मतदाताको घर–घर पुगेर आशिर्वाद लिँदै रंगेली–७ का स्वतन्त्र उम्मेदवार श्रेष्ठ, भन्छन्–वडालाई नमुना वडाको रुपमा विकास गर्छु

 न्यूज विराट
मतदाताको घर–घर पुगेर आशिर्वाद लिँदै रंगेली–७ का स्वतन्त्र उम्मेदवार श्रेष्ठ, भन्छन्–वडालाई नमुना वडाको रुपमा विकास गर्छु

रंगेली, २६ वैशाख । सञ्जिव श्रेष्ठ रंगेली–७ का लागि निकै परिचित नाम हो । निरन्तर विभिन्न सामाजिक काममा सकृय रहँदै आएका श्रेष्ठको छवि समाजमा उच्च छ । निरन्तर समाजका लािग केही न केही गरिरहने श्रेष्ठप्रती आम रंगेलीवासीको सहानुभूती छ । उनै श्रेष्ठ आगामी ३० वैशाखमा हुने स्थानीयतहको निर्वाचनका लागि स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

निरतन्तर जनता माझ घुलमिल भइरहने र समाजका लागि सामाजिक कार्यमा अग्रसर रहँदै आएकाले आम मतदाता माझ अरुको तुलनामा निकै लोकप्रीय रहेपनि उनी आवद्ध पार्टी नेपाली कांग्रेसले अरुलाईनै टिकट दिएपछि वडावासी रुष्ट बनेका थिए । टिकट नपाएपछि श्रेष्ठ मौन बसेका थिए । जनताको पक्षमा काम गर्ने लोकप्रीय व्यक्तिलाई टिकट नदिएर अन्याय गरेपछि वडावासीकै आग्रहमा उनले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘जनलहर मेरो पक्षमा भएपनि पार्टीले टिकट दिएन । मत चुप लागेर बसेको थिएँ ।’ उनले भने,‘वडावासीलेनै आग्रह गरेपछि उम्मेदवारी दिएको हुँ ।’

कांग्रेसले जनताले चाहेको व्यक्तिलाई पाखा लगाएर अरुलाईनै आधिकारीक उम्मेदवार बनाएपछि साथीभाई शुभचिन्तक र वडावासीले स्वतन्त्र उम्मेदवार बन्न गरेको आग्रह श्रेष्ठले नकार्न सकेनन् । जसरी पनि जिताउने वडावासीले प्रतिवद्धतासहित उम्मेदवार बन्न आग्रह गरेपनि उनी वडाध्यक्षको उम्मेदवार बनेका हुन् । निरन्तर सामाजिक काममा सकृय रहँदै आएका श्रेष्ठको वडामा मात्र नभई सिंगो रंगेली क्षेत्रमा राम्रो प्रभाव छ ।

उसो त श्रेष्ठ मेयरकै बलियो दाबेदार थिए । तर, पार्टी जिल्ला सचिव मोदराज घिमिरेलाई अघि सारेपछि उनी पार्टीबाट वडाध्यक्षको सर्वसम्मत उम्मेदार बन्नेमा ढुक्क थिए ।

सवैसँग समान व्यवहार गर्ने, जनतासँग घुलमिल हुने र सुख, दुःखमा साथ दिँदै आएर मतदाता माझ सर्वाधिक लोकप्रीय रहेका श्रेष्ठलाई कांग्रेसले पाखा लगाएर कार्यकर्तालेसमेत नरुचाएका व्यक्तिलाई अघि सारेपछि वडावासीकै आग्रहमा आफु स्वतन्त्र उम्मेदवार बनेको श्रेष्ठले बताए ।

आफ्नो पक्षमा जनसमर्थन भएपनि कांग्रेसले अर्कैलाई उम्मेदवारको टिकट दिएर अन्याय गरेपनि न्यायप्रेमी वडावासीको आग्रहमा उम्मेदवार भएकाले आफलाई वडावासीले निर्वाचित गराउनेमा विश्वस्त छन् ।

२०२९ सालमा रंगेलीमा जन्मिएका युवा नेता श्रेष्ठ विद्यार्थी कालदेखिनै नेपाल विद्यार्थी संघमा आवद्ध भएका थिए । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा श्रेष्ठ नेवि संघको क्षेत्रीय सभापति थिए । रंगेली कोइरालाको निर्वाचन क्षेत्र हो । उनी सोही क्षेत्रबाट निर्वाचित हुँदै पटक–पटक प्रधानमन्त्री भएका थिए ।

