कोशी अस्पतालको भवन निर्माणमा भ्रष्टाचार

 न्यूज विराट
कोशी अस्पतालको भवन निर्माणमा भ्रष्टाचार

विराटनगर । प्रदेश १ कै नमूनाका रूपमा सुविधासम्पन्न बन्दै गएको सरकारी स्वामित्वको कोशी अस्पतालमा आर्थिक अनियमितताका घटना बाहिरन थालेका छन् । कोशी अस्पतालमा पछिल्लो समय नयाँ–नयाँ संरचना निर्माणकार्य सञ्चालन हुन थालेसँगै भ्रष्टाचारले चरम रूप लिन पुगेको हो ।

संघीय सरकारबाट कोशी अस्पतालमा नियुक्ति हुने मेडिकल सुपरिटेन्डेन्ट र महालेखाद्वारा नियुक्ति हुने लेखाअधिकृतको मिलोमतोबाट पछिल्लो समय एक करोडभन्दा बढीको आर्थिक अनियमितता भएको पाइएको छ । कोशी अस्पतालको संरचना निर्माणका लागि संघीय सरकारले करोडौँ रकमको बजेट विनियोजन गरेसँगै पछिल्लो समय अस्पताल परिसरमा रहेका पुराना संरचनाहरू भत्काएर पुनर्निर्माणको कामले अग्रता लिइरहेको छ । तर निर्माण काममा रहेका ठेकेदार कम्पनी र कोशी अस्पतालका लेखा अधिकृतदेखि मेडिकल सुपरिटेन्डेन्टकै संलग्नतामा निर्माण कम्पनीलाई ठेक्का कबुलअनुसारको निर्माणसम्पन्न नभई भुक्तानी दिन थालेपछि अस्पतालभित्र संस्थागतरूपमा मौलाएको भ्रष्टाचारको रहस्य खुल्न पुगेको हो । पछिल्लो समय निर्माणसम्पन्न भएर स्वास्थ्य मन्त्री विरोध खतिवडाले उद्घाटन समेत गर्न भ्याइसकेको प्रसूति वार्ड भवन समेत हाल विवादमा तानिएको छ ।

ठेक्का सम्झौताअनुसार प्रसूति वार्डमा निर्माण हुनुपर्ने संमरचना नै नबन्दै हतार–हतारमा हस्तान्तरण गराएर उद्घाटन भएपछि अहिले बिरामीलाई आवश्यक पर्ने सुविधा समेत दिन नसकेको सोही अस्पतालमा कार्यरत कर्मचारीको आरोप छ । उक्त प्रसूति वार्डसँगै मेडिकल वार्डको दोस्रो तला भवन निर्माणको जिम्मेवारी पाएका निर्माण कम्पनी जेबी कन्स्ट्रक्सन र बीजी कन्स्ट्रक्सनले सम्झौताअनुसारको भवन निर्माण नगरी हतार हतारमा फेरि मेडिकल वार्डको दोस्रो तल्लाको नयाँ भवन हस्तारण गर्ने तयारी गरेको छ । दुवै भवन निर्माणका लागि संघीय सरकारले छ करोड बजेट छुट्ट्याएको थियो । भवन पनि गुणस्तरहीन बनेको स्रोतको भनाइ छ । भवन निर्माणका समयमा निर्माण कम्पनीले प्रयोग गरेका इँटा ल्याबमा परीक्षण गर्न लैजाने क्रममा बाटोबाटै हराएको कारण इँटाको परीक्षण नगरी ठेकेदार कम्पनीले कमसल गुणस्तरको इँटा प्रयोग गरेको दाबी स्रोतले गरेको छ । यही घटनाबाट पनि अस्पताल भवन निर्माणमा ठेकेदार कम्पनी र कर्मचारीका बीचमा कस्तो लेनदेन भएको छ भन्ने अनुमान गर्न सकिने दाबी कर्मचारीस्रोतले गरेको छ ।

