‘प्राकृतिक भन्दा मानवीय कारणले विपद्को जोखिम बढ्दो’

 न्यूज विराट
‘प्राकृतिक भन्दा मानवीय कारणले विपद्को जोखिम बढ्दो’

विराटनगर,८ असार । प्राकृतिकले भन्दा मानवीय कारणले मुलुकमा विपद्को जोखिम वृद्धि भैरहेकोले यसतर्फ सबैले ध्यान दिनु पर्ने सहभागीहरुले सुझाव दिनु भएको छ।

उहाँहरुले विपद कोष रकमलाई रोकथामका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नु भयो । गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौंद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय विपद् सम्वन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले पूर्वाधार निर्माणमा वैज्ञानिक आधार तय गरी क्षति न्यूनिकरण गर्न सरोकारवालाहरुसँग समन्वय गर्नुपर्ने आवश्यक्त्ता औल्याउनु भएकाछन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राहत तथा पुनस्र्थापना कार्यलाई स्थानीय तह केन्द्रीत व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा वाढी, पहिरो जस्ता विपद्का समयमा उद्धार जनशक्ति उत्पादन गर्न अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिदै स्थानीत तह विपद् कोषमा न्यून रकम भएकाले थप गर्नुपर्ने आवश्यक्त्ता औल्याउनु भयो ।

प्राधिकरणका सह सचिव हरिप्रसाद घिमिरे भावि योजना र विगतमा गरेको कामको कार्यपत्र प्रस्तुत गर्दै सबैको हातेमाले विपद जोखिम न्यूनिकरण गर्न सकिने धारणा राख्नु भयो ।

उप सचिव डा डिजन भट्टराईले प्रदेश तथा जिल्लामा रहेको जोखिमका सम्वन्धमा जानकारी लिनुका साथै केन्द्रले निर्माण गरेको नीति सम्वन्धमा जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो । प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद व्यवस्थापन सम्वन्धी कोषमा रु तीन करोड ५० लाख रहेको यसलाई उद्धार कार्यमा खर्च गरिने जानकारी दिइयो ।

अभिमुखीकरणमा गृहमन्त्रालय, आन्तरिक मामिला कानून मन्त्रालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विपद उद्धार कार्यमा सहयोग गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

दाङका २ संक्रमित भारतको मुम्बइ र गोरखपुरबाट फर्किएका थिए

दाङ, जेठ ३-तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा १३ जनाको उपचार भइरहेको छ । उक्त अस्पतालमा दाङका २, कपिलवस्तुका ३ र बाँकेका ८ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी...

अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको छ : ओली

काठमाडौं, बैशाख १ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको बताउनु भएको छ । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु भएको हो...

प्रदेश १ः मुख्यमन्त्री पक्षकाे अवराेधले प्रदेशसभा स्थगित

विराटनगर, २५ माघ । मुख्यमन्त्री शेरधन राई पक्षकाे अवराेधका कारण प्रदेश १ काे प्रदेशसभा बैठक दुई मिनेट बसेर स्थगित भएकाे छ । सत्तापक्षले नै नियमापत्ती जनाएर बैठक चल्न नदिएपछि सभामुख प्रदीपकुमार भण्डारीले ९ फागुनसम्मका लागि बैठक स्थगित गरेका हुन् । सभामुख...

मोर्डन एराको भव्य भयो अभिभावक दिवस, दुई दिनसम्म विविद्य कार्यक्रम

विराटनगर । विराटनगर ३ आयल निगम पूर्व रहेको मोर्डन एरा स्कुलमा दुइदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी २४ औं अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार...

क्यानडा पठाइदिन्छु भनी ९० लाख ठगेको अभियोगमा एक जना पक्राउ

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन्...

महाअभियोगबारे चोलेन्द्रले खोले मुख

काठमाडौं, फागुन २ । संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्‍याएर आफूलाई हटाउन चुनौती दिनुभएको छ । सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी...

जनकपुरमा पनि कांग्रेस कार्यकर्ताको अनसन शुरू

जनकपुर, ७ साउन । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै काठमाडौंस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका पूर्वसांसद चन्द्रमोहन यादवको समर्थनमा जनकपुरमा पनि रिले अनसन शुरू भएको छ । कांग्रेस नेता नबलकिशोर यादवको अध्यक्षतामा...

मोरङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

मोरङ, ९ साउन-मोरङमा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले जिल्ला प्रसासन कार्यालय मोरङमा बिहीबार आयोजित कार्यक्रममा फोटो खिचेर दर्ता शुुभारम्भ गरे ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्