सुनवर्षी नगरपालिकालिकाको मेयरमा कांग्रेसबाट देबेन्द्र बहादुर बस्नेत बलिया दाबेदार

 न्यूज विराट
सुनवर्षी नगरपालिकालिकाको मेयरमा कांग्रेसबाट देबेन्द्र बहादुर बस्नेत बलिया दाबेदार

सुनवर्षी। देशमा चुनावको घोषणा भए संगै जिल्ला र नगरमा उम्मेदवार को हुने भन्ने बिषयमा चर्चा चल्न थालेको छ। मोरङ जिल्लामा यसको ब्यापक चहलपहल बढेको छ। नेताहरु जिल्ला ,प्रदेश र केन्द्रको नेताहरुसंग प्रायजसो सम्पर्कमा नै रहन्छन्। सरकारले तोकेको २०७९ साल बैशाख ३० गतेको स्थानिय निर्वाचनमा हरेक दलमा उम्मेदवार कसलाई बनाउने भनेर हरेक कोणबाट गहन विश्लेषण सुरु भएको छ।

नेपाली कांग्रेस लाई धार बनाएर २ दशक भन्दा बडी समय देखि राजनीति गर्दै आएका सुनवर्षि नगरपालिका वडा नम्बर १ निवासी देबेन्द्र बहादुर बस्नेत नेपाली कांग्रेसको तर्फाबाट सुनवर्षि नगरपालिकाको मेयर पदका प्रवल दाबेदार मानिनछन्। देबेन्द्र बहादुर बस्नेत सुनवर्षि नगरपालिकाका युवा नेतामा चिनिन्छन् ।

नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिका पुर्व जिल्ला सदस्य समेत रहेका उनि अहिले मोरङ क्षेत्र न -२ (ख) प्रदेशका सभापति र क्षेत्र न -२ का उपसभापति पनि हुन् । उनि प्रदेश (ख) को सभापतिमा निर्वाचित भए संगै पार्टीको गतिबिधि क्षेत्रमा बढाउन थालेको हो । उनकै कारण क्षेत्रमा पार्टी चलायमान बनेको स्थानिय नेताहरु बताउछन्। अन्य नेताहरुभन्दा पनि देबेन्द्रले सक्रियताको साथ पार्टीको हरेक गतिविधिमा सक्रिय रहेको स्थानिय नेताहरु बताउछन्।

२०७४ सालको स्थानिय निर्वाचनमा पनि उनको नाम मेयरको लागि शिफारिस भएको थियो , पार्टीले काली प्रसाद दासलाई उम्मेदवार बनाएपछि पार्टीको निर्णयलाई सम्मान गर्दै दासलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । फलस्वरूप नेपाली कांग्रेसले नगरभरि आफ्नो सानदार जित निकाल्यो आफ्ना कार्यकर्तालाई मिलाउन सक्ने,क्रियाशीलहरुमा समेत प्रिय रहेका देबेन्द्र पार्टीले विश्वास गरे सुनवर्षि नगरपालिकामा कांग्रेसलाई भारी मतान्तरले जित दिलाउने उम्मेदवारमा चिनिन्छन्। सामाजिक क्षेत्रमा निकै नै सक्रिय रहेका बस्नेतले धेरै व्यक्तिलाई आर्थिक तथा प्राबिधिक सहयोग गर्दै आएका छन्। काम बढी गर्ने प्रचार कम गर्ने उनको बानि छ।

कसैको दुख पिडा देख्न सक्दैन्न दुख देख्यो भने आफुले सक्ने आर्थिक सहयोग उनि गर्छन्। कही कतै कसैलाई भनसुन गरेर कसैको राम्रो काम हुन्छ भने देबेन्द्र पछि हट्दैनन्। सहयोगी भावना भएका देबेन्द्रको नाम मेयरका लागि सिफारिस भए संगै सुनबर्षी नगरपालिकामा तरङ्ग आएको छ। उनलाई पार्टीले टिकेट दिनु पर्न्ने र उनलाई मेयर भएर कम गरेको हेर्न चाहनेको जमात पनि धेरै छ। पार्टीले यस पटक देबेन्द्रलाई न्याय गर्नेमा उनि बिश्वस्त छन्। उनले भने म सबैको साझा मेयरको रुपमा रहेर उदाहरणीय काम गरेर हाम्रो पालिकालाई देशकै नमुना पालिकाको रुपमा स्थापित गर्ने छु । यस पटक म मेयरको रुपमा काम गर्ने छु । अर्को पल्ट मेरो मेयर पदमा दाबि रहदैन अरु साथीहरुलाई पनि काम गर्न मौका दिनु पर्छ भन्ने मेरो धारण रहेको छ ।

