विराटनगर आएर प्रधानमन्त्री देउवाले भने–ओलीलाई सवैले हटाऔँ भनेपछि गठबन्धनको नेतृत्व मैले गरेको हो

 न्यूज विराट
विराटनगर आएर प्रधानमन्त्री देउवाले भने–ओलीलाई सवैले हटाऔँ भनेपछि गठबन्धनको नेतृत्व मैले गरेको हो

विराटनगर, २१ वैशाख । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताका आधारमा अहिलेको पाँचदलिय सत्ता गठबन्धन बनेको बताएका छन् ।

बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । ‘म त चुनावकै पक्षमा थिएँ । सवैले ओलीलाई हटाऔँ भनेपछि मैले गठबन्धनको नेतृत्व गरेको हो ।’ उनले भने,‘सवैले आग्रह गरेपछि म प्रधानमन्त्री भएको हुँ ।’

उनले अहिलेको पाँच दलिय गठबन्धन प्रजातन्त्रको मलजल गर्नका लागि बनेकाले कुनैपनि शंका उपशंका नगर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले निर्वाचनमा गठबन्धनभित्र नेपाली कांग्रेसले धोका नदिने बताए । ‘अहिलेको गठबन्धन प्रजातन्त्रलाई मलजल गर्नका लागि बनेको हो । त्यसैले गठबन्धनमाथि कुनैपनि शंका उपशंका नगर्नुहोला ।’ उनले भने,‘गठबन्धनभित्र कांग्रेसले धोका दिँदैन । त्यसैले हामीले उचाल्ने पछार्ने काम गर्नु हुँदैन ।’

उनले विराटनगरमा मेयरका कांग्रेस र उपमेयरमा जसपाका उम्मेदवारलाई कत दिएर जिताउन आग्रह गरे । उनले विराटनगरले पहाडी र मधेशी मिलेको शन्देश दिएको बताउँदै मेयरमा कांग्रेस र उपमेयरमा जसपाको छाता चिन्हको उम्मेदवारलाई मत दिन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

सम्बन्धित समाचार

ग्रिनल्याण्ड कलेजले गर्यो कक्षा १२ का विद्यार्थीहरुलाई विदाई

विराटनगर । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विज्ञान तथा व्यवस्थापन संकायका ११ औं ब्याचको ६ सय ५० जना...

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैन : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा ‘दोलखाली...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना डिस्चार्ज, १७७ संक्रमित थपिए

विराटनगर, १४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय २१ ज्ना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३ सय ८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट सात र मेची अस्पतालबाट एक जना...

हाटखोला फुटबल क्लब क्वाटरफाइनलमा

विराटनगर । मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगितामा हाटखोला भेट्रान फुटबल क्लब विराटनगरमा क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैजानमा सोमबार राती भएको खेलमा हाटखोलाले आयोजक विराट मेघा भेट्रान क्लबलाई १० – ० को फराकिलो...

आज देशभर २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं, २० साउन-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा...

शुक्रबारबाट ‘प्याब्सन विराट कप’, पहिलो खेल डनबस्को र सनसाईनबीच प्रतिस्पर्धा

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट शुक्रबारबाट सुरू हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्रतियोगिताको...

विराटनगरको उपमेयर उम्मेदवार कार्कीविरुद्धको उजुरीमा छानबिन थालियो

विराटनगर, १४ वैशाख ।नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु भएको छ । उजुरीमा निर्वाचन अधिकृतको कार्यालयले छानबिन थालेको हो । उपमेयर उम्मेदवार कार्कीसहित पाँचजना उमेदवारविरुद्ध उजुरी परेको मुख्य...

सुनसरीको देवानगञ्जमा ग्राम शुद्धिकरण महायज्ञ, सनातन धर्म संस्कृतिको संरक्षणमा जोड

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको श्री कृष्ण माविमा ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी) लगाएको छ । विश्व हिन्दु परिषद नेपालले शनिबार महायज्ञ लगाएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद किरण साह रहेका थिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्