विराटनगरका कांग्रेस नेता गुप्ताले सुरु गरे श्रीलंकालाई आर्थिक सहयोग अभियान

 न्यूज विराट
विराटनगरका कांग्रेस नेता गुप्ताले सुरु गरे श्रीलंकालाई आर्थिक सहयोग अभियान

विराटनगर, २७ असार । विराटनगरका नेपाली कांग्रेसका नेता राजेश गुप्ताले आर्थिक संकट झेलीरहेको श्रीलंकालाई सहयोग अभियान सुरु गरेका छन् ।

नेपाली कांग्रेस प्रदेश १ का कोषाध्यक्ष रहेका गुप्ताले संकटबाट गुज्रीरहेको श्रीलंकाका लागि आर्थिक सहयोग अभियान सुरु गरेका हुन् ।पछिल्लो समय श्रीलंका आर्थिकसँगै राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै सहयोगको अभियान थालिएको गुप्ताले बताए ।

उनले श्रीलंकाका जनतालाई मानवीयताका नाताले नेपाल सरकारलेनै सहयोग अभियान थाल्नुपर्ने बताए । ‘म नेपाल सरकारलाई तत्कालै एउटा राष्ट्रिय बैंक अकाउन्ट खोल्न आग्रह गर्दछु, जसमा नेपाल सरकारसँगै नेपाली जनताले पनि सहयोग गर्न सकून् ।’ उनले भने,‘म व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ सहयोग गर्नेछु ।’

अहिले आर्थिक संकट भोगिरहेको भएपनि भविष्यमा फेरि सुखी र समृद्ध श्रीलंका बन्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

मोरङ ट्राफिकको लापसे अभियान तिव्र : १० जना चालक प्रहरी नियन्त्रणमा

विराटनगर । लागूपदार्थ सेवन (लापसे) सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् । यसरी लापसे गरेर सवारी चलाउने चालक फेला परेसँगै यातायातमा गम्भीर लापरवाही बढ्दै गएको पुष्टि भएको छ । पछिल्लो समयमा...

बीए एलएलबी पहिलो वर्षका विद्यार्थीहरूको स्वागत

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, कलेज अफ ल को बीए एलएलबी पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई द्वीतिय वर्षका विद्यार्थीहरूले स्वागत गरेका छन् । शनिवार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको हो । पहिलो...

कोरोना संक्रमणबाट विराटनगरका पाँच सहित थप नौ जनाको मृत्यु

विराटनगर, ३१ वैशाख । कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप नौ जनाको मृत्यु भएको छ । मोरङका विभिन्न तीनवटा अस्पतालमा शुक्राबार विहान सात र विहिबार विहान दुई जना कोरोना संक्रमित भएको हो । विराटनगरस्थित नोबेल शिक्षण...

बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल उपलब्ध गराउने पुटिनको घोषणा

एजेन्सी, १२ असार । रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले...

कोरोना रोकथाममा भुटान सफल

एजेन्सी, साउन २६-भारत कोरोना भाइरस (कोभिड–१९) को महामारीले हायलकायल बनेको छ । भारतमा २२ लाख संक्रमित छन् । अहिलेसम्म ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणको मामिला बढ्दो छ ।...

मिस कोशीमा १७ जना छनौट, दोस्रो र तेस्रो अडिसन पनि हुने

विराटनगर, ६ साउन । छैठौं संस्करणको मिस कोशी प्रतियोगिताकोमा पहिलो चरणको अडिसनबाट १७ जना किशोरी छनौट भएका छन् । विराटनगर र इटहरीमा भएको पहिलो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनमा ३१ जना किशोरी सहभागि...

प्रदेश प्रमुखद्धारा कोशी प्रदेशमा सरकार गठनको आव्हान, असार २१ गतेसम्म समय

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । आइतबार साझ उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान...

झापामा प्रहरीको गोलि लागेर एक जनाको मृत्यु

विराटनगर, १० भदौ–झापाको झापा गाँउपालिका–३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लारेर एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मी माथि स्थानीय आक्रमणमा उत्रिएपछि प्रतिरक्षाका लागि शसस्त्र प्रहरीले चलाएको गोलि लागेर स्थानीय ३८ वर्षिय रमिकुल आलमको मृत्यु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्