नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन

 न्यूज विराट
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन

विराटनगर, २९ जेठ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन भएको छ । विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रियसभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव खेम नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले रिता पासवानको अध्यक्षतामा ५१ सदस्यीय विराटनगर महानगर अधिवेशन आयोजक कमिटी गठन भएको हो ।

अधिवेशन आयोजक कमिटीको उपाध्यक्षमा सुरज रसाइली, सचिवमा चन्दा रविदास, सहसचिवमा मन्टुकुमार दास र कोषाध्यक्षमा खुश्बु विश्वकर्मा चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।

त्यस्तै भेलाले विराटनगरका १९ वटै वडाबाट प्रतिनिधित्व हुनेगरी सदस्यहरुमा कोपिला बि.क., ज्योती गजमेर, पंकज रजक, आयुषा सुन्दास, उषादेवी मेहतर, कुमारी परियार, आशा पासवान, सरस्वती रसाईली, उत्तश पासवान, रोहित पासवान, सत्यनारायण पासवान, पबित्रा बि.क. तुलषा बि.क., गोमा खाती, राजकुमार बि.क., दुर्गा पासवान, सुनीता मोची, सरिता पासवान, विपना पासवान, ज्योती मरिक, अमन बि.क.लाई चयन गरेको छ ।

त्यस्तै अन्य सदस्यहरुमा कल्पना मरिक, मञ्जु मरिक, देवी घतानी, जानकीदेवी खंग, रञ्जीता पासवान, कामेश्वर राम, सुमनदेवी राम, पुनमदेवी राम, भिखारी खत्वे, संगीतादेवी खत्वे, राम सुन्दरीदेवी राम लगायत चयन भएका छन् ।

भेलाले चयन गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाज मोरङका अध्यक्ष विश्वकर्माले गरेका थिए । नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रियसभाका पूर्वा सांसद, मुक्ति समाजका महासचिव खेम नेपालीले शपथग्रहण गराएका थिए ।

भेलालाई सम्बोधन गर्दै नेता नेपालीले मुक्ति समाजले आम दलित समुदायको अगुवाई गर्दै सो समुदायका सवालहरुलाई रानीतिकरुपमा उठाउँदै आएको बताए ।
उनले भन्दा पहिले २०४५ सालमा दलित समुदायलाई राजनीतिक रुपमा नेकपा (एमाले) ले संगठित गरेर दलित समुदायका सवालहरुलाई राजनीतिकरुपमा शसक्त ढंगले उठाउदै आएको बताए ।

सो अबसरमा कार्यक्रमका विषेश अतिथी नेकपा (एमाले) का केन्द्रीय सदस्य रामलाल साहले सिंगो दलित समुदायको अधिकारका लागि सम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए । उनले ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा (एमाले) मोरङका सचिव रुपेश खतिवडाले मुलुकमा सवै प्रकारका विभेद अन्त्य गर्नुपर्ने बताए । उनले मुक्ति समाजले आम दलित समुदायलाई संगठित गर्दै अधिकारका लागि खबरदारी गर्दै आएको र त्यसमा पार्टीको साथ रहेको बताए । उनले एमालेले दलित समुदायलाई पहिलो पटक राजनीतिक रुपमा संगठित गर्दै उनीहरुको चौतर्फी विकासमा जोड दिँदै आएको बताए ।

कार्यक्रममा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा, प्रदेश कमिटी सदस्य तथा मुक्ति समाजका केन्द्रीय सदस्य जितनारायण सरदार, केन्द्रीय सदस्य भद्रमान विश्वकर्मा, पूर्व केन्द्रीय सदस्य जिवन घतानी, प्रदेश कमिटी सदस्य रिंकु परियार, प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालालगायतले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिए ।

सम्बन्धित समाचार

युरोपेली च्याम्पियन्स लिग फुटबल यसै साता सुरु

एजवेन्सी, साउन १९-कोरोना भाइरसका कारण करिब ५ महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदै छन् । युरोपेली मुलुकहरूमा कोरोना भाइरसको महामारी तीव्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा...

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

काठमाडौँ, १९ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा...

काेशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने

विराटनगर/ काेशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाे पटक लगानी सम्मेलन गर्ने भएकाे छ ।प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे...

मकवानपुरमा ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिए

हेटौंडा, १६ जेठ-मकवानपुरमा ४३ वटा बालविवाह रोकिएका छन् । पछिल्लो समय जिल्लामा बालविवाहको घटना वृद्धि हुँदै गइरहेको अवस्थामा विगत ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिएको हो । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सिबिन बाल...

वडा प्रहरी कार्यालय विराटनगर सुविधा सम्पन्न भवनमा

विराटनगर । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ आफ्नै तीनतले सुविधा सम्पन्न भवनमा सरेको छ । ४ करोड ४ लाख ६३ हजार ८४३ रुपैयाँ लागतमा निमार्ण भएको सुविधा सम्पन्न भवनमा सरेको हो । २०७७ असार ४...

झापामा गुमानसिंह तामाङसहित माओवादीका सयौं प्रभावशाली नेता एमालेमा प्रवेश

झापा, पुस १२। झापामा विभिन्न दलका हजारौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा गुमानसिंह तामाङसहित नेकपा माओवादीका सयौं नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले दमक...

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा पूर्वकप्तान हरि खड्का दोषी ठहर

काठमाडौं, ५ फागुन ।नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नक्कली शैक्षिक प्रमाणपत्र...

कोरोना नियन्त्रणमा केन्द्रित हुन दिगो विकास समितिको सरकारलाई निर्देशन

काठमाडौं, १२ वैशाख-राष्ट्रियसभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेका बेला महामारी नियन्त्रणका लागि अन्यन्त्र ध्यान नदिन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्