त्यसपछि कांग्रेसको वडा सभापति भएका श्रेष्ठ स्वतन्त्र वडाध्यक्षको उम्मेदवार बन्नु अघिसम्म नगर उपसभापति थिए । उनी केही महिना पहिले सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए ।

अझै रोचक त के छ भने नगर अधिवेशनमा आफ्नो टिमबाट उम्मेदवार बन्न चाहेपनि नसमेटेपछि लोकप्रीयताका कारण बागि उम्मेदवार भएरै उनले उपसभापतिमा बाजि मारेका थिए । यसपटक स्थानीयतहको निर्वाचनमा पनि वडाध्यक्षको बागी उम्मेदवार बनेका श्रेष्ठलेनै जित्ने धेरैको अनुमान छ ।

विभिन्नसंघ संस्थाका आवद्ध भएर निरन्तर सामाजिक कार्यहरु गर्दै आएको श्रेष्ठ रंगेलीस्थित प्रदेश १ कै चर्चित धार्मिक स्थल संसारी माई मन्दिर व्यवस्थापन समितिको अध्यक्ष समेत हुन् ।

संसारी माई मन्दिर व्यवस्थापन समितिमा आएपछि उनीसहित समितिको टिमले मन्दिरको मुहार फेरीएको छ । सो मन्दिर हाल धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भएको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमासमेत चर्चित बनेको छ ।

मन्दिरमा दर्शन गरेपछि मनोकांक्षा पुरा हुने जनविश्वासका कारण हाल सो मन्दिरमा नेपालका अधिकांस स्थान र भारतबाट समेत आउने भक्तजनहरुको घुईँचो लाग्ने गरेको छ ।

श्रेष्ठकै नेतृत्व र पहलकदमीमा सो मन्दिरमा प्रत्येक दशैँको फूलपातीका दिन प्रदेशस्तरीय फुलपाती बढाई हुँदै आएको छ । तत्कालिन मुख्यमन्त्री शेरधन राईको पालादेखि संसारी माई मन्दिरमा प्रदेश स्तरीय फूवपाती बढाई हुनथालेको हो ।

अहिले सो मन्दिरमा राई नेतृत्वकै सरकारको लगानीमा श्रेष्ठले नेतृत्व गरेको व्यवस्थापन समिति मार्फत प्रयाप्त भौतिक संरचना निर्माणका कामहरु भइरहेका छन् ।

श्रेष्ठको नेतृत्व गर्ने कुशल क्षमता र केही गरौँ भन्ने इच्छाशक्ति भएका युवा नेता भनेर रंगेलीमा आम मतदाता माझ परिचित उनलाई यसपटक वडाध्यक्षमा जिताउने स्थानीयस्तरमा चर्चा छ ।

विभिन्न पार्टीका उम्मेदवार ठुलो रकम खर्च गरेर तामझामका साथ घरदैलो गरेपनि यतिबेला श्रेष्ठ जनताको घरदैलोमा पुगेर मत माग्न व्यवस्त छन् । वडालाई नमुना वडाको रुपमा विका सगर्ने अठोट लिएका श्रेष्ठ मतदातासँग आशिर्वाद लिँदै वडाका हरेक टोलका घर–घर पुगिरहेका छन् । स्वच्छ छविको पहिचान बनाएका उनलाई मतदाताले मत दिएर निर्वाचित गराउने आश्वासन दिएका छन् ।

रंगेलीमा सवै समुदायको छासमिस बसोबास छ । उनी सवै माझ लोकप्रीय छन् । श्रेष्ठ उम्मेदवार बनेका कारण आफुहरु उनलाई मत दिएर जिताउन आतुर रहेको स्थानीयले बताएका छन् ।

आफु निर्वाचित भएको खण्डमा वडालाई सूचना प्रविधिमैत्री नमुना वडा बनाउने श्रेष्ठले अठोट लिएका छन् । श्रेष्ठले आफु निर्वाचित भए आफुलाई दिएको मत खेर जान नदिने प्रतिवद्धतासहित जनता माझ पुगिरहेका छन् ।

उनले वडाको चौतर्फी विकासका लागि विभिन्न योजना अघि सारेका छन् । उनले वडा कार्यालयसम्म पुग्ने जेष्ठ नागरिकहरुका लागि कर्मचारीहरु घरमै पठाएर निःशुल्क स्वास्थ्योपचारको बाचा गरेका छन् ।

