प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठकः स्वयंसेवी अभियान कार्यविधि स्वीकृत

 न्यूज विराट
प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठकः स्वयंसेवी अभियान कार्यविधि स्वीकृत

विराटनगर, १० साउन । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ६ वटा विषयमा निर्णय गरेको हो । बैठकले महालेखा परीक्षकको चौधौं वार्षिक प्रतिवेदन, २०७९ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले जानकारी दिए ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ पनि बैठकले स्वीकृत गरेको छ । यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७९ को मस्यौदा र सोही मन्त्रालयको विज्ञसहितको राजश्व अध्ययन कार्यदल गठन गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।

आज बसेको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको हामी स्वयंसेवी अभियान कार्यविधि, २०७९ पनि स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिए ।

 

सम्बन्धित समाचार

एकै पटक ४८ एसपी र १२० डीएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक ९एसपी०हरू र १२० जना नायव प्रहरी उपरीक्षा ९डीएसपी०हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा...

कोशी अस्पतालमा चरम बेथितीः स्वास्थ्यकर्मीले यसरी पढाउँछन् निजी हस्पिटलमा बिरामी

घटना १ विराटनगर महानगरपालिका–२ सरस्वती टोलका ५८ वर्षीय सुरेश भुजेल उच्च रक्तचापका कारण घरमा ढले । १६ कार्तिक घरमै ढलेपछि परिवारका सदस्यले उनलाई तत्काल राति १० बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याए । भुजेल परिवारको...

बुढानीलकण्ठ स्कुलमा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. मा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । स्कुल परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौसम्मका...

चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो बाबुराम भट्टराईलाई

काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ...

शिक्षादीप कलेजमा जलवायु सम्मेलन, फरक विषयहमा खोज अनुसन्धान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले शुक्रबार जलवायु सम्मेलन गरेको हो । उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

नियोजित रुपमा फेल गराएको बीपीएचका विद्यार्थीको आरोप

विराटनगर । विराटनगरस्थित कोशी हेल्थ एण्ड साइन्स क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययरत तीन जना विद्यार्थीहरूले कलेज प्रशासन नियोजित रुपमा लागेर अनुर्तिण गराएको आरोप लगाएका छन् ।विराटनगरमा मंगलर पत्रकार सम्मेलन गरी रुपा न्यौपाने, मनिषा यादव र...

दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्ने अभियान ट्राफिक प्रहरीको तिव्र

विराटनगर । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान तिव्र बनाएर अगाडि बढाएको छ । पूर्वाञ्चल टिपर व्यवसायी संघ सँगको सहकार्य तथा जिल्ला...

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति

अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उक्त विश्वास व्यक्त गरेकी हुन् । उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्