नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो ट्यूमर

 न्यूज विराट
नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो ट्यूमर

विराटनगर, २ बैशाख । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्यूमर’ अप्रेशन गरेर सफलतापूर्वक निकालिएको हो ।

नोबेलका टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश ठाकुर नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक ट्यूमर निकालेको हो । नोबेलको हाडजोर्नी विभागका डा.रञ्जिव झा, नाक कान घाँटी बिभागका डा.संजिव कुमार ठाकुर, छाती सम्बन्धि शल्यचिकित्सक डा.लोकेश यादव लगायत पनि शल्यक्रियामा सहभागि थिए । यस्तो प्रकृतिको जटिल तथा दुर्लभ ट्यूमर नेपालमै पहिलो पटक सफलतापूर्वक निकालिएको डा.ठाकुर बताउँछन् । ‘झण्डै एक लाख मान्छे मध्ये करिब एक जनामा मात्र यस्तो ट्यूमर पाइन्छ, त्यो पनि यत्तिको ठूलो विरलै मात्र भेटिन्छ, नेपालमा हालसम्म यस्तो प्रकृतिको जटिल तथा दुर्लभ ट्यूमर सफलतापूर्वक निकालेको रेकर्ड भेटिएको छैन,’ डा.ठाकुर भन्छन्, ‘हामीले नेपालमै पहिलो पटक यस्तो जटिल ट्यूमर निकालेका हौं ।’

घाँटीको माथिल्लो भागदेखि करङसम्म काटेर झण्डै १७ सेन्टिमिटर लामो ट्यूमर सफलतापूर्वक निकालिएको हो । चिकित्सकहरुका अनुसार घाँटी हुँदै हातसम्म फैलिने नसाहरुसँगै पलाएकाले सो ट्यूमर निकाल्दा नसामा चोट लाग्ने संभावना धेरै हुन्थ्यो । जसका कारण हात नचल्ने जोखिम थियो । तर, सफलतापूर्वक ट्यूमर निकालिएपछि अहिले मालतीको हात सामान्य अवस्थामा छ ।

करिब एक बर्षअघिदेखि उनको घाँटीको पछाडिपट्टीको भागमा मासुको डल्लो पलाएको थियो । छाम्दा निकै कसिलो भेटिने डल्लो बढ्दै गएर छातीसम्म फैलिएको हो । ट्यूमर बढ्दै गएपछि मालतीलाई हात उचाल्न गाह्रो हुँने, घोच्ने र चस्किने समस्याले सतायो । पूर्वका बिभिन्न अस्पतालमा जाँदा अप्रेशन गर्न नमानेपछि अन्ततः नोबेलमा ल्याएर अप्रेशन गराइएको मालतीका श्रीमान राजकुमारले बताए । अप्रेशन सफल भएर समस्या टरेपछि विरामी र विरामीका आफन्त हर्षित छन् ।

सम्बन्धित समाचार

विराटनगर दरैयावस्तीबाट लागूऔषध सहित एक युवक पक्राउ

विराटनगर, २९ कात्तिक । विराटनगरको सीमा क्षेत्रबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । आज विहान ११ बजे विराटनगर–१६ स्थित नेपाल–भारत सीमा नजिकैको दरैया बस्तीबाट गोरखाको शहिद गाउँपालिका–७ का २२ बर्षीय मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ...

एकै पटक १७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, २४ वैशाख-एकैपटक १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । संक्रमितहरू ७ महिला र १० पुरुष रहेका छन् । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला र वीरगंजबाट प्राप्त विवरणअनुनसार...

सीमामा थप कडाई, सशस्त्रको पैदल गस्ती सुरु

सप्तरी, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा...

सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग, फोनिज मोरङले बुझायो ज्ञापन पत्र

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक...

दिपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । दिपेन्द्र ऐरीको उत्कृष्ट इनिङको मद्दतमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । ओमानले दिएकाे १३६ रनकाे लक्ष्य नेपालले १९. ३ ओभरमा ४ विकेट गुमाएर हासिल गरेकाे हाे । नेपालले चार...

राजपुत समुदाय संगठित, विराटनगरको अध्यक्षमा राजेश

विराटनगर । नेपालको तराई मधेशमा बसोबास गर्दै आएका राजपुत समुदाय संगठित हुन थालेका छन् । जिल्लाभरी छरिएर रहेका राजपुत समुदायको तथ्यांक संकलन गरेर संगठित हुन थालेका हुन् । जातिय एवंम सामुहिक एकता कायम गरेर राजपुत...

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी

काठमाडाैं, ३० साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानकाे प्रयासमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेकाे छ । ९ दिनयताकाे संवादहिनता ताेड्दै ओली–प्रचण्डले हिजोबाट पुनः छलफल सुरु गरेका छन् । २ अध्यक्षबीच हिजो...

बिरामीको उपचारका लागि आर्थिक सहयोग

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । घरेलु सहयोगीका रुपमा काम गर्दै आएकी नितु राईका पतिको उपचारका लागि क्लबले २४ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्