प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन अन्तरिम आदेश

 न्यूज विराट
प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन अन्तरिम आदेश

काठमाडौं, असार १२ । चार महिना अघि जारी भएको अल्पकालिन अन्तरिम आदेशको निरन्तरता दिंदै सर्वोच्च अदालतले आइतबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारका नाममा आदेश दिएको छ । अदालतको यो आदेशसँगै काउन्सिललाई कार्यकर्ता भर्तिकेन्द्र बनाएर सत्ताको तावेदारी गराउने सरकारको योजना असफल बनेको छ ।

फागुन १९ मा जारी भएको अन्तरिम आदेशको निरन्तरता दिंदै सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले अध्यक्ष बस्नेतलाई हटाउने उद्धेश्यले सोधिएको स्पष्टीकरणको प्रक्रिया अघि नबढाउन सरकारका नाममा आदेश दिएको हो ।

आइतबार भएको सुनुवाईमा अधिवक्ताहरु अनन्तराज लुईंंटेल, विकास भट्टराई, विशाल कुमार उपाध्याय र प्रतिभा उप्रेतीले कानुनी आधारविना अध्यक्ष बस्तेतलाई हटाउन खोजेकोले सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत सरकारको तयारी निस्तेज गराउन अन्तरिम आदेश माग गर्नुभएको थियो । प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६९१ (९क) बमोजिम ४ बर्षको किटानी पदावधिका लागि नियुक्ति भएकोमा पूर्वाग्रह राखी सरकार परिवर्तन भएपछि हटाउने उद्धेश्यले बस्नेतसंग स्पष्टीकरण सोधिएकोले पूर्वाग्रही स्पष्टीकरणका आधारमा हटाउने प्रकृया अघि बढ्न नसक्ने कानुनविदहरुको जिकिर थियो ।

यसअघि न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले फागुन १९ मा प्रारम्भिक सुनुवाई गरी अल्पकालिन अन्तरिम आदेश जारी गरी बस्नेतलाई नहटाउन आदेश दिएको थियो । आफूलाई हटाउनका लागि मन्त्रिपरिषदले स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाई बस्नेत सर्वोच्च पुग्नुभएको हो ।

प्रेस काउन्सिल स्वतन्त्र, स्वायत्त र अर्धन्यायिक निकाय भएकाले त्यसको काम कारवाहीमा सरकारी हस्तक्षेप अमान्य हुने दावी अदालतमा गरिएको छ । अधिवक्ता समेत रहनुभएका बस्नेतलाई अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले ४ वर्षका लागि काउन्सिलको अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

वर्तमान सरकारले भने नेपाल पत्रकार महासंघमा बस्नेतको सदस्यताको विवाद झिकि पदबाट हटाउन स्पष्टीकरण सोधेको थियो । अध्यक्ष बस्नेतले आफू २०५२ सालदेखि पत्रकारितामा रहेको, २०५५ सालदेखि महासंघमा क्रियाशिल रहेको जानकारी गराउंदै काउन्सिलमा नियुक्त हुनका लागि महासंघको सदस्यता खुलाइरहन नपर्ने जिकिर गर्नुभएको छ ।

अध्यक्ष बस्नेतले झण्डै २० वर्ष कान्तिपुर दैनिकमा सक्रिय पत्रकारिता गर्नुभएको छ । नेपाल टेलिभिजनको बोर्ड सदस्य हुंदै उहाँ २०७८ जेठ २० गते अध्यक्ष पदमा नियुक्त हुनुभएको हो । बस्नेतले नियुक्ति भए लगत्तै अनलाईन र सामाजिक सञ्जाल व्यवस्थापनमा सक्रियता देखाउनु भएको छ । त्यस्तै पत्रपत्रिकामा आचारसंहिता पालनामा समेत कठोर कदम चालिरहनु भएको छ ।

बस्नेतको नियुक्तिपछि सवै सदस्यहरुको सहयोगमा काउन्सिलले अनलाईनलाई समेत नियमनको दायरमा ल्याएको छ । यस्तै काउन्सिलले अनलाइन दर्ताअघि अनिवार्य अभिमुखिकरण कक्षा सुरु गरेका छन् । अध्यक्ष बस्नेत नेतृत्वको काउन्सिलको अनलाईन नियमन गर्ने काम कारबाहीलाई उच्च अदालत पाटनले हालै जारी गरेको अन्तरिम आदेशले समेत सदर गरिसकेको छ ।

सम्बन्धित समाचार

ओमिक्रोनको सन्त्रास : सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका...

सीमामा खटिएका सशस्त्रका असईको मृत्यु

सप्तरी, २३ वैशाख-सीमामा खटिएका १ सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले...

पञ्जावमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी, साउन १८-भारतको पञ्जाव राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा पञ्जाव प्रान्तका उत्तरी क्षेत्रका ३ जिल्लाका व्यक्तिहरू रहेका छन् । प्रहरीले अवैध मदिरा...

जडिबुटी सम्बृद्धिको आधारः मन्त्री घिमिरे

विराटनगर, २६ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुडी सम्बृद्धिको आधार भएको बताएका छन् । तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको उनले बताउनुभयो । हिमाल, पहाड र तराईको जडिबुटी उत्पादन...

गौरीफन्टा नाकाबाट परीक्षणविनै भित्रिए १८९९ नागरिक

धनगढी, ११ जेठ-कैलालीको गौरीफन्टा नाकाबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दार आज पनि जारी छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतबाट विभिन्न क्षेत्रबाट गौरीफन्टा नाका सम्म पुगेकाहरुको उद्दार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप, पथरी र हाम्रो धरान सेमिफाइनलमा

विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका मोरङको पथरीशनिश्चरे भेट्रान्स र हाम्रो धरान भेट्रान्स क्लबसेमिफाइनलमा पुगेका छन् ।विराटनगर जुटमिल खेलमैदानमा सोमबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पथरीशनिश्चरे भेट्रान्सले मिल्स भेट्रान्स क्लब (ख) लाई...

विदेशबाट फर्किएका काभ्रेका २५१ जनामा देखिएन कोरोना संक्रमण

काठमाडौं, ६ वैशाख-विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ । गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य...

डिजिटल करेन्सी कारोबारका लागि अवधारणा पत्र तयार

काठमाडौं । नेपालमा पनि विद्युतीय मुद्रा (डिजिटल करेन्सी) प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी प्रयोगमा ल्याउन मुद्रा व्यवस्थापन विभागका अनुज दाहालको संयोजनमा अध्ययन समिति गठन गरेको थियो । समितिले अध्ययन सकेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्