विराटनगर, २० जेठ । विराटनगरमा आगामी आर्थिक वर्षका लागि सवै भन्दा कम बजेट परेको छ ।
देशका ६ महानगरमध्ये आर्थिक वर्ष २०७९/०८० को लागि सबैभन्दा कम बजेट विराटनगर महानगरपालिकाले पाएको हो । विराटनगरले ललितपुर भन्दा कम बजेट पाएको छ । सबैभन्दा बढी बजेट यसपटक पोखरा महानगरले पाएको छ ।
पोखराले अघिल्लोपटक २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ पाएको मा यसपटक २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बजेट पाएको छ । सरकारले विराटनगरका लागि १ अर्ब २१ करोड ८५ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
अघिल्लोपटक विराटनगरले १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ पाएको थियो । काठमाडों महानगरपालिकालाई २ अर्ब ३ करोड ९९ लाखरपैयाँ, भरतपुर १ अर्ब ८० करोड २४ लाखसपैयाँ, वीरगंज १ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ र ललितपुरलाई १ अर्ब २१ करोड ८९ लाख पाएको छ।
विराटनगरमा कर संकलन गरेर विकासको काम अघि बढाउने सम्भावना भए पनि लक्षित कर उठेको पाईदैन ।
यसपटक विराटनगर महानगरका मेयर नागेश कोइरालाले करको दयारा फराकिलो बनाएर राजस्व बढी संकलन गर्ने अभियान थालेका छन् । सो विषयमा मेयर कोइरालाले विज्ञहरुसँग छलफल गरि करको दायरा बढाउने अभियान चलाएका हुन् ।