छिमेकीको कुटाइबाट गम्भिर घाइते भएकी चन्द्रकलाको ९ दिनपछि मृत्यु

 न्यूज विराट
छिमेकीको कुटाइबाट गम्भिर घाइते भएकी चन्द्रकलाको ९ दिनपछि मृत्यु

विराटनगर । छिमेकीको कुटाइबाट गम्भिर घाइते भएकी सुनसरीको बर्जू गाउँपालिका – ३ की २६ बर्सिया चन्द्रकला रायको उपचारको क्रममा मृत्यु भएको छ । निर्घात कुटपिट गरेको नौ दिनपछि उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो ।

रायलाई छिमेकी सङ्गीता रायसहितका उनका परिवारले घाँस काटेको विषयलाई लिएर १३ साउनमा कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी चन्द्रकला कोसी अस्पतालमा भर्ना भएकी थिइन् । उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको छ । ‘चन्द्रकला चौपायाको आहारको लागि छिमेकी सङ्गीताको खेतबारीमा पुगेकी रहेछन् । त्यसै बेलामा आफ्नो बारीमा किन घाँस काटेको भन्दै घरमै आएका सङ्गीतासहितका उनका छोरा र छोरीले एक्कासि मुङ्ग्रा प्रहार गर्न थाले । शारिर रूपमा कमजोर पनि रहेकी चन्द्रकला त्यही ढलिन । लडेको बेला सङ्गीताले चन्द्रकाको हात समाइन । त्यसपछि सम्झना र पिन्टुले पनि निर्घात कुटपिट गरिरहे,’ चन्द्रकलाका श्रीमान् सकलदिप रायले भने, ‘उनीहरूले श्रीमतीलाई शरीरको विभिन्न भागमा कुटपिट मात्र गरेर योनिमा पनि हात हालेर आक्रमण गरेका रहेछन् । अस्पताल पु¥याउँदासम्म यौनिकबाट रगत बगिरहेको थियो ।’

बढी बिलिडिङ्ग भएको कारणले श्रीमतीको मृत्यु भएको कोसी अस्पतालका चिकित्सकले पनि बताएको श्रीमान् सकलदिपले सुनाए ।
आर्थिक रूपमा विपन्न रहेका चन्द्रकलाको परिवार दैनिक अर्काको बनिभुत्ता गरेर परिवार पाल्दै आएका थिए । चन्द्रकलाको घरदेखि सङ्गीताको घर १० मिटर पूर्व पर्दछ । श्रीमतीको मृत्यु भएपछि श्रीमान् सकलदिपले आक्रमण गर्ने विरुद्ध कर्तव्य ज्यान मुद्दामा मोरङ प्रहरीमा आइतबार जाहेरी दिएका छन् । कुटपिटबाट जाहेरी मृत्यु भएको आएको जाहेरी आएका र घटनास्थल सुनसरीमा भएकोले थप अनुसन्धानको लागि सुनसरी प्रहरीमा पढाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

कोरोनाबाट निको हुनेको संख्या ८ लाख नाघ्यो

काठमाडौं, १३ वैशाख-विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनेको संख्या ८ लाख नाघेको छ । कोरोना संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी संयुक्तराज्य अमेरिकाका मानिस रहेका छन् । त्यहाँ ९ लाख २५ हजार...

लकडाउन खुकुलाे भए पनि विद्यालय तत्काल नखुल्ने

काठमाडौं, १४ वैशाख-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा २२ चैतदेखि सञ्चालित अनलाइन...

खड्का परिवारद्वारा विराटनगरको मानव सेवा आश्रमलाई चार करोडको जग्गा प्रदान

विराटनगर, १४ फागुन । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले रु चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेको छ ।...

डा. बालकृष्ण साह समानुपातिक सांसदमा सिफारिस

विराटनगर । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साह समानुपातिक सांसदमा नेपाली काँग्रेसले सिफारिस गरेको छ । डा. साहलाई सुनसरी क्षेत्र नं. २ को (ख) बाट समानुपातिक सांसदमा सिफारिस गरेको हो । स्वास्थ्य...

संघीय संसदबाट पद गुमाउने पहिलो सांसद बनिन् सरिता गिरी

काठमाडौं, २५ असार-संघीय संसद गठन भएपछि पहिलो पटक तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरी आजबाट औपचारिक रूपमा पदमुक्त भएकी छिन् । निशान छाप प्रकरणमा पार्टी निर्देशन उलङ्घन गरेपछि गत मंगलबार पार्टीबाट निष्कासनमा परेकी गिरीलाई आज...

पीसीआर परीक्षणको मूल्य समायोजन

काठमाडौं, १५ भदौ-सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको मूल्य समायोजन गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार समायोजन भएको मूल्यअनुसार अब बढीमा ४ हजारमा पीसीआर परीक्षण गर्न सकिने छ ।...

प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत दोहोरिए, केन्द्रीय कमिटी १९९ सदस्यीय

नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा दोस्रो कार्यकालका लागि गणेश बस्नेत चयन भएका छन् । पोखरामा भएको संगठनको नवौँ महाधिवेशनबाट बस्नेतको अध्यक्षतामा १९९ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो । प्रेस चौतारीले १७...

आइतबार १ सय ६८ कम्पनीका लगानीकर्ताले कमाए शेयरबजारबाट नाफा

काठमाडौं, १८ पुस । आइतबार शेयर बजारबाट १ सय ६८ कम्पनीका लगानीकर्ताले नाफा  कमाएका छन् । यस दिन नेप्से ६०.४१ अंकले बढेर २५८४.९१ अंकमा बन्द हुँदा कारोबारमा आएका प्राय: कम्पनीका लगानीकर्ताले शेयरमूल्य बढाउन सफल बनेका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्