सीमावर्ती जंगलमा नेपालीको गोली हानी हत्या

 न्यूज विराट
सीमावर्ती जंगलमा नेपालीको गोली हानी हत्या

बर्दीया, १७ असार । बर्दियाको नेपाल–भारत सीमाक्षेत्रको जंगलमा निउरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार भएको छ । बिहीबार साँझ बर्दियाको गुलरिया नगरपालिका– ३ का ५४ वर्षीय हेमराज गोडियालाई गोली हानिएकाे हो ।उनीमाथि भारतीय वनरक्षकले गोली हानेकाे स्थानीयले आराेप लगाएका छन् ।

घाइते अवस्थामा गोडियाको उद्धार गरी गुलरिया अस्पतालमा ल्याइएको थियो । गोडियाले फोन गरेर आफूमाथि गोली प्रहार भएको आफन्तलाई जानकारी गराएपछि उनको उद्धार गरिएको थियो । उनको उपचारकै क्रममा गएराति मृत्यु भएको बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।

यो प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । भारतीय पक्षसँग यो विषयमा कुरा भइरहेको बर्दियाका प्रहरी उपरीक्षक शाहीले जानकारी दिए । उनले याे घटना अनुसन्धानका लागि भारतीय समकक्षीसँग सहयाेग मागिएकाे बताए ।

सम्बन्धित समाचार

सम्राट स्पोर्टिङलाई मोरङ ‘ए’ डिभिजन लिगको उपाधि

विराटनगर । विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ क्लबले मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको हो । खेलको निर्धारित...

चन्द्रपुर र जलेश्वरमा करदाता सेवा कार्यालय स्थापना

विराटनगर, ३ कात्तिक–प्रदेश २ को चन्द्रपुर र जलेश्वरमा करदाता सेवा कार्यालय स्थापना भएको छ । सोमबारदेखि दुवै स्थानमा करदातालाई सहज हुनेगरी करदाता सेवा कार्यालय स्थापना भएको हो । नेपाल सरकार अर्थ मन्त्रालय आन्तारिक राजस्व विभाग...

बुढानीलकण्ठ स्कुलमा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. मा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । स्कुल परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौसम्मका...

ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ

विराटनगर । ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ब्राउन सुगरसहित आज शनिबार विराटनगर १५ स्थित १ नम्बर ढाटबाट दुई जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरि ईटहरि नगरपालिका २...

राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरो : सदस्यसचिव वाग्ले

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंसराज वाग्लेले सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा यस क्षेत्रको सोचेजस्तो विकास हुन नसेको बताएका छन् ।विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै...

तेस्रो प्याब्सन कप : फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलोक्सी भिड्ने भएका...

ट्रकमा आगजनी भएको घटनाप्रति महासंघको ध्यानकर्षण, कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । नेपाल ट्रक यातायात व्यवशायी महासंघले आईतवार विराटनगरमा भएको सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना...

घरबाट मोबाईल चोरी गरि भागेका २ जना पक्राउ

विराटनगर, साउन –मोबाईल चोर्ने दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर १३ स्थित सैनिक टोलको एक घरबाट मोबाईल चोरी गरि भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले सप्तरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्