जाे बाइडेन र सी चीनफिङबीच वार्ता हुँदै

 न्यूज विराट
जाे बाइडेन र सी चीनफिङबीच वार्ता हुँदै

पछिल्ला दिनमा बिग्रिँदै गएको चीन र अमेरिकाको सम्बन्ध सुधारका लागि आज दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच वार्ता हुन लागेको हो ।

चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच कुराकानी हुन लागेको अमेरिकी अधिकारीहरूले बताएका छन् । राजनीतिक र व्यापारिक द्वन्द्वमा अल्झिएका चीन-अमेरिका सम्बन्धलाई सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणले अझ जटिल बनाएका बेला यो वार्ता हुन लागेको हो ।

बाइडेन र सीबीचको वार्तामा उत्तर कोरियाको आणविक कार्य, युक्रेनमा रुसको आक्रमणका विषयमा बेइजिङ र वासिङटनबीचको मतभेद, इरान आणविक सम्झौतालाई पुनर्जीवन दिने प्रयास र ट्रम्प प्रशासनले चीनमा लगाएको कठोर करको अमेरिकी प्रशासनको समीक्षाको स्थितिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार चीन अमेरिकाबीच यस्ता विषयहरू छन् जहाँ आपसी सहयोग सम्भव छ भन्ने विश्वास गरिन्छ ।

सम्बन्धित समाचार

सडक आश्रित बालबालिकाको पुर्नस्थापना उच्च प्राथमिकतामाः मन्त्री घिमिरे

विराटनगर, १ पुस–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडक आश्रित बालबालिकाको पुर्नस्थापनालाई उच्च प्राथमिकता दिइएको बताएका छन् । प्रदेश सरकारले सडकमा रहेका सवै बालबालिकालाई उद्धार गर्ने योजना बनाएको उनले बताए । सडक आश्रित...

प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण

विराटनगर, ११ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा कोरोना संक्रमण...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा पुस्तक हस्तान्तरण

विराटनगर, १२ असोज । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बहुउपयोगी पुस्तकहरु हस्तान्तरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच ‘हामी युवा’ नामक सामाजिक सस्थालाई सयौँको संख्यामा पुस्तकहरु हस्तान्तरण गरेको हो । रोटरी...

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।...

मिल्स क्रिकेट प्रतियोगिता, विराटनर र नरपथग्राम क्वाटरफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसीसी विराटनगर र भारतको नरपथग्राम क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ ।विराटनगरको जुट मिलमा शुक्रबार भएको पहिलो खेलमा वाइआरसीसी विराटनगरले सुनसरी ११ क्रिकेट क्लबलाई ८ विकेटले निराश...

५ लाखमा शिशु किनबेच गर्ने डाक्टर कर्णसहित ६ जनालाई तीनवटा मुद्दा चलाउने तयारी

विराटनगर । पाँच लाख रूपैयाँ लिएर नवजात शिशु बेचेको आरोपमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने भएको छ। कोशी अस्पतालका पूर्वप्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय...

नेताहरूबीच मन नमिल्दा पार्टी फुट्छ : प्रधानमन्त्री ओली

काठमाडाैं, १० वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले फुट्नै लागेका पार्टीलाई कानुनले नरोक्ने बताएका छन् । बुधबार बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीहरू कानुन हेरेर फुट्ने नभई मन नमिल्दा फुट्ने बताएका हुन्...

१२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने राजेन्द्र ढकाल जेल चलान

विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बुधबार विराटनगर घर भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्