देशभर मनसुन विस्तार, आज यी क्षेत्रमा छ भारी वर्षाकाे सम्भावना

 न्यूज विराट
देशभर मनसुन विस्तार, आज यी क्षेत्रमा छ भारी वर्षाकाे सम्भावना

देशभर आजकाे माैसम सामान्यदेखि पूर्ण बदली रहनेछ ।  देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

गण्डकी, कर्णाली तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ । हाल देशको प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिमका भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।

यसैबीच कास्कीको लुम्ले र जुमलेटीमा गए राति भारी वर्षा भएकोले आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जनाउँदै बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन भनेको हो ।

केन्द्रका अनुसार लुम्ले र जुमलेटी आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने खतरा रहेको छ ।

सम्बन्धित समाचार

पशुपतिमा भक्तजन प्रवेश गराउन विशेष तयारी

काठमाडौं, ११ असार-कोरोना संक्रमण जोखिम बढेपछि भक्तजनलाई प्रवेश रोकिएको पशुपतिनाथ मूल मन्दिरमा सुरक्षित दर्शनको व्यवस्था गर्ने तयारी भइरहेको छ । सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने...

नेपाली सेनामा जागिर खुल्यो

काठमाडौं, ३१ भदौ । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि जागिर खुलाएको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति...

विराटनगरको सडकमा सुरू भयो फुड फेस्टिवल

विराटनगर । विराटनगरको हिमालय रोडमा दशैँ फुड फेस्टिबल सुरु भएको छ । दशैको अवसर पारेर विराटनगरमा आइतबारदेखि फुड फेस्टिवल सुरु भएको हो ।स्थानिय जातजातीका परिकारहरुलाई प्रवद्धन गर्ने उद्देश्यले सुरु भएको फेस्टिबल कात्तिक ४ गतेसम्म संचालन...

नेपाल प्रहरीको आईजीपीमा थापा नियुक्त

काठमाडौं, २३ असार-नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षत्री नियुक्त भएका छन् । क्षत्रीलाई सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले आईजीपीमा नियुक्त गरेको हो । क्षत्री नेपाल प्रहरीका २८औँ आईजीपी हुन्...

सीमानाकाबाट नेपाल भित्रिने सबैको कोरोना परीक्षण गराउन मन्त्रालयको आग्रह

काठमाडौं, १७ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थलमार्ग हुँदै सीमानाकाबाट नेपाल भित्रिने नागरिकको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न आग्रह गरेको छ । धेरै ठाउँमा भारतबाट आएका व्यक्तिहरूलाई परीक्षण नगरी घर पठाउने गरेको पाइएकोले त्यस्तो नगर्न...

पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन

दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको...

पानीमा डुबिरहेको अवस्थामा मृत फेला

विराटनगर, ५ माघ । सुनसरीको रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका–४ स्थित सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार...

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ:देउवा

काठमाडौं, ६ वैशाख ।नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, 'गठबन्धन टुटाउने षड्यन्त्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्