प्रदेश-१ का मुख्यमन्त्री राईकै वडामा नेकपा एस पराजित

 न्यूज विराट
प्रदेश-१ का मुख्यमन्त्री राईकै वडामा नेकपा एस पराजित

विराटनगर, ५ जेठ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको वडामै नेकपा एकीकृत समाजवादी पार्टी पराजित भएको छ । नेकपा (एस) प्रदेश–१ को संसदीय दलका नेतासमेत रहेका उनकै वडामा पार्टी पराजित भएको हो ।

मुख्यमन्त्री राईको गृह नगरसमेत रहेको भोजपुरको षडानन्द नगरपालिका–११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भूपालकुमार कार्की विजयी भएका हुन् । उनले ६ सय ९६ मत ल्याएर निर्वाचित हुँदा नेकपा (एस) का मिलन विष्टले ३७७ मत प्राप्त गरे। एमाले भने तेस्रो भएको छ । एमालेका ज्ञानेन्द्रप्रसाद दाहालले २ सय १० मत प्राप्त गरे ।

षडानन्द नगरपालिका– १, ५, ७, १०, १२ र १४ नम्बर वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर २, ४, ६, ८, ११ र १३ मा कांग्रेस विजयी भयो । नेकपा एसले एउटा मात्र ९ नम्बर वडा र माओवादी केन्द्रले ३ नम्बर वडामा हात पारे ।

षडानन्दमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । तर, मेयरमा एमालेका सुरेन्द्र उदास विजयी भए । उनले ६७७२ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका बीरबल राईले ५७५७ मत मात्र प्राप्त गरे ।

उपप्रमुखमा भने माओवादी केन्द्रकी प्रमिला राई ७२५७ मतसहित विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मेरीका राईले ४३५८ मत ल्याइन् ।

सम्बन्धित समाचार

कोरोनाबाट बालिकाको मृत्यु भएपछि बाजुरामा उच्च सतर्कता

बाजुरा, १९ जेठ-कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित १ बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ गरी सतर्कता अपनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जानकारी...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज ६३७ थपिए

विराटनगर, ६ कात्तिक–प्रदेश १ पछिल्लो २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा...

लकडाउन उल्लंघन गरेकाे आरोपमा ज्ञानेन्द्र शाही पक्राउ

आफूलाई सामाजिक अभियान्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पक्राउ परेका छन् ।लकडाउन उल्लंघन तथा अभद्र व्यवहारसम्बन्धी आरोपमा ललितपुर प्रहरीले शाहीलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेकाे हाे ।  उनीमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पेस...

सरकारविरुद्ध प्रतिपक्षी ३ पार्टी एक ठाउँमा

काठमाडौं, १५ वैशाख-प्रतिपक्षी ३ दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भइको निष्कर्ष निकालेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले सरकारको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका...

कोभिड–१९ को महामारीसँग लडन सरकारलाई कांग्रेसले पूर्ण सहयोग गर्ने

मुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लडन सरकारलाई सहयोग गर्ने बताएको छ ।कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग लडन सरकारलाई प्रयाप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने...

भव्य भयो मिस कोशीको पहिलो अडिसन, २० जना छानिए

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् । अडिसनमा सहभागी भएका उत्कृष्ट हुने प्रतियोगिहरूलाई...

विराटनगरको कवाडीे गोदाममा आगलागी : पाँच जना घाइते, तीन जनाको अवस्था गम्भिर (फोटो फिचर)

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागीमा परी पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।...

नेपालमा थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं, ६ साउन । नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्