उनले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्तासमेत घर घरमै पुर्याउने व्यवस्था गर्ने बताएका छन् । त्यस्तै श्रेष्ठले वडामा सडक, विजुली वत्ति, खानेपानी, विभिन्न ठाउँमा निःशुल्क वाईफाई जडान, पार्क र चौतारा निर्माणलाई प्रधामिकतामा राखेर विकास निर्माणका कामहरु अघि बढाउने योजना बनाएको बताएका छन् ।

श्रेष्ठले आफु निर्वाचित भएको खण्डमा जनतालाई छिटो, छरितो र सहज सेवा दिने बताएका छन् । उनले युवाहरुका लागि पुस्तकालय निर्माणदेखि रंगेलीको धरोहरका रुपमा रहेका काली, संसारी माई मन्दिरका साथै मस्जिद एवम धार्मीक स्थलहरुको विकास र प्रवद्र्धन समेत प्रथामिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् । उनले ७ नम्बर वडाका रमणीय एवम पर्यकटीय स्थलहरुमा सवैलाई आकर्षित गराई वडाको चौतर्फी विकासमा आफ्नो ध्यान जाने बताए ।

श्रेष्ठ आफना योजनाहरुसहित मतदाताको घरदैलोमा पुग्दा मतदाताहरु उत्साही रहेको र आफुलाई मतदान गर्न आतुर रहेको दावी गरे । ‘मेरो उम्मेदवारीले मतदाता एकदमै उत्साहित हुनुहुन्छ । मतदान गर्न आतुर हुनुहुन्छ । मैले आफुले गर्ने कामको स्पष्ट र भिजनसहित योजनाहरु ल्याएको छु ।’ उनले भने,‘म वडाका सवै मतदाताहरुसँग आग्रह गर्छु कि मलाई अमुल्य मत दिएर निर्वाचित गराइदिनुहुनेछ ।’

उनी राजनीति दलहरुले युवालाई राजनीतिक स्वार्थका लागि मात्र प्रयोग गर्ने तर, अवसरका बेला पाखा लगाउने परिपाटीको अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको बताउँछन् । ‘पार्टीले काममा दलाउने तर, अवसर नदिने परिपाटी अन्त्य गर्न मेरो उम्मेदवारी हो ।’ उनले भने ।

सम्बन्धित समाचार

आइटीमा पनि अब्बल बन्दै शिक्षादीप कलेज

विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर– ९ मा रहेको शिक्षादीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट दक्ष...

विद्युतीय सवारी साधन आयातमा बढाइएको कर छुट हुँदैन : अर्थमन्त्री

काठमाडाैं, १९ जेठ-अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी साधन आयातमा बढाइएको कर छुट गर्न सांसदहरूले गरेकाे प्रस्ताव अस्वीकार गरेका छन् ।बजेटमा अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी साधन आयात गर्दा लाग्ने कर बढाएपछि  सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले त्यस्ताे कर...

ऊर्जा कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन

मकवानपुर, १७ वैशाख-मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित...

चौंथो मिल्स गोल्डकप : डिफेन्डिङ च्याम्पियन गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

विराटनगर । टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब...

रुपान्तरणकारी कार्यक्रमलाई अघि बढाउने, आन्तरिक श्रोतको प्रयोग बढाउने

काठमाडौं, २ जेठ-सरकारले आगामी आर्थिक वर्षमा रुपान्तरकारी योजना अघि बढाउने जनाएको छ । त्यस्तै, राष्ट्रिय गौरवका आयोजनलाई पनि निरन्तरता दिने उल्लेख गरेको छ । शुक्रबार संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

प्रदेश १ मा १ सय १९ संक्रमित थपिए

विराटनगर, ५ असोज–२४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका एक÷एक महिलाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ...

कोशीमा म्युजिकल चेयरको खेल सकियो : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको बताएका छन् । केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भनाइ राख्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसका...

प्रदेश १ मा जम्बो मन्त्रीमण्डल बन्दै, भोली सपथग्रहणको तयारी

विराटनगर, २२ माघ ।  प्रदेश १ को मन्त्रीपरिषदले आइतबार पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबिच भागवण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् । प्रदेश १ को सत्ता गठबन्धनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्