विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा सामाजिक अभियन्ता राहुल भट्टराईले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित मानव सेवा आश्रम र पूर्वाञ्चल बाल श्रममा पुगेर जन्मदिन मनाएका हुन् ।
सामाजिक कार्यमा सक्रिय रहेका भट्टराईको जन्मदिन आज मङ्गलवार श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्वको दिन परेको थियो । उनले आफ्नो जन्मदिनमा बालश्रममा रहेका बालबालिकाहरू र आश्रममा रहेका ज्येष्ठ नागरिकहरूबिच मनाएका हुन् । त्यहाँ रहेका बालबालिका र ज्येष्ठ नागरिकहरूलाई भोजन गराएर जन्मदिन मनाए ।
उनले आफ्नो जन्मदिनमा प्रत्येक वर्ष यसरी मनाउँदै आएका छन् । मानव सेवा आश्रमले सडकमा जीवन बिताउँदै आई रहेका मानिसहरूलाई सेवा पु¥याउँदै आइरहेको छ । उक्त आश्रमले अर्ध चेत अवस्थाका आमाबुवा हेरचाह गर्दे आएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटलमा पार्टी गरिनुभन्दा पनि त्यही खर्च सामाजिक कार्यका लागि खर्चिँदा समाजमा राम्रो सन्देश जाने भएकाले आश्रममा जन्मदिन मनाएको उनले बताए ।