लागु औषधि नियन्त्रण दिवसमा विराटनगरमा प्रभातफेरी

 न्यूज विराट
लागु औषधि नियन्त्रण दिवसमा विराटनगरमा प्रभातफेरी

विराटनगर, १२ असार । युवाहरुलाई लागु पदार्थ दूव्यर्वसनीबाट जोगाउने सभ्य एवं सक्षम नागरिक बनाउने अभियान अन्तर्गत आज यहाँ प्रभातफेरीको आयोजना गरियो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, रिकभरी नेपाल लगायत विभित्र सङ्घसस्थाहरुद्वारा संयुक्त रुपमा आयोजित ३५ औं लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय मोरङबाट निकालिएको प्रभातफेरीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

प्रभातफेरीमा विभिन्न कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न विद्यालयका छात्रछात्राहरु, लागु औषध नियन्त्रण क्षेत्रमा कार्य गर्ने विभित्र सङ्घसंस्था र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

स्थानीय ट्राफिक चोकमा आयोजित कोण सभामा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले तीन तहको सरकारको लागु औषध नियन्त्रणमा कार्य गर्नुपर्नेमा जोड दिदै लागु औषधको प्रयागले समाज अपराध , यौनजन्य हिंसा वृद्धि हुनाले नियन्त्रणका लागि हामी सबैको कर्तव्य भएको बताउनु भयो । नव ज्योति पुर्नस्थापना केन्द्र विराटनगरका सुशील रिजाल लगायतले लागु औषध प्रयोग गर्ने स्थान जाने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनु भयो ।

सम्बन्धित समाचार

विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट प्रणाली’ सञ्चालन

विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थलमा पहिलो पटके उक्त्त जडान गरिएको र यसको लागत दुई...

७७ जिल्लामै फैलियो कोरोना

काठमाडौं, १३ असार-नेपालका ७७ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ । अहिलेसम्म बाँकी रहेको जिल्ला रसुवामा आज ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य...

कोशी हस्पिटमा पाए राईले नयाँ जीवन : तीन महिना अगाडीको मतिष्कमा जमेको रगत शल्यक्रिया गरेर निकालियो

विराटनगर । खोटाङ्गको जन्तेढुङगा गाउँपालिका – ६ का ६९ वर्षीया प्रताव सिंह राई रूखबाट लडेर तीन महिना अगाडी टाउँको चोट लागेको थियो । उनले स्थानीय स्वास्थ्य चौकीमा प्राथामिक उपचार गरेपछि घरमै बसे । भित्री चोट...

यी हुन् मोरङबाट ४ जीपीए ल्याउने ८ विद्यार्थी

विराटनगर । मोरङबाट ८ जना विद्यार्थीले एसईईको परीक्षामा ४ जीपीए ल्याएका छन् । विराटनगरबाट पाँच जना, पथरीबाट दुई र उर्लाबारीबाट एक जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलबाट तीन जना विद्यार्थीले ४...

घरदैलोमा भोट माग्दै महेश आचार्यले भने, ‘विकास प्रेमी नेता अमनलाल मोदीलाई जिताऊँ’

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली काङ्ग्रेसका नेता महेश आचार्य हिँडेका छन् । प्रतिनिधिसभाका उम्मेदवार मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीको...

कोशी र बीपीमा २ संक्रमित महिलाको मृत्यु

विराटनगर, २० भदौ–कोरोना भाइरसको संक्रमणबाट विराटनगरका दुई जना महिलाको मृत्यु भएको छ । एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोशी अस्पतालमा शुक्रबार साझ...

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

काठमाडौँ, ३१ वैशाख । कोरोना महामारीका कारण दर्शाउँदै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ । प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीका कारण दर्शाउँदै अर्को सूचना नआउन्जेलसम्मका...

प्रदेश १ मा आज ४०९ जना संक्रमित थपिए

विराटनगर, २५ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार एक सय ४ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ महिला र दुई सय ७७ जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्