेश पं्रथम हासिल गरेको कलेजले जनाएको छ । उत्कृष्ट नतिजा ल्याउने चौंलागाई र पौडेललाई कलेजले मंगलबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
यसरी प्रदेश तथा बोर्डमा आफ्नो नामको गरिमालाई उच्च राख्न सफल विद्यार्थीहरुलाई नगद पुरस्कारसहित कलेजले सम्मान गरेको हो । कार्यक्रममा उपस्थित भएका अभिभावकहरूले कलेज तथा विद्यार्थीले गरेको मेहनेतको उच्च कदर गर्दै र राम्रो कलेजमा आफ्ना बच्चा पढाउन पाएकोमा खुशीव्यक्त गरे । कलेजले अभिभावकलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा कलेजका अध्यक्ष तुलसी प्रसाद पोखरेलले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि कुनै कसर बाँकी नराख्ने र प्रदेशको नमुना कलेज बनाउन लागी पर्ने बताए । विद्यार्थीहरुको समुन्नत विकासका लागि कलेजले विद्यार्थी केन्द्रित भएर गरिखाने शिक्षाप्रदान गर्न लागि परेको कलेजका प्रबन्ध निर्देशक डा. दिक्षान्त पोखरेलले बताए । उनले उत्कृष्ट नतिजा ल्याएर आफ्नो र कलेजको गरिमालाई उच्च राख्ने मेधावी विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै उज्वल भविष्यको कामना दिए ।
एम्स कलेजको आफ्ना विद्यार्थीहरु प्रतिको लगाव, शिक्षक र विद्यार्थीको कडा मेहनेतका कारण प्रत्येक सेमेष्टरमा उत्कृष्ट नतिजा आएको क्याम्पस प्रमुख सि.एम. बस्नेतले बताए । ‘एम्स कलेज विद्यार्थीको अध्ययन पुरा गर्ने थलो मात्र नभएर जिवन सिकाई गर्ने उर्वर स्थल पनि हो,’ उनले भने ।
यस अघि पनि एम्स कै विद्यार्थी प्रदेश पं्रथम गर्नुका साथै विश्वविद्यालयले लिएको परीक्षामा सत प्रतिशत विद्यार्थी उत्तिर्ण गर्दै आएको थियो ।

सम्बन्धित समाचार

वुहान प्रयोगशालाबाट कोरोना फैलिएको प्रमाण मसँग छ : ट्रम्प

एजेन्सी, बैशाख १९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहानबाट कोरोना भाइरस फैलिएको आफूसँग प्रमाण रहेको दाबी गरेका छन् ।गुप्तचर एजेन्सीले कोरोना भाइरस जानीबुझी बनाएको नदेखिएको बताएकै दिन ट्रम्पले भने आफूसँग कोरोना भाइरस पैदा गरेको प्रमण रहेको...

राष्ट्रपति भण्डारीलाई भेट्न प्रचण्ड पुगे शीतलनिवास

काठमाडौं, २ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । सचिवालय बैठकको रस्साकस्सी चलिरहेकै बेला मंगलबार साँझ प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्...

युवा संघ विराटनगरका अध्यक्ष लामाविरुद्ध ‘शरीर बन्धक’ कसुरमा उजुरी

विराटनगर । नेकपा एमालेका भातृ सङ्गठन युवा संघ नेपाल विराटनगरको अध्यक्ष किरण लामाविरुद्ध अपहरण, शरीर बन्धक, मिटर ब्याज र फिरौती कसुरको जाहेरी परेको छ । विराटनगर महानगरपालिका–११ बस्ने ३३ वर्षीय लामाविरुद्ध विराटनगर–८ का ३४ वर्षीय नवल...

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, २० असोज–प्रदेश नं. १ मा कोरोना संक्रमणबाट मंगलबार विहान ३ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमितको मृत्यु भएको हो । विराटनगरको...

‘पशुपतिमा कार्यरत भट्ट हटाउने हल्ला निराधार’

काठमाडौं, १ साउन-पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरू हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ । कोषका सदस्य–सचिव डा प्रदीप ढकालले आज विज्ञप्ति जारी गरी भट्ट हटाउने सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन...

प्रदेश १ मा कोरोनाबाट ९ जनाको मृत्यु, १६ सय संक्रमित

विराटनगर, २८ साउन–प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ छन् । अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...

शुक्रबार थपिए १०१ जना संक्रमित, २८५ जनाले जिते कोरोना

काठमाडौं, २ असार-शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

इलाममा ग्याँस अभाव

विराटनग, चैत ९–उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले ग्यास बिक्री वितरणलाई सहज नबनाए बल प्रयोग गर्ने चेतावनी दिइरहँदा पूर्वी पहाडी जिल्लामा भने ग्यासको अभाव भएको छ । केही दिनदेखि बजारमा उपभोक्ताले सहज रुपमा खाना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्