मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जीनियरिङमा पहिलो ‘ब्याच’ को पठनपाठन सुरु

 न्यूज विराट
मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जीनियरिङमा पहिलो ‘ब्याच’ को पठनपाठन सुरु

विराटनगर, २७ असार । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्जिनियरिङले पठनपाठन सुरु गरेको छ । स्कुल अफ इन्जिनियरिङमा पहिलो ब्याचको पठनपाठन औपचारिकरुपमा सुरु भएको हो ।

स्कुल अफ इन्जिनियरिङले स्वागत तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्दै आफ्नो पहिलो ब्याचको शैक्षिक सत्र सुरु गरेको कार्यक्रमका अध्यक्ष तथा स्कुल अफ इन्जिनियरिङका डिन प्राध्यापक डा. प्रचण्डमान प्रधानले जानकारी दिए ।

विश्वविद्यालय सभा सदस्यहरू तथा बोर्ड अफ ट्रष्टिजका सदस्यहरू समेत उपस्थित सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री सहकुलपति जीवन घिमिरेले विद्यार्थीहरू पहिला असल मानिस बनेमात्र असल इन्जिनियर बन्न सकिने बताए ।

कार्यक्रममा बोल्दै रजिष्ट्रार डा. दिलनाथ फूयालले शैक्षिक प्रशासनका नीति नियमहरू सुनाए । विश्वविद्यालयका सभा सदस्य सत्य नारायण चौधरीले विद्यार्थी र शिक्षकहरू दुवै अनुशासनमा रहि शैक्षिक कार्यमा अघि बढेमात्र राम्रो नतिजा ल्याउन सकिने बताए । कार्यक्रममा पूर्वमन्त्री मन्त्री तथा विश्वविद्यालय सभा सदस्य लालबाबु पण्डितले विश्वविद्यालयले शैक्षिक सत्र सुरु गरेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा मन्तव्य राख्दै उपकुलपति डा. सुवासश्री पोख्रेलले विश्विद्यालयले चाँडै नै हेल्थ साईन्सको स्नातक कार्यक्रमहरू तथा इन्जिनियरिङको स्नातकोत्तर तहका कार्यक्रमहरू सुरु गरिने जानकारी दिए ।

कार्यक्रमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई डिन प्रा.डा. प्रचण्डमान प्रधान र विभागीय प्रमुख इ. नरेन्द्र डाँगीले फूलको गुच्छाले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन इ. युवराज चौधरीले गरेका थिए भने कार्यक्रमको संयोजन योजक डा. दिप रञ्जन डंगोलले गरेका थिए ।

 

 

सम्बन्धित समाचार

विराटनगरको शैक्षिक संस्थामा चन्दा आतंक, दुई जना पक्राउ

विराटनगर । शैक्षिक संस्थामा चन्दा आतंक मच्याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माम्सेवुङ गाउँपालिका १ गजुरमुखी घर भइ काठमाण्डौ स्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको...

सभामुखले बाेलाएकाे सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं, २ फागुन । सभामुख अग्नि सापकोटाले आज (सोमबार) बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमाले सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने बताए । 'सभामुखसँग...

‘निशान छापमा वास्तविक सीमा मिलाउन मात्रै संविधान संशोधन’

काठमाडौं, ९ जेठ-सरकारले नयाँ नक्सा कार्यान्वयनक लागि संविधान संशोधन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वन गर्नका लागि संविधान संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सूचना...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना संक्रमणमुक्त, १७७ संक्रमित थपिए

विराटनगर, १४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट सात र मेची अस्पतालबाट एक जना संक्रमणमुक्त भएका...

मोरङ व्यापार संघका कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित

विराटनगर, २० पुस । मोरङ व्यापार संघको कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । उम्मेद्वारी दर्ता गर्ने समयसीमा सकिँदा संघको ३३ औँ कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । कार्यसमितिमा ८ जना उद्योगतर्फ र वाणिज्यतर्फ...

भोलीदेखि विराटनगरमा कोरोना विरुद्धको खोप लगाइने

विराटनगर, ११ पुस । विराटनगरमा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । सोमबारदेखि आगामी तीन दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । हालसम्म एक पटक पनि खोप नलगाएका नगरवासीहरुलाई लक्षित गरेर महानगरले...

देशभर थपिए ८९९ संक्रमित, कुल संक्रमित ३९ हजार ४६०

काठमाडौं, १५ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

मोरङको केराबारीमा पनि एमालेको शानदार जित

विराटनगर, ४ जेठ । मोरङको केराबारी गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका हुन् । बुधबार विहान सार्वजानिक भएको अन्तिम मत परिणाम अनुसार गाउँपालिका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्