मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

 न्यूज विराट
मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

पौडेलकाअनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तरप्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ ।

‘देशभरी मनसुनको प्रभाव छैन’, पौडेलले भने । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता आगाडि अर्थात् जुन ५ मै मनसुन प्रवेश गरेको छ । नेपालमा साधारणतयाः जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षभरीको ८० प्रतिशत पानी पर्छ ।

राति प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सम्बन्धित समाचार

अब दुई हजार रूपैयाँमै पीसीआर परीक्षण

काठमाडाैं, २८ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण शुल्क दुई हजार रूपैयाँ तोकेको छ । मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पीसीआर परीक्षणको अधिकतम...

लडकडाउनमा कडाइ गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानीयबिच झडप

विराटनगर, भदौ ३-लकडाउनमा कडाई गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानयबिच झडप भएको छ । रंगेलीको वडा नं. ५ स्थित आमगाछीमा स्थानीयले लकडाउन उल्लंघन गर्दै बजार पशल खोलेपछि प्रहरीले कडाई गर्दा झडप भएको हो । रंगेलीमा...

प्रेस सेन्टर नेपाल मोरङद्वारा नयाँ वर्ष २०८२ को टेबल क्यालेन्डर विमोचन

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङले नयाँ वर्ष २०८२ सालको टेबल क्यालेन्डर सार्वजनिक गरेको छ। आइतबार विराटनगरमा आयोजित एक विशेष समारोहमा उक्त क्यालेन्डरको विमोचन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कोशी...

प्रदेश १ मा थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, ३ कात्तिक-कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको छ । विराटनगरमा चार र सुनसरीको धरानमा तीन संक्रमितको मृत्यु भएको । विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु भएको छ...

२४ घण्टाको अवधिमा कोरोनाबाट ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

काठमाडौं, १६ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एकै दिन ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका ३ जनाको गण्डक अस्थायी कोरोना अस्पताल र १ जनाको पाटन अस्पताल...

अस्पतालजन्य फोहोरलाई व्यवस्थित गरिने

विराटनगर, २४ मंसिर–प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ । अस्पतालबाट निस्किएका फोहोरको व्यवस्थापन अव्यवस्थित हुँदा संक्रमण फैलिने गरेको विभिन्न अनुसन्धानबाट देखिएकाले यसलाई व्यवस्थित गरिने भएको हो । प्रदेश १ का सामाजिक विकास...

पर्सामा थप १ कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, ९ भदौ-पर्सामा मृत्यु भएका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ । वीरगन्जको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएका पर्साको जीराभवानी गाँउपालिका- ४ सुपौलीका ६८ वर्षीय पुरुषको पीसीआर पोजिटिभ देखिएको...

भारतबाट नेपालतर्फ हुने अवैध आयात बन्द गर्न विराटनगरका उद्योगी/व्यवसायीको माग

विराटनगर, १७ फागुन । विराटनगरका उद्योगी व्यवसायीले खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपाल तर्फ हुने अबैध आयात नियन्त्रण गर्न माग गरेका छन् । सोमबार विराटनगरमा बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईलाई स्वागत गर्दै विराटनगरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्