जवरजस्ती करणीको आरोपमा दुई कराँते प्रशिक्षक पक्राउ

 न्यूज विराट
जवरजस्ती करणीको आरोपमा दुई कराँते प्रशिक्षक पक्राउ

विराटनगरमा एक १९ बर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। गत असार २८ गते किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर– ३ का ५० वर्षीय विनोद राउत र सुरज सुवेदीलाई पक्राउ गरेको हो।

पक्राउ परेका राउत राष्ट्रीय खेलकुद परिषदको मोेरङको कराँते प्रशिक्षक हुन् भने सुवेदी सङ्खुवासभाको कराँते प्रशिक्षक रहेको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताएका छन्। असार २८ गते करणी गरेको भन्दै किशोरीको जाहेरीको आधारमा प्रहरीले दुई जनालाई साउन ८ गते पक्राउ गरेको श्रेष्ठले जानकारी दिए ।

होटलमा बोलाएर किशोरीलाई जवरजस्ती करणी गरेको आरोप लागेका प्रशिक्षकद्वयले किशोरीको भिडियो समेत बनाएको आरोप छ।

सम्बन्धित समाचार

जहदाको जनता बाल आधारभूत विद्यालयमा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयमा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विगत ८ वर्षदेखि निरन्तर सहयोग गर्दै...

७ वर्षे प्रावधानसहित नागरिकता विधेयक समितिवाट पारित

काठमाडौं, ७ असार-संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित भएको छ । समितिमा आज भएको छलफलपछि समितिका बहुमत सदस्यले वैवाहिक अंगिकृतलाई सातवर्षपछि नागरिकता दिने प्रावधानसहित विधेयक पारित गरेको हो ।...

लागू औषध सहित चार जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । सुन्दर हरैचना र बेलबारीबाट बुधबार प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता...

‘प्रदेशका कानुन दराजमै थन्किए‘

विराटनगर, असार ३०–प्रदेश १ मा बनाइएका अधिकाँश कानुन दराजमै थन्किएको सांसदहरूले गुनासो गरेका छन् । आजको प्रदेशसभा बैठकमा सांसदहरूले प्रदेशसभाले बनाएका अधिकांश कानुनहरू दराजमा थन्किएको गुनासो गरेका हुन । सांसद केदार कार्कीले लोकसेवा सम्बन्धमा कानुन...

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल

काठमाडौं,  १० कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् ।  दसैं, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले...

विराटनगरको सैनिक टोलमा सांगीतिक कार्यक्रम

विराटनगर । विराटनगर १३ सैनिक टोलमा सांगीतिक कार्यक्रम भएको छ । स्थानीय कलाकारहरुको उपस्थितिमा शनिबार नेपाल हातेमालो मंञ्चको आयोजना गोदावरी स्कुलको सह आयोजनामा उक्त सांगीतिक कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती दिएर सैनिक...

सुलभको ‘हिस्ट्री’ खोतल्दै प्रहरी

काठमाडौं, ३ वैशाख-महानगरीय प्रहरी अपराध महाशाखाले न्यायिक हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालको विषयमा विशेष अनुसन्धान गरिरहेको छ ।२५ चैत २०७६ मा पक्राउ परेका शंकर ग्रुपका निर्देशकसमेत रहेका अग्रवाललाई मंगलबार थप ५ दिनको लागि जिल्ला प्रशासनबाट...

अन्सारीद्धारा ५० परिवारलाई राहत वितरण

विराटनगर, बैशाख २६–विराटनगरको एक मुस्लिम परिवारले ५० परिवारलाई राहत वितरण गरेको छ । मुस्लिम समुदायको पवित्र रमजान पर्वका अवसरमा विराटनगर–१ का नौसाद अन्सारीको परिवारले स्थानीय ५० विपन्न परिवारलाई राहत वितरण गरेको हो । विश्वव्यापी महामारीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्