चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

 न्यूज विराट
चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्रनहरमा पसेर बाँध भत्काएपछि बाढी आएको हो ।

अविरल वर्षाका कारण खहरे खोलामा आएको बाढीले नहर भत्किएको स्थानीयले जानकारी दिए । नहर भत्किँदा वडा न ४ का दर्जनौँ घर डुबानमा परेको हो ।

नहर भत्किएर पानी बस्तीमा पस्दा वडा नम्बर ४ का विष्णु राई, राम बहादुर विष्ट, कालिमाया राई, धनराज राई, भानुभक्त सापकोटा, वीरबहादुर मगर, नन्द राई, सकुनम राई, राम बहादुर बस्नेत लगायतका दर्जनौँ घर डुबानमा परी लाखौंको क्षति भएको स्थानीय गुणराज सापकोटाले जानकारी दिए ।उनका अनुसार घरहरूमा ६ फिटसम्म पानी जमेकोले सयौं मानिसहरू समस्यामा छन् ।

बाँध मर्मत सम्भारको कार्यमा चन्द्र नहर र नगरपालिकाले चासो नदिँदा डुबान क्षेत्रका बासिन्दाहरू सास्ती खेप्न बाध्य भएका हुन् । नगर क्षेत्रमा रहेका खहरे खोलामा ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो बाढीपीडित राम बहादुर बस्नेतले भने, बाँध भत्किएर आएको बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका सयौं घर डुबानमा परेको छ भने सयौं बिघा धान खेती जलमग्न भएको छ ।

गत शनिबारको वर्षाले सप्तकोसी नगरपालिकाका वडा न १ देखि ११ वटै वडा प्रभावित भएको नगर प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिए । वर्षाका कारण सप्तकोसी नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा पानी पसेर कम्प्युटर लगायत कार्यालयका कागज पत्र भिजेर नष्ट भएको कार्यालय सहयोगी राजकुमार रामले बताउनु भयो । बाढीले वडा कार्यालय अगाडि रहेको अग्रवाल स्टोरको गोदाममा लाखौं खाद्यान्न सामाग्री भिजेर क्षति भएको सञ्चालक मनोज अग्रवालले बताउनु भयो।

बाढी बस्तीमा पस्दा समेत बाढी नियन्त्रणमा सरोकारवालाहरूले ध्यान नदिएको बाढीपीडितहरूले गुनासो गरेका छन् । चन्द्र नहर सिँचाइ डिभिजन कार्यालय र सप्तकोसी नगरपालिकामा बाँध निर्माण गर्न पटक–पटक गुहार माग्दा समेत सुनुवाइ नभएको बाढीपीडितहरू गुनासो गरे । चन्द्र नहरले बाँध कटान गरी ,मानव बस्तीमा बाढी पसेपछि नहरमा पानी बन्द गरिएको छ । खेतीको समयमा नहरको पानी बन्द हुँदा धानवाली नष्ट हुने अवस्थामा पुगेका छन् ।

सम्बन्धित समाचार

अब विपन्न संक्रमितको मात्र सरकारले उपचार गर्ने

काठमाडौं, २९ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब तथा विपन्नको मात्र उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ । आइतबार मन्त्री भानुभक्त ढकालसहित बसेको बैठकले गरिब र विपन्नको मात्र उपचार गर्ने निर्णय गरेको हो । 'मन्त्रालयले...

ग्रामथानको उपनिर्वाचनमा ७१.३३ प्रतिशत मतदान, आजै राती १० बजेबाट गणना गर्ने तयारी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको निर्वाचनमा ७१.३३ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार १८ हजार ५७७ मत खसेको जानकारी दिए ।ग्रामथानमा २६ हजार ४४ मतदाता...

एभरेष्ट कलेजले गर्यो कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई

विराटनगर । विराटनगर – ५ मा रहेको एभरेष्ट कलेजले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । कलेजमा अध्ययनरत कक्षा १२ को आठौं ब्याचको १ सय ७४ जना विद्यार्थीहरुलाई...

जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल

विराटनगर, ३० असोज–प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल गरेको छ । ग्रामथानका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो। सामाजिक विकास...

विराटनगरको सेन्ट्रल मलमा ‘जुम्बा’ संचालनमा

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलको पहिलो तलामा जुम्बा डान्स संचालनमा आएको छ । मंगलबार एक कार्यक्रम आयोजना गरी जुम्बा संचालनमा ल्याएको हो । दक्ष प्रशिक्षकबाट सिकाइने जुम्मा डान्स सेन्ट्रल मलमा संचालनमा ल्याएको सेन्ट्रल मलका प्रबन्धक...

कोरोना महामारीले १० प्रतिशत पत्रकार बेरोजगार

काठमाडौं, ५ असोज-कोरोना महामारी र बन्दाबन्दीले १० प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । ९ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि...

मोरङको जहदामा धारिलो हतियार प्रहार गरि महिलाको हत्या गर्ने पक्राउ

विराटनगर, २९ माघ । मोरङको जहदा गाउँपालिका–१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका–१ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् । सवरियाका ज्वाई नाता पर्ने...

पूर्व प्रहरी संगठन विराटनगरको अध्यक्षमा कार्की

विराटनगर । नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरको अध्यक्षमा पूर्व डिएपी कविन्द्र कुमार कार्की चयन भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम नगर साधरणसभाबाट कार्की सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्