बृद्धभत्ताको लोभमा एमालेलाई भोट नहाल्नुस्, हामीले २० वर्ष बढी बाँच्ने बनाएका छौँः रामचन्द्र पौडेल

 न्यूज विराट
बृद्धभत्ताको लोभमा एमालेलाई भोट नहाल्नुस्, हामीले २० वर्ष बढी बाँच्ने बनाएका छौँः रामचन्द्र पौडेल

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको लोभमा एमालेलाई मत नदिन आग्रह गरेका छन् ।

बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडलले जेष्ठ सामाजिक सुरक्षा भत्ता एमालेले सुरु गरेको बताउँदै त्यसैको लोभमा भोट दिन नहुने बताए । ‘एमालेले १ सय रुपैयाँबाट सुरु गरेको बृद्धभत्ताले के भएको छ र ? यसको भुलभुलैयामा नपर्नुहोला ।’ उनले भने,‘बरु हामीले मान्छे २० वर्ष भन्दा बढी बाँच्ने योजना बनाएका छौँ । त्यसैले गठबन्धनको पक्षमा मत हाल्नुहोस् ।’

उनले जनताले झण्डै दुईतिहाई मत दिएको कम्युनिष्ट पार्टीको असक्षमताका कारण मुलुकमा अस्थिरता कायम भएको बताउँदै स्थिरताका लागि गठबन्धन बनेको दावी गरे । ‘मुलुकमा भएको परिवर्तन, संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको हो ।’ उनले भने,‘ओलीबाट सुरु भएको अस्थिरतालाई स्थिरतामा बदल्न गठबन्धनको औचित्य हो ।’

वरिष्ठ नेता पौडेलले फेरीपनि विराटनगरमा कांग्रेसलाई जिताएपछि विराटनगरमा धेरै कुराको विकास हुने दावी समेत गरे ।

 

सम्बन्धित समाचार

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

महोत्तरी, १९ कात्तिक-दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व...

नेपालसँग सीमाबारे वार्ता गर्न भारतको शर्त

काठमाडौं, १६ जेठ-लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवादमा नेपालले विदेश सचिवस्तरीय वार्ताको पहल गरिरहेका बेला भारतले नेपालसँग वार्तामा नबस्ने संकेत गरेको छ । भारतले वार्ताका लागि दुई देशबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताएको छ । नेपाल...

सलहको नेपाल प्रवेशसँगै रोपाइँ सुरु गरेका किसान चिन्तित

बुटवल, १५ असार-फट्याङग्रा प्रजातिको सलह कीरा लाखौँको संख्यामा कपिलवस्तु जिल्ला प्रवेश गरेका छन् । जिल्ला सदरमुकाम तौलिहवा, पकडी, मर्यादपुर, कृष्णनगर, शिवराज नगरपालिकाका ३ र ११ तथा विजयनगर गाउपालिका लगायतका क्षेत्रका लाखौँ संख्यामा सलह कीरा देखिएका...

मध्यप्रदेशमा राजनीतिक संकट

भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारूढ भारतीय राष्ट्रिय कांग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो । भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री...

मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए:मुख्यमन्त्री राई

नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे...

मोरङ र सुनसरीबाट माछाको तस्करी मौलायो, यी नाकाबाट खुलेआम भित्रिन्छ प्रतिबन्धित ‘मागुर’ माछा 

विराटनगर । मोरङ र सुनसरीको खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले नेपाल आयतमा प्रतिबन्ध लगाएको ‘मागुर’ र अन्य विभिन्न प्रजातिका माछाको तस्करी बढेर गएको पाइएको छ ।  राज्यले करिब दुई वर्ष अगाडी प्रतिबन्ध लगाएको मागुर (मुर्गी...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बखरी आधारभूत विद्यालयमा सचेतनामूलक कार्यक्रम

विराटनगर । रोटरी क्लब आफ विराटनगर डाउनटाउनले खानेपानी, स्वाथ्यर र सरसफाइमा केन्द्रित जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । क्लबले स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयमा बखरी स्वास्थ्य चौकीकी...

साेमबार पुनः १३ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या १ सय ३४

काठमाडाैं, २९ वैशाख-साेमबार पुनः १३ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणमा कपिलवस्तुका ६, रूपन्देही ६ र बर्दियामा १ जना गरी १३ जनामा काेभिड-१९ काे संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्