विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आठ साहित्यकार पुरस्कृत

 न्यूज विराट
विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आठ साहित्यकार पुरस्कृत

विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ ।

बुधबार विराटनगरमा आयोजित कार्र्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम, ‘दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार’ डा. दुवसु क्षेत्री, ‘लीलानाथ–विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार’ डा. ज्ञानु पाण्डे र ‘ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार’ वरिष्ठ भाषाशास्त्री प्रा.डा. टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । उहाँहरु सबैलाई जनही ५० हजार राशि र सम्मानपत्र समर्पण गरिएको थियो । त्यस्तै २२ हजार राशिको ‘विराटलक्ष्मी प्रतिभा पुरस्कार’बाट झापाका हरिप्रसाद न्यौपाने र सुनसरीका नारद पोखरेल संयुक्त रुपमा सम्मानित हुनुभयो ।

त्यस्तै साहित्यकार लोचन रिजाल र भरत गुरागाईलाई २२ हजार राशिको ‘षडानन्द प्रतिभा पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिएको छ । उहाँहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुखसमेत रहनु भएका साहित्यकार प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाङ, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ दधिराज सुवेदी, सचिव प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ विवश पोखरेल, साहित्यकार दिङ्लाली कान्छोलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । २०३९ सालमा जनस्तरबाट स्थापित भाषा साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टालाई पुरस्कृत गर्ने परम्पराअनुसार संचालन भइरहेको प्रतिभा पुरस्कार प्रतिष्ठानले कृतिसमेत प्रकाशित गर्दै आएको छ ।

 

सम्बन्धित समाचार

साधनादेवी प्रहरी पराक्रम पुरस्कार किरण मगरलाई

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई जना प्रहरीलाई नगदसहित पुरस्कृत गरेको छ । यस बर्षको १ लाख धनराशीको नवौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी सहायक निरीक्षक किरण मगरलाई प्रदान गरिएको छ । प्रदेश...

आज २ हजार ८ सय १७ जनामा कोरोना, मृतकको संख्या ११ सय नाघ्यो

काठमाडौं, २३ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।  त्यस्तै, आज २...

लर्डबुद्ध कलेजको शिविरमा विद्यार्थीको भिड, पहिलो दिन दुई सयले गराए स्वास्थ्य जाँच

विराटनगर । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजले ४ दिन सम्म निः शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । लर्ड बुद्ध कलेजको आयोजना तथा न्युरो हस्पिटलको प्राविधीक सहयोगमा एसइइ दिएका विद्यार्थी र उनीहरुका अभिभावकलाई कलेजले...

विराटनगरको दक्षिणी क्षेत्र डुबानमा

विराटनगर, असार २८–केहिदिनयता परेको लगातारको बर्षापछि विराटनगरको दक्षिणीक्षेत्र जलमग्न भएको छ । केशलिया खोलाले धार परिर्वतनगरि बस्ती प्रवेश गरेपछि सो क्षेत्र जलमग्न भएको हो । लगाताको बर्षापछि केशलिया खोलाको जलस्तर बढ्दै गएर बस्ती प्रवेश गरेपछि...

डिग्री क्याम्पसको प्रयोगशालाबाट उपकरण चोरी आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको प्रयोगशालाबाट विभिन्न उपकरण चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, सोही ठाउँका बर्ष २२ का प्रमोद...

रोटरीले वितरण गर्यो खाद्य सामाग्री

विराटनगर, १२ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगर बखरीस्थित विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक रुपमा विपन्न ५० परिवारलाई खाद्यान्न वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमकाबिच क्लबकी...

पञ्चेबाजासहित विराटनगरमा धान रोपाइँ

विराटनगर । २० औं राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ आयोजना गरेको छ । पञ्चेबाजासहित महानगरले उल्लाहमय रुपमा धान रोपाइँ गरेको हो । रोपाइँ कार्यक्रममा महानगरका मेयर नागेश कोइराला,...

जनकपुरका मस्जिदमा रहेका भारतीयमा देखिएन कोरोना संक्रमण

जनकपुर, १३ वैशाख-उदयपुर र पर्सामा भारतबाट फर्किएका जमातीमा कोरोना संक्रमण भेटिएपछि सचेतना स्वरुप प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधामस्थित एक मस्जिदमा रहेका भारतीयको कोरोना परिक्षण गरिएको छ । कोभिड–१९ क्राइसीस म्यानेजमेन्ट सेन्टरको निर्णय बमोजिम सचेतना स्वरुप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्