विराटनगर । विराटनगर १९ मा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जना युवाको मृत्यु भएको छ । विराटनगर १९ का ३० वर्षीय फुलूँ ऋषिदेव पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
ऋषिदेव साथीहरूसँग माछा मार्ने क्रममा सोमबार दिउँसो १० बजे बेपत्ता भएका थिए । बेपत्ता भएका ऋषिदेवको शव सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कंकालिनी मोरङका सशस्त्र प्रहरी निरीक्षक दिवश न्यौपानेको कामाण्डका खटिएको विपद् तालिम प्राप्त १५ जनाको सशस्त्र प्रहरी टोलीले शव निकालेको थियो ।
सशस्त्र प्रहरीको तालिम प्राप्त प्रहरीले दुई घण्टा लगाएर बेपत्ता भएका ऋषिदेवको शव १ः५० बजे पोखरीबाट निकालेको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ ।