विराटनगर, ११ जेठ । विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई मोरङ व्यापार संघले स्वागत गरेको छ ।
एक कार्यक्रमको ओजना गरि संघले महानगरपालिकाका मेयर नागेश कोईराला, उपमेयर शिल्पा निराला कार्की, सवै वडाका वडाध्यक्षहरुलगायत सवै जनप्रतिनिधिहरुलाई स्वागत गरेको हो ।
सो अवसरमा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अबको विराटनगर महानगरलाई सुविधा सम्पन्न, सबैको पहुँच पुग्ने गरी कसरी अगाडी वढाउने भन्ने जिम्मा नगरवासीहरुले जनप्रतिनिधिहरुलाई दिएको बताए । उनले महानगरवासीले सुम्पिएको जिम्मा गम्भिरताका साथ लिई विराटनगरको चौतर्फी विकासमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
महानगरको विकासका लागि संघले २० बुँदे सुझाव पनि दिएको छ । ती सुझाव यस्ता छन्ः
१. महानगरपालिकाको क्षेत्र बाहेक कुनै पनि सार्वजनिक स्थलमा सहभागी नहुने र सो समय महानगरपालिकामै दिने ।
२. धुलो फोहर व्यवस्थापन÷ग्रिनेरी
३. पार्किङ्ग
४. ५० युनिट भन्दा कम विद्युत खपत गर्ने घरपरिवारलाई विद्युत छुट हुनु पर्ने ।
५. घर जग्गा कर दायरा बढाउने दर होइन, होटल कर्मसियल विलडिङ्ग, अस्पताल
६. सबै सडकहरुमा विद्युतबाट उज्यालो पार्ने
७. खोला तटबन्धन निर्माण
८. सिसिटिभि क्यामेरा
९. स्वदेशी बजार गुलजार बनाउने
१०. केबललाई अन्डरग्राउड गर्ने
११. विराटनगर द्यगतषष्अबतष्यल को लागि घरहरुमा एउटै कलर लगाउनका लागि आग्रह गर्ने
१२. १९ बटा बडामा मठमन्दिर पर्यटन विकास गर्ने, विराट राजदरवार, काली मन्दिर, शनिमन्दिर
१३. जुट मिलको जग्गामा नयाँ उद्योग स्थापना गर्न पहल गर्ने
१४. सभागृह
१५. मोरंग व्यापार संघलाई इको पार्क जिम्मा दिनु पर्ने
१६. लक्षित वर्गहरुलाई पानीको सुविधा पु¥याउने पर्ने
१७. महानगरको वार्षिक वजेट बनाउदा यस संघलाई सल्लाहकारका रुपमा राख्नु पर्ने ।
१८. कम्प्यूटर एकाउण्टीङ्ग तालिम
१९. विपन्न वर्गलाई स्वःआर्जनका लागि उद्यमशीलता तर्फ उन्मूख गराउनु पर्ने ।
२०. विराटनगर महानगरको मेनरोड बजारमा आवश्यक स्थानको पहिचान गरी मुख्य मुख्य चौकमा अपांग मैत्री सार्वजनिक शौचालयको व्यवस्था गरिनु पर्ने ।