पृथ्वीबहादुरको रकम फिर्ता गरिदिन अर्थमन्त्रीबाटै दबाव आयो : अधिकारी

 न्यूज विराट
पृथ्वीबहादुरको रकम फिर्ता गरिदिन अर्थमन्त्रीबाटै दबाव आयो : अधिकारी

काठमाडौं, बैशाख ६ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धिकरणको आरोपमा फाइलहरु छानबिन भइरहेको अवस्थामा अर्थमन्त्री जनार्दन शर्माले पटक–पटक बैंकखाता फुकुवा गरिदिन दबाव दिएको खुलाशा गर्नुभएको छ ।

आफूलाई गैरकानूनी रुपमा निलम्बन गरिएको र आफूमाथि छानविन गर्न गठन भएको जाँचबुझ समिति समेत कानूनसम्मत नभएको दाबी गर्दै अधिकारीले सर्वोच्च अदालत जानुभएको छ। रिट निवेदन सुनुवाइका लागि सोमबार पालो तोकिएको छ । रिट निवेदनमा अधिकारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयको विवादमा परेको र छानबिनको क्रममा रहेको एक व्यक्ति (अछामका पृथ्वीबहादुर शाह) बैंक खाता फुकुवा गरिदिन मन्त्रीले पटकपटक दबाब दिएको दाबी गर्नुभएको छ ।

रिट निवेदनमा शाहको नाम उल्लेख नगरी अधिकारीले भन्नुभएको छ , ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी विवादमा परेको व्यक्ति को रोक्का भएको बैंक खाता फुकुवा हुन सक्दैन भन म निवेदकले पटकपटक अडान राख्दै आएको‘‘’ कानूनले नै अनुसन्धान गर्ने अधिकार दिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग एवं नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोबाट अनुसन्धान भइरहेको विवादित व्यक्तिको निवेदनमा तोक लगाएर अर्थमन्त्रीले जानकारी माग गर्नु गलत हुने छ ।’

तोक लगाएर खाता खोलाउन अनुरोध गरी पठाउने काम पनि गलत भएको दावी गर्नुभएको छ । अर्थमन्त्रीकै तोक सहितको पत्र राष्ट्रबैंकले पाएपछि लिखित रुपमा जवाफ दिएको र शंकास्पद कारोवारको खाता फुकुवा नगरेको अधिकारीले बताउनुभएको छ । खाता रोक्का भएपछि पृथ्वीबहादुरले करिव ६ बैंकको कारोवार खुलाइदिन माग गरी सर्वोच्च अदालतमा निवेदन दिएकोमा अन्तरिम आदेश हुन सकेको थिएन ।

रिट निवेदनमा अधिकारीले भन््नुभएको छ , ‘मुद्दा विचाराधीन भएको विषयमा (अदालतबाट) हुने न्यायिक निरुपणलाई समेत अनदेखा गरी मन्त्रीज्यूको तहबाट खाता फुकुवा गर्ने निर्देशन गरिनु सम्मानित अदालत प्रतिको अविश्वास समेत हो ।’ पृथ्वीबहादुरको खाता फुकुवा गर्न अर्थमन्त्री शर्माले आफूलाई पटकपटक मौखिक दबाव दिएको र अदालतमा मुद्दा विचाराधीन भएकाले मिल्दैन भनेर जवाफ दिँदा समेत सुन्न तयार नभएको भनी गभर्नर अधिकारीले आफ्नो निवेदनमा उल्लेख गर्नुभएको छ । ‘बैंकले सो निर्देशन कार्यान्वयन नगरेको कारण उहाँ मप्रति पूर्वाग्रही हुनु भएको प्रष्ट छ’ रिट निवेदनमा गभर्नर अधिकारीले भन्न्ुभएको छ ।

सम्बन्धित समाचार

प्यारागन स्कुलमा नयाँ व्यवस्थापक, मन्टेश्वरी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिने घोषणा

विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अनुभवी टिमले विराटनगर ३ पुष्पलाल चोकमा अवस्थित प्यारागन एकेडेमी बोर्डिङ स्कुल संचालनमा ल्याएका छन् ।प्यारागन एजुकेसन फाउण्डेसनमा सञ्चालनमा रहेको उक्त विद्यालय शिक्षा क्षेत्रमा लामो...

काठमाडौं महानगरद्वारा चिकित्सक संघलाई १ हजार थान ज्याकेट सहयोग 

काठमाडौं, १७ जेठ-भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका खटिरहेका चिकित्सकलाई काठमाडौं महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र...

प्रधानमन्त्री ओली र मोदीबीच फोन सम्वाद, आपूर्ति व्यवस्था सहज बनाउने विषयमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गरेका छन् ।भारतीय प्रधानमन्त्री मोदीसित आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न विषयमा छलफल गरेको प्रधानमन्त्रीले जानकारी दिएका छन् । उनले...

प्रदेशस्तरीय तेक्वाण्डो सेमिनार विराटनगरमा सुरू, १ सय ३५ खेलाडी सहभागि

विराटनगर, ३ पुस-१ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वाण्डो टेक्निकल सेमिनार कोर्ष शुक्रबारदेखि विराटनगरमा सुरू भएको छ । दुई दिनसम्म संचालन हुने उक्त सेमिनारमा १ सय ३५ जना तेक्वाण्डोका खेलाडीहरूको सहभागिता रहेको छ । शनिबार सम्पन्न...

टेलिभिजन सेवा प्रदायकहरू एकजुट भए

काठमाडौं, २ साउन-नेपालका टेलिभिजन सेवा प्रदायकहरू संगठित भएका छन् । भारतीय समाचार च्यालनहरूले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका सेवा प्रदायकहरू संगठित भएका हुन् । भारतीय न्यूज च्यानलले नेपाल र...

वी.पीको मेलमिलाप नीति पार्टीभित्र प्रयोग गरौ : पराजुली

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, २३ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । दिउँसो ४ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक...

अनलाइन बन्द गराउने काउन्सिलको निर्णय संविधान विपरितः अनलाइन पत्रकार संघ

१७ वटा अनलाईन बन्द गर्न शिफारिस गर्ने प्रेस काउन्सिलको निर्णयप्रति अनलाईन पत्रकार संघले आपत्ति जनाएको छ । उसले काउन्सिलको यो कामलाई गैरसंवैधानिक र स्वेच्छाचारी भन्दै आपत्ति पनि जनाएको छ । कोरोना संक्रमणका बिषयमा भ्रमपूर्ण समाचार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्