प्रदेश १ः नामाकरणका लागि निर्णयक रहेको प्रमुख प्रतिपक्षी एमालेले थाल्यो छलफल

 न्यूज विराट
प्रदेश १ः नामाकरणका लागि निर्णयक रहेको प्रमुख प्रतिपक्षी एमालेले थाल्यो छलफल

विराटनगर, २९ जेठ प्रदेशसभाको कार्यकाल सकिन लागेपछि प्रदेश १ को नामाकरणको विषयमा औपचारिकरुपमा छलफल सुरु भएको छ । नामाकरणका लागि प्रदेशसभामा निर्णायक रहेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले छलफल सुरु गरेको हो । प्रदेशको नामारण प्रदेशसभाको दुई तिहाई बहुमतले मात्र पारित गर्न सक्न।

प्रदेशसभामा पाँचदलिय गठबन्धनसँग बहुमत मात्र छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी एमालेको सहयोग बिना नामारण हुनसक्ने अवस्था छैन । त्यसैले नामाकरणको विषयमा सहजीकरण गर्न एमालेले औपचारिकरुपमा छलफल सुरु गरेको हो ।

नामाकरणको विषयमा छलफल गर्न एमाले संसदीय दलले पूर्वमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलले आइतबार कांग्रेस संसदीय दलसँग छलफल गरेको छ ।

उक्त छलफलमा दुवै दल प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नामाकरणको विषय टुंगो लगाउन सहमत भएका छन् । एमाले संसदीय दलको तर्फबाट कार्यदलका संयोजक हिक्मत कार्कीले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालगायतसँग छलफल गरेका हुन् ।

आइतबार प्रदेशसभाको बैठकपछि प्रदेशसभा सचिवालयमा भएको छलफलमा दुवै दल नामकरणको टुंगो लगाउन सहमत भएको कार्कीले जानकारी दिए । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि प्रदेश १ को नामाकरणको विषय टुंग्याउनका लागि एमालेकै नेतृत्वमा संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका थिए ।

एमाले र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस भौगोलीक पहिचानको आधारमा प्रदेशको नामाकरण गर्ने विषयमा एक मत छन् । यी दललले प्रदेशको नाम सवैको अपनत्व हुनेगरी कोशी वा सगरमाथा राख्नुपर्ने बताउँदै आएका छन् । त

र, प्रदेश १ मा सत्ता गठबन्धनकै नेतृत्व गरेको नेकपा (एस), माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र संयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्चका नेताहरुले भने जातीय पहिचानलाई जोड्नुपर्ने पक्षमा रहँदै आएका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता

विराटनगर, ६ कात्तिक । बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौ घर डुवानमा परेका छन् । प्रदेश...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा सुनसरी र इलाम विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ...

प्रदेश २ मा कोरोना संक्रमणबाट ७ को मृत्यु, कुल मृतक ८४

धनुषा, १३ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलासहित ७ जनाको मृत्यु हुनुका साथै १६५ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा २/२ तथा पर्सामा ३ जनाको मृत्यु भएको...

४० हजार बढीको कोरोना परीक्षण

काठमाडौं, १० वैशाख-अहिलेसम्म स्वाव नमुना संकलन (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक टेस्ट विधिबाट गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ । अहिलेसम्म देशभरी ४० हजार बढी परीक्षण भएका छन् । पिसिआर र र्‍यापिड डाइग्नोष्टिक (आरडिटी)...

अध्यादेशले कोरोना विरुद्धको लडाईँलाई अझ कमजोर बनायो : सांसद मण्डल

विराटनगर, बैशाख ९–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले विपदका बेला सरकारले सोमबार जारी गरेको अध्यादेशले कोरोना विरुद्धको लडाइलाई कमजोर बनाएको बताएका छन् । उनले प्रधानमन्त्रीको उक्त कदम बेमौसमको बाजा भएको बताउँदै विपन्न, असाहय र सडकमा...

विराटनगरको सिद्धार्थ स्कुलमा सिद्धार्थ प्रिमियर लिग, यल्लो र ब्लु हाउस विजयी

विराटनगर । विराटनगरस्थित सिद्धार्थ स्कुलमा सिद्धार्थ प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । स्कुलमा परिसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।प्रतियोगितमा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले भाग लिएका छन् । लिगको आधारमा प्रतियोगिता...

बढ्दो तस्करी, चोरी पैठारी तथा अवैध कारोबारबारे गृह मन्त्रीको ध्यानाकर्षण

विराटनगर । नेपालमा दिनप्रतिदिन बढ्दो तस्करी, चोरी पैठारी र अवैध कारोबारको विषयलाई लिएर मोरङ उद्योग व्यापार संघले संघीय सरकारका गृह मन्त्री रमेश लेखकलाई विशेष छलफलमा सहभागी गराउँदै गम्भीर ध्यानाकर्षण गराएको छ। मोरङ उद्योग व्यापार संघको...

विराटनगरको नोबेल हस्पिटलमा उपचारमा चरम लापरवाही गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर

विराटनगर । विराटनगर – ४ कन्चनबारीमा रहेको नोबेल शिक्षण अस्पतालमा उपचारमा गम्भिर लापरवाही गरेको कारणले एक जना विरामीको मृत्यु भएपछि पीडित परिवारले अदालतमा मुद्दा दायर गरेका छन् ।सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएपछि परिवारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्