विराटनगरको खाद्यान्य गोदाममा प्रहरीको छापा, भन्सार छलीगरि अवैधरुपमा भण्डारण गरेको खाद्य सामाग्री बरामद

 न्यूज विराट
विराटनगरको खाद्यान्य गोदाममा प्रहरीको छापा, भन्सार छलीगरि अवैधरुपमा भण्डारण गरेको खाद्य सामाग्री बरामद

विराटनगर, २५ जेठ । विराटनगर – ११ केसलिया रोडमा श्याम सुन्दर रौनियारले संचालन गरेको खाद्यान्नको गोदाममा प्रहरीले छापा मारेको छ । मङ्गलवार दिउँसो छापा हानेर भन्सार छली गरेको खाद्यान्नको सामाग्री बरामद गरेको हो ।

हिजो दिउसो ११ बजे बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिराटनगर-११ मा रहेको शिवम गणपती ट्रेडिङको गोदाममा भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरी राखेको बिना बिलको  अन्दाजी मुल्य ६ लाख ७१ हजार रुपैया बरावरको मासको दाल १९७ बोरा, पहेलो तोरी ४ बोरा, केराउ ४ बोरा सहित २०५ बोरा खाध्यान्नका सामग्री बरामद गरेको हो ।

बरामद भएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार

५ हजार ११० नुमना परीक्षण गर्दा थपिए ५११ संक्रमित

काठमाडौं, १५ पुस-नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ११० जनाको नमुना परीक्षण गर्दा २०४ महिला र ३०७ जना पुरुषमा कोरोना...

प्रदेश १ मा शुक्रबार ३३ संक्रमित थपिए

विराटनगर, ९ साउन–प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १...

ट्राफिक सचेतना बोर्ड पेट्रोल पम्पमा

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी दुर्घटना रोक्ने उद्देश्यले सचेतना मुलक बोर्ड पेट्रोल पम्पहरुमा राख्न थालेको छ ।८० प्रतिशत सवारी दुर्घटना दुई पाङग्रे सवारी साधनहरुबाट हुन थालेपछि ट्राफिक प्रहरीले सवारी दुर्घटना रोक्न पेट्रोल...

औषधि व्यवसाय संकटमा, तत्काल सुधारको माग

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (NCDA) मोरङ शाखाले औषधि व्यवसायमा गहिरो संकट उत्पन्न भएको भन्दै तत्काल सुधारको माग गर्दै एक विज्ञप्ति जारी गरेको छ। संघले औषधि व्यवसायको ५२ वर्षे इतिहासलाई स्मरण गर्दै, अहिलेको आर्थिक...

एमालेको घोषणापत्रका ६ संकल्प : भ्रष्टाचार गर्नेलाई कारबाहीदेखि घरमै भत्तासम्म

काठमाडौं, १० वैशाख । प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने, हरेक बस्तीहरूलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने, सडक निर्माण गर्दा यसको दिगोपन, लाभ...

भण्डारी दम्ततीको सहयोगमा आरम्भले दियो राहत

विराटनगर, जेठ १७–मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० का विपन्न परिवारलाई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत वितरण गरेका छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मुलुकमा लकडाउन घोषणा भएपछि दैनिक ज्यालादारी...

एनआरएनएको कोभिड–१९ तथ्याङ्क : एक सातामा २१ जनाको मृत्यु

काठमाडौं,  ११ असोज-विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा ५, साउदी अरबमा १४, युएईमा १, युगान्डामा १ गरी शनिबार साँझसम्म...

होटल क्षेत्रका कर्मचारीलाई चैतको पूरै तलब, वैशाखबाट आधा

ठूला होटलहरूले चैत महिनामा कर्मचारीको पूरा तलब दिएको बताएका छन् । विशेषगरी तारे होटलहरूको संस्थाका रूपमा चिनिने होटल एशोसियसन अफ नेपालले चैतमा कमजोर अवस्थाका बीच कर्मचारीलाई पूरा तलब दिइसकेको जानकारी गराएको छ । अब भने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्