विराटनगरमा कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड नगर्न महानगरको आग्रह

 न्यूज विराट
विराटनगरमा कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड नगर्न महानगरको आग्रह

विराटनगर, १ साउन । पछिल्लो समय प्रदेश १ को राजधानी विराटनगरमा पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै महानगरवासीलाई कोभिड संक्रमण बढीरहेकले सचेत हुन आग्रह गरेको हो । ‘अत्यावश्यक नभई घरबाट बाहिर नजान, अनावश्यकरुपमा भौतीक दुरी कायम गर्न तथा मास्कको प्रयोगलाई निरन्तरता दिन साथै जनस्वास्थ्यका सवै मापदण्डहरु पुरा गरि सहयोग गरिदिनुहुन सवैमा जानकारी साथ अनुरोध छ ।’ महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जारी गरेको सुचनामा भनिएको छ ।

यसैबिच मोरङ कारागारका कैदीबन्दीहरुमा हालसम्म कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । अत्यधिक ज्वरोका कारण गत बिहीबार एक कैदीको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएपछि कारागार प्रशासनले परिक्षण सुरु गरेको थियो ।

शुक्रबार मात्रै ज्वरो आएका २३ कैदीबन्दीको एन्टिजेन परीक्षण गर्दा १९ जनामा पोजिटिभ रिपोर्ट आएको थियो । उस्तै लक्षण देखिएपछि थप ३९ जनाको पीसीआर परिक्षण गर्दा शनिबार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रशासनले जानाएको छ ।

सम्बन्धित समाचार

अदालतको फैसला अन्तिम हुन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, ३ माघ-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताएका छन् । अदालतमा विचाराधीन विषयमा अनेक टिकाटिप्पणी आएको भन्दै उनले फैसलापूर्व टिकाटिप्पणी गर्न आवश्यक...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुग्यो

विराटनगर, २७ पुस । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । आज १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो । आज मोरंगमा र झापामा ४–४, सुनसरीमा ३,...

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, ४ भदौ-चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारत ६५ वर्षीय पुरुष संक्रमितको बिहीबार मृत्यु भएको हो । रत्ननगर नगरपालिका- १३ का ती पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछि...

इन्धनको मूल्य घट्दैन :आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले पत्रकार सम्मेलन गरेर नेपालमा मूल्य नघट्ने जानकारी दिएको हो । निगमको मासिक घाटा तथा ईण्डियन आयललाई...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित पाँच क्लबद्वारा सेरेब्रल पाल्सी र डाउन सिन्ड्रोमका विषयमा सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित पाँच क्लब मिलेर सेरेब्रल पाल्सी र डाउन सिन्ड्रोमका विषयमा सचेतना मुलक कार्यक्रम आयोजना गरेका छन् । रोटरी क्लब अफ डाउनटाउन विराटनगर र यसका अन्य पाँच होस्ट क्लबहरू आरसी...

रमेश रायलाई जीवन विकास गोल्डेन अवार्ड प्रदान

विराटनगर । गरिबीरहित नेपालको परिकल्पनासहित ३१ जिल्लामा वित्तीय र सामाजिक सेवा प्रवाह गरिरहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले रमेश रायलाई ‘जीवन विकास गोल्डेन अवार्ड २०८१’ प्रदान गरेको छ । उनी लघुवित्तको सूचना प्रविधि विभागको प्रमुख...

कालीगण्डकी नदीमा छाडियो ३१ हजार माछाका भुरा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सीमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१...

विराटनगरमा कराँते प्रतियोगिता हुँदै, भारत र नेपालका ९ टिमको सहभागि रहने

विराटनगर । वैशाख अन्तिम साताबाट विराटनगरमा खुल्ला कराँतै प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरस्थित कभड हलमा हुने भएको हो । विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्