
ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप
काठमाडौं, २० असार-ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो । अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । सरकारले...
विराटनगर,१४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताउनु भएको छ।
राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय दुई दिन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले विगतको कमी कमजोरी हटाई आगामी निर्वाचनमा अध्याधिक स्थानमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष लिङदेनले पार्टीको जनमत वृद्धि गर्न ७५३ स्थानीय पालिकामा संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिदै निर्वाचनमा पार्टीलाइ परिवर्तनको संवाहकको रुपमा जनतालाई विश्वास दिलाउन आग्रह समेत गर्नु भयो ।
उहाँले निर्वाचनलाई जीवनमरणको रुपमा लिन कार्यकर्ताहरुलाई आग्रह गर्दै जनताको समृद्धिको चाहना पुरा गर्न पार्टीलाई सत्तागठबन्धनका दलहरुको विकल्पको रुपमा स्थापित गर्र्नु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष लिङ्देनले भदौ अन्तिममा निर्वाचनका लागि उम्मेदवारको सूचि जारी गर्ने जानकारी दिँदै सोही महिनादेखि मुलुकभरी अभियानको रुपमा पार्टी प्रवेश तथा आमसभाको आयोजना गर्ने बताउनु भयो ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रममा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, केन्द्रीय सदस्य डा राजेश गिरी र सह प्रवक्ता दिनेश शाहले धार्मिक स्वतन्त्रत सहितको हिन्दू राष्ट्र स्थापित गर्ने पार्टीको एजेण्डालाई स्थापित गराउन निर्वाचनमा उम्मेदवारहरुलाई अध्याधिक स्थानमा विजयी गराउन आग्रह गर्नु भयो ।
सो अवसरमा उपाध्यक्ष प्रधानले स्थानीय तह निर्वाचनको नतिजा र सङ्घीय र प्रदेश सभा निर्वाचन रणनीति, केन्द्रीय सदस्य डा गिरीले राप्रपाको मूल सिद्धान्त, वैचारिक दर्शन, सांगठनिक स्वरुप एवं भावि कार्ययोजना, जयवहादुर श्रेष्ठले साम्यवाद, समाजवादी, पूँजीवाद र उदारवाद, हुपेन्द्र भण्डारीले हिन्दु धर्म र राजसंस्था र भक्ति सिटौलाले व्यवहारिक राजनीति विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी १४ गते शनिवार नेत्रप्रसाद चम्लागाँईले नेतत्व विकास, खुस्बु ओलीले निर्वाचन, मतदान केन्द्र र मतगणनाको महत्व र याम ढकालले पार्टी दिशानिर्देशन र पार्टी एजेण्डा विषयक कार्यपत्र प्रस्तुत गर्नु हुने सोही अवसरमा जानकारी दिइयो ।
प्रशिक्षक प्रशिक्षणमा प्रदेशका १४ जिल्लाका अध्यक्ष,संसदीय क्षेत्र, प्रदेश सभा सदस्य क्षेत्र, महिला गरी २०० जनाको सहभागिता रहेको छ ।
काठमाडौं, २० असार-ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो । अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । सरकारले...
काठमाडौं, २३ वैशाख-गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन् । लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले...
काठमाडौं, ८ जेठ-एक जना भारतीय मूलका प्राध्यापकले नेपालसँगको सीमा विवादलाई लिएर कडा प्रतिक्रिया सार्वजनिक गरेका छन् । स्विडेनस्थित उप्साला विश्वविद्यालयका शान्ति तथा द्वन्द्व अनुसन्धानका प्राध्यापक अशोक स्वीनले नेपालले जारी गरेको नयाँ नक्सा भारतले स्वीकार गर्छ...
विराटनगर । नेपाली काग्रेसका युवा नेता प्रकाश मण्डल (भोला) ले वडा स्तरमा तरुणदललाई सक्रिय बनाउन लागेका छन्। प्रदेश राजधानी विराटनगरमा अन्यदलका भातृसंगठनहरु निस्किृय भएको बेला युवा नेता भोलाले तरुल दललाई वडा स्तरमा सक्रिय बनाउन लागेका...
विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौ र कोशी प्रदेश सरकार बिच विभिन्न उधमशिलता र रोजगारमुलुक कार्यक्रम गर्ने विषयमको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ ।कोशि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन १५ दिनको...
काठमाडौं, ४ पुस । ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामा विजयकुमार...
काठमाडौँ, ३० माघ -गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.