डा. पाण्डेको ‘जीवनको अभिनन्दन’ विराटनगरमा विमोचन

 न्यूज विराट
डा. पाण्डेको ‘जीवनको अभिनन्दन’ विराटनगरमा विमोचन

विराटनगर, २९ असार । अग्रज साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो ।

प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुख साहित्यकार प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ र वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीले संयुक्त रुपमा ‘जीवनको अभिनन्दन’ निबन्धसङ्ग्रहको विमोचन गरे । विमोचित कृतिमाथि समालोचक डा. रामजी तिम्सिनाले टिप्पणी गरे ।

उनले निबन्ध सङ्ग्रह पठनीय र संग्रहनीय भएको चर्चा गरे । समालोचक तिम्सिनाले निबन्ध सङ्ग्रहमा प्रयोग भएका भाषा आमपाठकले बुझ्ने बताए । “हुन त अहिलेको कविता कविता जस्तो नहुने र कथा कथा जस्तो नहुने गरेको छ,” उनले भने, “तर जीवनको अभिनन्दन साँच्चिकै निबन्ध जस्तो छ ।” सङ्ग्रहमा जीवनमाथि अनगिन्ति प्रश्न गरिएको उनको भनाइ थियो ।

पाठकले पनि निबन्धसङ्ग्रह पढिसकेपछि जीवनमाथि आफैं प्रश्न गर्न सक्ने समालोचक तिम्सिनाले बताए । लेखकीय मन्तव्य राख्दै डा. पाण्डेले जीवनका हरेक पक्षलाई केलाएर निबन्धसङ्ग्रहले लेखेको प्रस्ट्याइन् । विभिन्न विषयवस्तुमाथि केन्द्रित रहेर लेखिएको सङ्ग्रहमा ११ वटा निबन्ध छन् । सङ्ग्रहलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

सम्बन्धित समाचार

स्वबियू निर्वाचन : महेन्द्र मोरङ क्याम्पसको निर्वाचन कार्यालयमा आगजनी गर्ने चार पक्राउ

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्थापना गरिएको निर्वाचन कार्यालयमा आगजनी गर्ने चार जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा स्ववियू सभापतिका उम्मेद्वार योगराज दाहाल, आयुश दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह, केन्द्रीय सदस्य...

प्रहरी हवल्दार गुणराज अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अधिकारीलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना...

सवारी साधनको चाप बढेपछि धरानमा ‘वान वे’ प्रणाली लागु

विराटनगर, ३१ भदौ । धरानमा सवारी साधनको चाप बढेसँगै यसलाई व्यवस्थित गराउन असोज १ गते देखि ’वान वे’ बनाइने भएको छ । धरानको मुख्य बजारमा ओहोरदोहोर सवारी साधन सञ्चालन हुँदा ट्राफिक जाम हुने भएकोले असोज...

कोशी प्रदेश एमाले अधिवेशन : अझै हुन सकेन मतगणना, चार बजेलाई सारियो

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु हुन अझै सकेको छैन । हिजो राती १० बजेदेखि सुरु भएको मतदान आज बिहान ५ बजेसम्ममा सकिएको थियो । मतदानपछि निर्वाचन...

प्रदेश २ को नामाकरणमा दलहरू सहमति नजिक

जनकपुर, पुस २२ । प्रदेश २ को नामाकारण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०, नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस), नेकपा...

एभरेष्ट बैंकको २९ औं वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाद्यान्य वितरण

विराटनगर । एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो...

४४ जना सहसचिव तथा उपसचिवहरुको सरुवा

काठमाडौं, १९ जेठ-गृहमन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमखु जिल्ला अधिकारी र सरुवा तथा पदस्थापन गरेको छ । नेपाल सरकार गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार सुर्खेतका...

श्रम र रोजगार क्षेत्र कमजोर भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको श्रम र रोजगार क्षेत्र कमजोर भएको बताएका छन् । उनले बैंकले प्रवाह गर्ने ऋणको नीतिगत व्यवस्था र कोभिडको असरले उद्योग र रोजगारदाताको क्षमता कमजोर भइरहेको बताए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्