भारतलाई २०० मेगावाट विद्युत् बेच्न विद्युत प्राधिकरणले खोल्यो टेन्डर

 न्यूज विराट
भारतलाई २०० मेगावाट विद्युत् बेच्न विद्युत प्राधिकरणले खोल्यो टेन्डर

गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुलीमात्रै पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ । त्यसबाट सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन् ।

नेपालको कूल जडित क्षमता दुई हजार २०० मेगावाटको हाराहारीमा पुगेको छ । यस्तै, नेपालभित्र कूल खपत झण्डै एक हजार ६०० मेगावाट बराबर मात्रै छ । हिउँदमा कम हुने र वर्षामा खेर जाने प्रवृत्तिको अन्त्यका लागि सरकारले विशेष पहल गरिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको केही समय पहिलेको भारत भ्रमणमा ३६४ मेगावाट बिजुली बिक्रीका लागि सहमति भएको छ । बाँकी रहने बिजुली के गर्ने भन्नेबारेमा कुनै निर्णय भएको थिएन । देशभित्रै क्रमशः अन्य जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् । दोर्दी करिडोरको उक्त आयोजनाले परीक्षण उत्पादनका रुपमा ३० मेगावाट बिजुली प्रणालीमा जोडिसकेको छ । सोही करिडोरका अन्य आयोजना पनि केही समयभित्रै निर्माण सम्पन्न हुँदैछन् ।

सोलु करिडोरमा निर्माण भइरहेका आयोजनासमेत प्रणालीमा जोड्ने तयारीमा छन् । यसबाट देशभित्रै सबै बिजुली खपत हुने अवस्था छैन । ठूलो लगानी परेका आयोजनाको बिजुली खेर जानु राम्रो विषय पक्कै होइन । त्यसको उपाय खोज्ने काममा सरकार र निजी क्षेत्र दुवै लागेका छन् ।

सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले आफ्नै तवरबाट बिजुली बिक्रीको प्रक्रिया अगाडि बढाइरहेको छ । सरकारबाट अनुमति नपाए पनि निजी क्षेत्रले पनि यसको तयारी गरिरहेको छ । सरकारले निजी क्षेत्रलाई पनि बिजुली बिक्रीका लागि अनुमति दिने अन्तिम तयारीमा छ ।

संसद्मा विचाराधीन विद्युत् विधेयक पारित हुन लामो समय लाग्ने भएकाले वैकल्पिक उपायको खोजी गरिएको छ । यही पृष्ठभूमिमा नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्ने ध्येयका साथ आज बोलपत्र आह्वान गरेको छ ।

प्राधिकरणले बोलपत्रको आह्वान गर्दै नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीसँग प्रस्ताव माग गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएको बिजुली पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७९ (१ जुलाईदेखि नोभेम्बर २९, २०२२) सम्म बिक्री गर्नेछ ।

भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनी, विद्युत् वितरण कम्पनीलगायतले विद्युत खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत् बिक्रीका लागि स्वीकृति पाएका छौँ, त्यसमध्ये २०० मेगावाट प्रतिस्पर्धामार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्नेगरी टेण्डर आह्वान गरेका हौँ’, उनले भने । बाँकी रहेको विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिक्री गर्ने गरी बोलपत्रको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईदेखि छनोट भएका योग्य कम्पनीलाई विद्युत् उपलब्ध गराइनेछ ।

नेपालबाट विद्युत् खरिद गर्न इच्छुक कम्पनीले आगामी १३ जेठ मध्याह्न १२ बजेसम्ममा प्रस्ताव पेस गर्न सक्नेछन् । सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिनेछ । इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेस गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीले आफूले प्रस्ताव गरेको परिमाणको प्रतिमेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्नेछ ।

भारतले नेपालका छ वटा विद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुनेछ । नेपालले प्राधिकरणको स्वामित्वका  त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’,मध्यमर्स्याङ्दी, मर्स्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लिको लिखु–४ बाट उत्पादित ३६४ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ११ जनासहित प्रदेश १ मा आज ५६ संक्रमित थपिए, संक्रमितको संख्या ३३६७ पुग्यो

विराटनगर, १५ भदौ-प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला...

आईपिएल सकिएपछि कोहलीले बैंगलोरको कप्तानी पनि छाड्ने

एजेन्सी, ४ असोज । विराट कोहलीले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १४औं सिजन सकिएपछि रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी छाड्ने बताएका छन् । युएईमा आईपीएल २०२१ को सेकेण्ड लेग सुरु भएको दिन कोहलीले कप्तानी पद...

तीन वर्षभित्र शिक्षामा क्रान्ति– मुख्यमन्त्री राई

[caption id="attachment_47277" align="alignnone" width="747"] जनसेवाको स्वर्णमहोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राई ।[/caption]   कानेपोखरी (मोरङ) । १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शिक्षा क्षेत्रमा क्रान्ति गर्दै प्राविधिक शिक्षालाई प्रदेश भरीको विद्यालयमा लागु गर्ने बताएका छन्...

भाषा, साहित्यको संरक्षण आवस्यक : मुख्यमन्त्री राई

विराटनगर, २९ असार–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवस्यक रहेकोमा जोड दिएका छन् । संघियता अघिको शासन प्रणालीले श्रष्टाहरुको खोजी, पहिचान र सम्मानको काम नगरेको उनले बताए । २ सय ७ औं...

बुद्धका उपदेश पालना गरे राष्ट्रिय एकता थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति भण्डारी

काठमाडौं, २५ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले २ हजार ५६४औँ बुद्धजयन्तीका अवसमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेका शान्ति र अहिंसाप्रेमी सम्पूर्णमा शुभकामना व्यक्त गरेकी छिन् । आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका...

मौद्रिक नीतिको लागि वाणिज्य महासंघ कोशी प्रदेशको १५ बुद्धे सुझाब

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिकाका १५ बुद्धे राय सुझावहरु दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बुधबार १५ बुद्धे सुझाब दिएका...

प्रदेश १ : घरभाडा छुट गर्ने घाेषणा कार्यान्वयन गर्न सांसदहरूकाे माग

विराटनगर, २५ जेठ-विद्युतमा २५ प्रतिशत महशुल छुट गर्ने, लकडाउन अवधिभर घर धनीले भाडा माग्न नपाउने, एक महिनाको घरभाडा छुट दिनुपर्नेलगायत सरकारले घोषणा गरेका राहतका कार्यक्रम तत्काल  कार्यान्वयन गर्न सांसदहरूले माग गरेका छन् । आइतबार प्रदेशसभा...

लकडाउन उल्लंघन गर्ने ७३६ मानिस र २३ सय सवारी साधन कारबाहीमा

विराटनगर, ८ बैशाख-लकडाउनको हालसम्मको अवधिमा मोरङमा ७ सय ३६ मानिस र २ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गर्दै अटेर गरी सडकमा निस्कने व्यक्ति र सवारीसाधन कारबाहीमा परेका हुन् । कोराना महामारीबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्