सांसद राईको प्रश्न -नामकरणको प्रस्ताव किन टेबुल नगरेको ?

 न्यूज विराट
सांसद राईको प्रश्न -नामकरणको प्रस्ताव किन टेबुल नगरेको ?

प्रदेश १ को प्रदेशसभा बैठकमा सांसदहरूले नामकरणको प्रस्ताव टेबुल गर्न माग गरेका छन् । सोमबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा (एमाले) की सांसद बिनादेवी राईले सरकारसँग नामकरणको प्रस्ताव टेबुल गर्न माग गरेकी हुन् ।

उनले पाँच दलीय गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्र राईले नामकरणको प्रस्ताव प्रदेश सभा टेबुल नगरि जनता भड्काउँदै हिँडेको आरोप लगाइन् । ‘यो सरकार विपक्षमा हुँदा नाम राख्न किन ढिलो भनिरहन्थ्यो, दबाब दिई रहन्थ्यो । आज आफै सरकारमा हुनुहुन्छ । सरकार के गरेर बसिरहेको छ ?’ उनले भनिन्,‘सरकारको मुख्यमन्त्री जनतालाई उचाल्ने काम गरिरहनुभएको छ । किराँत बनाउँछु, छिटै नामकरण गर्छु भरिरहनुभएको छ । तर, प्रस्ताव टेबुल गर्नुहुन्न ।’

उनले प्रदेशसभामा सरकारले नामकरणको प्रस्ताव ल्याउने प्रावधान रहे पनि मुख्यमन्त्री राईले प्रस्तावनै नल्याई जनता भड्काउने काममा उत्रिएको बताइन् । ‘जनता सडकमा आन्दोलित अवस्थामा छन् । तर सरकारको मुख्यमन्त्रीले नामकरणको विषयमा संसदमा किन टेबुल नगरेको हो ?’ उनले भनिन्,‘सरकार आफै हिंसा भड्काउने कार्यमा उद्दत छ । प्रदेशका जनताको भावना अनुसार तत्काल नामकरण गरियोस् भन्ने माग गर्न चाहन्छु ।’

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोज्यो : प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोजेका आरोप लगाएका छन् । विराटनगरमा सञ्चारकर्मीहरूसँग बिहीबार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बन्नु भन्दा...

विराटनगरमा १२ सहित प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण

विराटनगर, १७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक...

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो परीक्षण

एजेन्सी, २१ भदौ-चीनमा बनाएइको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक...

प्रदीप नेपाल माधव नेपालकै एकीकृत समाजवादीमा खुले

काठमाडौं, ९ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप नेपाल अन्ततः माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् । आफू एमालेमै रहेको बताएका प्रदीप अन्ततः माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा...

अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना 

एजेन्सी, साउन १२-अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा २ सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त...

मोरङको नयाँ कारागार संचालन, क्षमता ६१७ पुग्यो

विराटनगर । मोरङ जिल्लामा नयाँ कारागार भवन उद्घाटन गरिएको छ । करिब ३६ करोड १२ लाख ८५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन गृहमन्त्री रमेश लेखकले मंगलबार एक कार्यक्रमबीच गरेका हुन् ।...

मोरङ ट्राफिकको लापसे अभियान तिव्र : १० जना चालक प्रहरी नियन्त्रणमा

विराटनगर । लागूपदार्थ सेवन (लापसे) सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् । यसरी लापसे गरेर सवारी चलाउने चालक फेला परेसँगै यातायातमा गम्भीर लापरवाही बढ्दै गएको पुष्टि भएको छ । पछिल्लो समयमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्