रंगेली—७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डल र उनको प्यानलै निर्वाचित

 न्यूज विराट
रंगेली—७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डल र उनको प्यानलै निर्वाचित

विराटनगर, ८ जेठ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा एमालेका रामचन्द्र मण्डलसहित उनको प्यानलै विजयी भएको छ । मण्डल दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडाध्यक्ष थिए ।

मण्डलले १०४४ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका वीरेन्द्र कुमार साहले ६०१ मत ल्याए । त्यस्तै सदस्यहरुका एमालेकै देवमणी कटुवाल, अनिलकुमार महतो, दलित महिला सदस्यमा रुपा विश्वकर्मा र महिला सदस्यमा अन्नपूर्णाकुमारी मण्डल निर्वाचित भएका छन् ।

रंगेलीमा यो सहित हालसम्म ७ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । वडा नम्बर १, २, ३, ४ ,५, ६ र ७ नम्बर वडा मत गणना सम्पन्न हुँदा सवै वडामा एमालेका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् ।

६ नम्बर वडामा मात्र एउटा सदस्य जसपाले जितेको छ । वडा नम्बर ८ र ९ को मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रंगेलीले जनाएको छ ।

 

सम्बन्धित समाचार

तराई-मधेसलाई मरुभूमिकरण गर्ने काम स्वीकार्य हुँदैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई–मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् । शुक्रबार ट्वीट गर्दै उनले वातावरणीय सन्तुलन विगार्ने तथा तराई–मधेस र भित्रीमधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने...

हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिदै

विराटनगर । नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्री नियुक्त गरेर शपथ ग्रहण गराउने भएका छन् । प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी शुक्रबार साँझ ६...

अस्ट्रेलिया छैटौं पटक विश्वविजेता

विराटनगर । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया...

अर्किंड र सरस्वती फाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र सरस्वती स्कुल विजयी हुँदै फाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्किड स्कुलले न्यू...

गभर्नर अधिकारीलाई एमालेले भन्यो– एम अधिकारी तपाईं होइन

नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी नाम गरिएका व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको जनाएको छ । एमालेको प्रचार विभागमा एम अधिकारी पनि सदस्य भएपछि ती व्यक्ति गभर्नर...

विराटनगरमा प्रबुद्ध नागरिक समाजले भन्यो ‘विधिको शासन हुनुपर्छ’

विराटनगर,१४ माघ । लोकतन्त्रमा व्यक्ति ठूलो नभै विधिको शासनको अनुशरण हुनुपर्ने आज विराटनगरमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रियामा वक्ताहरुले बताएइका छन् । प्रबुद्ध नागरिक समाज विराटनगरद्वारा जनआन्दोलन चोकमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रिया...

विकासशील देशमा थप ५० कराेड खाेप वितरण गर्ने अमेरिकाको घोषणा

एजेन्सी, ७ असोज । अमेरिकाले विकासशील देशहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको थप ५० करोड मात्रा सहयोग गर्ने भएको छ । अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने राष्ट्रपति जो बाइडेनले घोषणा गरेका...

विराटनगरको मेरील्याण्ड कलेजमा विद्यार्थीको भिड, एक हजार बढी विद्यार्थीले दिए परीक्षा

विराटनगर । विराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ मा भर्नाको लागि लिएको प्रवेश परीक्षामा विद्यार्थीको भिड लागेको छ । व्यवस्थापन संकाय मात्र पढाइ हुने मरील्याण्ड कलेजमा आज लिएको प्रवेश परीक्षामा विद्यार्थीको भिड लागेको हो । कलेजमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्