काभ्रेमा नेपाली कांग्रेसका नेताहरुबीच कुटाकुट

 न्यूज विराट
काभ्रेमा नेपाली कांग्रेसका नेताहरुबीच कुटाकुट

काभ्रे, ११ वैशाख । काभ्रेमा नेपाली कांग्रेसका नेताहरुबीच कुटपिट भएको छ । जिल्लाको नमोबुद्ध नगरपालिकामा कांग्रेसबाट मेयरका दाबेदार कुन्साङ लामाले अर्का दाबेदार रोशन पाण्डेमाथि कुटपिट गरेका हुन् । बनेपाको एक रिसोर्टमा पाण्डेमाथि कुटपिट भएको हो ।

पाण्डेको अहिले शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

पाण्डे नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति सचिवसमेत हुन् । पाण्डेको अनुहारमा चोट लागेको छ । आपराधिक पृष्ठभूमिका लामाले बनेपाको भिलेज रिसोर्टमा नमोबुद्ध नगरपालिकाको मेयरको विषयमा विवाद हुँदा पाण्डेमाथि हातपात गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

पाण्डेसमेत मेयरका दावेदार थिए । तर, लामाले आफूबाहेक अरुलाई टिकट दिन नमिल्ने भन्दै पाण्डेमाथि आक्रमण गरेका हुन् । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । लामाले यसअघि काभ्रेका नेता अच्युत पौडलमाथि समेत हातपात गरेका थिए । सो अभियोगमा प्रहरीले उनलाई थुनेको थियो ।

लामाले बनेपामा अवैध ढुंगाखानीदेखि क्रसर सञ्चाल गर्दैआएका छन् । लामाको अवैध क्रसर उद्योगमा नेकपा विप्लव समूहले भूमिगत हुँदा आगजनीसमेत गरेको थियो ।

पाण्डे पार्टी केन्द्रीय सदस्य गणेश लामा पक्षका हुन् भने कुटपिट गर्ने कुन्साङ तीर्थ लामा पक्षका हुन् ।

सम्बन्धित समाचार

आज विराटनगमा १६१ जनामा कोरोना संक्रमण

विराटनगर, ९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक...

पार्टी मजवुत बनाउन सवै नेता कार्यकर्ता एक ढिक्का हुन जरुरी छ : सांसद मण्डल

विराटनगर, बैशाख १०–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले पार्टी र सरकारलाई मजबुद बनाउन सवै नेता कार्यकर्ता एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले सरकारले अध्यादेश...

कटहरी–२ लाई सुकुम्बासी मुक्त बनाइने

विराटनगर, जेठ २१–मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण हुने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ र जीवन विकास...

अनुसन्धानमा अब्बल प्रहरी नायव निरीक्षक खत्री अवकाश, भव्य भयो विदाई

विराटनगर । अपराध अनुसन्धनमा अब्बल कहलिएका प्रहरी नायव निरीक्षक भीम बहादुर खत्री अवकास भएका छन् । धनकुटा फलाटे ३ घर भएका खत्री आइतबार उमेर हदको आधरमा अनिवार्य अवकाश भएका हुन् । उनी २०५१ साल चैत्र...

अरनीको कलेजद्धारा ५५ जना विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगरस्थित अरनीको कलेजले ५५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रावृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान...

सीएनआई कोसी एक्स्पो : पाँच मुख्य पेभिलियन, ३०० बढि युवालाई रोजगारी

विराटनगर । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् । एक्स्पोका...

सीमा विवादबारे नेकपाका ६ सांसदले दर्ता गरे संकल्प प्रस्ताव

काठमाडौं, २८ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६ जना सांसदहरुले नेपाली सीमा मिचिएको विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । सांसदहरु गणेश ठगुन्ना, दिपक प्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र...

सवारी चालकको स्वास्थ्य परीक्षण : ११ जना लागूऔषध सेवन गरेको भेटियो

विराटनगर । मोरङ बेलबारी नगरपालिका १ स्थित ट्राफिक प्रहरी पोष्ट बेलबारी अगाडिको पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजना तथा कोशी प्रदेश प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्