कोशी अस्पतालमा निर्माण हुँदै गरेको नयाँ मेडिकल भवनको दोस्रो तलाका ठेकेदार कम्पनीले दुई पटकसम्म निर्माण अवधि थप गरिसक्दा पनि निर्माणसम्पन्न हुन नसकेको भवनलाई अहिले हतार–हतारमा हस्तान्तरण गर्ने चलखेल हुन थालेपछि त्यहाँ हुँदै आएको संस्थागत भ्रष्टाचार बाहिर आएको हो । छ महिना अगाडि नै निर्माण सम्पन्न हुनुपर्ने मेडिकल वार्डको दोस्रो तल्लाको भवनमा प्रयोग भएका धारादेखि भवनमा ए ग्रेडको रङ्ग प्रयोग गर्ने भनी सम्झौता गरेको ठेकेदारले सी ग्रेडको रङ्ग प्रयोग गरेको छ ।

अस्पतालका लेखाअधिकृत राजेन्द्र सुवेदी र मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलको मिलेमतोमा नै निर्माण सम्पन्न नै हुन नपाई हतार–हतारमा ठेकेदार कम्पनीबाट अस्पतालको स्वामित्वमा भवन ल्याउने चाँजोपाजो मिलाउन थालेपछि ठेकेदार कम्पनीसहित कार्यालयप्रमुख खरेल र लेखाअधिकृत सुवेदी अहिले विवादमा तानिएका छन् । नयाँ निर्माण भएको मेडिकल वार्डको दोस्रो तला भवनमा आउजाउ गर्नका लागि निर्माण हुने लिफ्टमा प्रयोग गरिने सामग्री उच्चकोटी र गुणस्तरीय हाल्नुपर्ने सम्झौता गरेको निर्माण कम्पनीले गुणस्तरहीन लिफ्टका सामग्री ढुवानी गरी प्रयोग गर्न थालेपछि लिफ्ट निर्माणमा पनि लाखौँको भ्रष्टाचार भएको स्रोतको दाबी छ । (आर्थिक दैनिकबाट)

सम्बन्धित समाचार

गुमेको भूभाग फिर्ता लिने प्रकियाको नयाँ चरणमा आयौँ : प्रचण्ड

काठमाडौं, ३१ जेठ-सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुमेको भूभाग फिर्ता लिने सम्वन्धमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । शनिबार नेपालको गुमेको भू-भाग राखेर निशान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधनको दोस्रो...

इलाम बस दुर्घटनामा ३६ जना घाइते, १२ वर्षीय बालकको मृत्यु

विराटनगर । मेची राजमार्ग अन्तर्गत इलामाको रोङ गााउपालिकामा भएको बस दुर्घट्नामा परेका यात्रुको पहिचान खुलेको छ । धनुषदेखि इलामको कन्याम घुम्न आएका विद्यार्थी सवार ना ६ ख ८४२४ नम्बरको बस रोङ गााउपालिकाको किटेनी भन्ने स्थानमा...

प्रदेश १ सरकारले ३५ अर्वको बजेट ल्याउँदै

विराटनगर, १ असार -प्रदेश १ सरकारले सोमबार करिव ३५ अर्वको वजेट प्रस्तुत गर्दै छ । चालु आर्थिक वर्षको तुलनामा करिव ७ अर्व घटाएर दिउँसो ३ वजे प्रदेश सरकारको तेश्रो वजेट प्रस्तुत गर्ने भएको छ ।...

स्रोत नखुलेको ३८ लाख रकमसहित एक युवक पक्राउ

जनकपुर, २२ पुस । धनुषामा स्रोत नखुलेको ३८ लाख ३५ हजारसहित बुधबार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा...

सत्याग्रही ‘ई:’ भेट्न प्रधानमन्त्री ओली पुगे अस्पताल

काठमाडौं, १८ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफ समूहका सदस्यलाई भेट्न अस्पताल पुगेका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले इनफ इज इनफ ग्रुपका अनशनकारी इशान अधिकारी ‘ई:’लगायतका युवाहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट...

न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने, सचेतनासँगै स्वास्थ्य उपचारमा सौलियत दिने

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने भएको छ । चैत १३ गते पर्ने ‘वर्ल्ड पर्पल डे’ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ‘वर्ल्ड पर्पल डे’...

गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा भेटियो किरा

विराटनगर,जेठ ३–मोरङको सुन्दरहरैचा नगरपालिका– १० विराटचौक स्थित गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा किरा भेटिएको छ । घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको नेतृत्वमा आएको अनुगमन टोलीले डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको ६८ थान प्याकेजिङ्ग गरिएको...

रुसले दियो कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती

एजेन्सी, जेठ २०–रुसले कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती दिएको छ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा स्वीकृति दिएको हो । योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्