सबै कर्मचारीको पेशागत सुरक्षा गर्ने सागर थापाको उद्घोष

 न्यूज विराट
सबै कर्मचारीको पेशागत सुरक्षा गर्ने सागर थापाको उद्घोष

विराटनगर, २५ वैशाख । नेकपा एमाले विराटनगरका मेयरका उम्मेदवार सागर थापाले कर्मचारीहरूको पेशागत सुरक्षाको प्रत्याभूति गर्ने बताएका छन् । आइतवार विराटनगर महानगरपालिका कर्मचारीहरूसँगको साक्षत्कार कार्यक्रममा बोल्दै आफूले महानगरपालिकाका नेतृत्व प्राप्त गरेपछि त्यहाँ कार्यरत सबै कर्मचारीहरूको सुरक्षा र स्थायित्वका लागि आफू प्रतिवद्ध रहने बनाएका हुन् ।

कार्यक्षमता योग्यता र इमान्दारिताको मूल्याङ्कन गर्दै विषयगत जिम्मेवारीमा सबैलाई प्रोत्साहन गर्ने नीति आफ्नो प्रतिवद्धतामै प्रकट भइसकेको उल्लेख गर्दै उम्मेदवार थापाले सबैमा समान व्यवहार गर्ने पनि बताए ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौनावधि शुरु हुन केही दिन बाँकी रहँदा सबै उम्मेदवारहरू चुनावी प्रचार र मतदाता शिक्षामा केन्द्रित रहेका छन् । यतिबेला मतदाताहरूलाई भेटेर आफ्ना कुरा राख्न बाँकी ठाउँहरूमा सबै उम्मेदवार मेहनपूर्वक मतमाग्न जुटेका छन् ।

कतिपय ठाउँमा कोण सभा र ¥यालीका कार्यक्रमहरू तय गरी आफ्ना कुरा जनतासमक्ष राख्नेक्रम जारी रहेको छ । यसै सन्दर्भमा नेकपा एमाले विराटनगरले पनि महानगरपालिकाका विभिन्न वडाकेन्द्रित कोणसभा सम्पन्न गरिरहेका समाचारहरू प्राप्त भएका छन् ।

सम्बन्धित समाचार

प्याब्सन स्पोर्टस मिटको उद्घाटनमा बालदेवदुत, बुढानिलकण्ड र पूर्वाञ्चल एकाडेमीको सुरूवाती अग्रता

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि प्रतियोगिता सुरू भएको हो । उद्घाटनको दिन तीन...

मोरङ भयो महिला क्रिकेट कपको समुह विजेता

विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ । आज भएको लिगको अन्तिम खेलमा मोरङले सिरहालाई १० विकेटले पराजित गरी लिगको तीनै खेलमा जित...

खुकुलो पार्दै मोरङमा एक साता निषेधाज्ञा लम्बियो

विराटनगर, १० भदौ–जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत मोरङ जिल्लाभरी केही खुकुलो प्राबधानसहित निषेधाज्ञा एक साता थप गरेको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर...

बागमतीमा नेकपा संसदीय दलको नेतामा अष्टलक्ष्मी चयन

काठमाडौं, १५ पुस-बागमती प्रदेशमा नेकपा संसदीय दल औपचारिक रुपमा विभाजित बनेको छ । बुधबार बसेको प्रचण्ड–माधव नेपाल पक्षधर सांसदको संसदीय दलको बैठकले डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । पार्टी...

सुनवर्षी–२ मा तीन दिने उद्घोषण तालिम सम्पन्न

विराटनगर, १८ फागुन । मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ मा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । सुनवर्षी–२ वडा कार्यालयको आयोजना तथा सञ्चारकर्मी मिडिया प्रालिको समन्वयमा तीन दिने उद्घोषण तालिम बुधबार सम्पन्न भएको...

सकियो हिसान स्पोर्टस मिट, विराटनगरका चार कलेजलाई उपाधि

विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्टस् मिट अन्तर्गत विभिन्न खेलहरूमा चार वटा कलेजले उपाधि जितेका छन् । सोमबार राती सम्पन्न भएको फाइनलमा फुटबलमा विराटनगरमा रहेको कोशी क्याम्पस, भलिबल छात्रामा अर्किड, सोही विधाको छात्रमा मोर्डन...

दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद् अधिवेशनमा पर्नु दुःखद् : कांग्रेस

काठमाडौं, १८ असार-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को आजको...

मिटरब्याजी सुनिल साहविरुद्ध दिए पीडितले उजुरी, आइतबारदेखि छलफल हुने

विराटनगर । विराटनगर १८ का मिटरब्याजी ५३ वर्षिय सुनिल कुमार साह विरुद्ध पीडितहरूले उजुरी दिएका छन् ।जिल्ला प्रशासन कार्यालय मोरङमा ६ जना पीडितहरूले मिटरब्याजी साहविरुद्ध बुधबार उजुरी दर्ता गराएको हो । साहबाट पीडित भएकाहरू विराटनगर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्