सुनवर्षि। देशमा चुनावको घोषणा भए संगै जिल्ला र नगरमा उम्मेदवार को हुने भन्ने चर्चा चल्न थालेको छ। मोरङ जिल्लामा पनि यसको असर परेको देखिन्छ। सरकारले तोकेको २०७९ साल बैशाख ३० गते को स्थानिय चुनावले राजनीतिक दाउपेजले निक्कै महत्व राख्ने देखिन्छ । नेपाली कांग्रेस लाई धार बनाएर २ दशक भन्दा बडी समय देखि राजनीति गर्दै आएका सुनवर्षि नगरपालिका वडा नम्बर १ निवासी देबेन्द्र बहादुर बस्नेत नेपाली कांग्रेसको तर्फा बाट सुनवर्षि नगरपालिकाको मेयर पदका बलिया दाबेदार मानिनछन्। देबेन्द्र बहादुर बस्नेत सुनवर्षि नगरपालिकाका युवा नेतामा चिनिन्छन् नेपाली कांग्रेस मोरङका पुर्व जिल्ला सदस्य समेत रहेका उनि अहिले मोरङ क्षेत्र न -२ ख प्रदेशका सभापति पनि हुन् । उनि प्रदेश ख को सभापति भए संगै पार्टीलाई बलियो बनाउन दिन रात नभनी खटि रहेका छन्। देबेन्द्र सभापति भए संगै थप उर्जा आएको एक क्रियाशील बताउछन् ।

२०७४ सालको निर्वाचनमा पनि उनको नाम मेयरको लागि शिफारिस भएको थिय, पार्टीले कलि प्रसाद दास लाई उम्मेदवार बनायेसी पार्टीको निर्णय लाई सम्मान गर्दै दासलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । फलस्वरूप नेपाली कांग्रेसले नगर भरि आफ्नो सानदार जित निकाल्यो आफ्ना कार्यकर्तालाई मिलाउन सक्ने,क्रियाशील हरुमा समेत प्रिय रहेका देबेन्द्र पार्टीले विश्वास गरे सुनवर्षि नगरपालिकामा कांग्रेसलाई भारी मतान्तरले जित दिलाउने उम्मेदवारमा चिनिन्छन्।

विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका देबेन्द्र नगर भरिको लोकप्रिय नेतामा आफुले आफुलाई स्थापित गरेका छन्। सबैलाई समान रुपले हेर्न्ने,मिठो बोल्न्ने,सहयोगी भावना भएका देबेन्द्रको नाम मेयरका लागि सिफारिस भए संगै सुनबर्षी नगरपालिकामा तरङ्ग आएको छ। उनलाई पार्टीले टिकेट दिनु पर्न्ने र उनलाई मेयर भएर कम गरेको हेर्न चाहनेको जमात पनि धेरै छ।

सम्बन्धित समाचार

भारतले फिर्ता लग्यो काठमाडौंमा रोकिएका आफ्ना नागरिक

काठमाडौं, २२ जेठ-भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ ।विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ । लामो समय जारी रहेको...

आज १४७४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १५ सय नाघ्यो

काठमाडौं, १५ मंसिर-गत २४ घण्टामा देशभर १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

चर्चित र्‍यापर क्रिसमाथि याैन अपराधकाे आरोप, ११ कम्पनीले रद्द गरे सम्झाैता

चीनका एक होनहार कलाकार क्रिस वूमाथि यौन उत्पीडनको गम्भीर आरोप लागेको छ । चिनियाँ-क्यानाडेली र्‍यापर क्रिसमाथि १९ वर्षीया डू मीजुले यस्तो आक्षेप लगाएकी हुन् । यो महिनाको सुरुमा डू मीजुले सामाजिक सञ्जालमार्फत क्रिसको व्यविचार र हिंसक...

अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि हत्या

सप्तरी, २६ असोज-एक महिलाको हत्या आरोपमा सप्तरी प्रहरीले तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको आरोपमा मैनाकडीका २१ वर्षीय अजय कुमार राउत, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर- २१ ठेलीया...

नागरिक अगुवाले भने-सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न सकेनन, निकास खोज

काठमाडौं, माघ २६ । नागरिक अगुवाहरुले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउन राजनीतिक दलहरुलाई अपील गरेका छन् । सापकोटाले सभामुख पदमा बसेर निष्पक्ष र निर्विवाद भूमिका निर्वाह नगरेको, संविधान र कानुनका व्यवस्थाभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास...

५५ इलेक्टोरल मत रहेको क्यालिफोर्नियामा चुनावी नतिजा प्रमाणीकरण

एजेन्सी, २१ मंसिर-अमेरिकाको क्यालिफोर्निया राज्यमा राष्ट्रपति निर्वाचनको नतिजा प्रमाणीकरण गरिएको छ । राज्यले डेमोक्रेट प्रत्यासी जो बाइडेनको पक्षमा मतदान गर्न प्रतिबद्ध ५५ इलेक्टरको नियुक्ति गरेको हो । योसँगै बाइडेनको पक्षमा २७९ इलेक्टोरल मत औपचारिक रुपमा...

सीमावर्ती सवै वडा सिल गर्ने रतुवामाईको निर्णय

विराटनगर, जेठ १०–भारतबाट आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछी भारतसँग सीमा जोडिएका रतुवामाई नगरपालिकाका सवै वडा सिल गरिएको छ । रतुवामाई नगरपालिकामा शनिबार स्थानीय सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि नगर क्षेत्रमा कोरोना संक्रमण रोक थाम...

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

काठमाडौं, भदौ ३०। नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्