मधेसमा एमालेका शीर्ष नेतालाई तोकियो विशेष जिम्मेवारी

 न्यूज विराट
मधेसमा एमालेका शीर्ष नेतालाई तोकियो विशेष जिम्मेवारी

जनकपुर, बैशाख २ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन जित्ने रणनीति बनाउँदै मधेस प्रदेशमा एमालेले पार्टीको उच्च तहका नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ ।

निर्वाचनमा उम्मेद्वारीको टुंगो लगाउन,विभिन्न दलहरुसँग वार्ता र समन्वय गर्न तथा निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन नेताहरुलाई विभिन्न जिल्लाको विशेष जिम्मेवारी दिइएको पोलिव्यूरो सदस्य ज्वाला साहले जानकारी दिनुभयो । साहका अनुसार प्रदेश इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुलाई एमालेलाई निर्वाचन जिताउन दायित्व सहित जिम्मेवारी तोकिएको हो ।

साहका अनुसार प्रदेश इन्चार्ज रघुवीर महासेठलाई धनुषा र महोत्तरीको जिम्मेवारी दिइएको छ । यस्तै सह–इन्चार्ज प्रभु साह सर्लाही र रौतहट, लिलानाथ श्रेष्ठ सिरहा, सुमनराज प्याकुरेल सप्तरीको जिम्मा दिइएको छ । यस्तै प्रदेश सह–इन्चार्जहरु पुरुषोत्तम पौडेल, ज्वालीकुमारी साह र अच्युत मैनालीलाई बाराको जिम्मेवारी सुम्पिएको छ ।

प्रदेश अध्यक्ष रामवतार यादवलाई पर्साको जिम्मेवारी छ । यस्तै प्रदेश कमिटीका सबै सदस्यलाई आफ्नो पालिकामा खट्ने जिम्मेवारी दिइएको छ । रघुवीर महासेठ संयोजक र प्रभु साह सह–संयोजक रहनेगरी मधेस प्रदेश स्थानीय निर्वाचन परिचालन कमिटी र विशेष निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । ।

५०१ सदस्यीय उक्त कमिटीमा प्रदेश सह इन्चार्जहरु, पोलिटब्युरो सदस्यहरु, केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, पूर्व जिविस सभापति र उपसभापतिहरु, मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्षहरु सदस्य रहनेछन् । कमिटीको सदस्य सचिवमा प्रदेश अध्यक्ष यादवलाई तोकिएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा गाउँघर क्लिनिकको सेवा विस्तार

विराटनगर । विराटनगर महानगरपालिकामा पहिलो पटक वडास्तरमा गाउँघर क्लिनिकको सेवा विस्तार गरिएको छ । सेवाको विस्तार विराटनगर ८ बाट गरिएको हो । विराटनगर ८ मा प्रत्येक महिनाको ९ र १० गते गाउँघर क्लिनिकको सेवा प्रवाह...

नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जनाउने, ७८२ जनाको सहभागीता

विराटनगर,२६ साउन । लनमा गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जानाउने भएको छ । बिहिबार १ प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै सो बारे...

शेयर चलखेलबारे तीन दिनभित्र स्पष्टीकरण बुझाउन एनसीसी बैंकलाई नेप्सेको पत्र

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनसीसी बैंकलाई स्पष्टीकरण सोधेको छ । नेप्सेले आइतबार शेयरमूल्यमा असर पार्ने किसिमका गतिविधि गरेको आशंका गर्दै स्पष्टीकर माग गरेको हो । नेप्सेले सूचना जारी गर्दै शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि किसिमको...

मोरङका २ सय बढी पत्रकारको कोरोना बिमा

विराटनगर, जेठ ९–मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित २ सय ५ जनाको कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्र्मी सञ्चार सहकारी संस्था र स्वयं बिमित व्यक्तिको सहकार्यमा १...

बैंकको चर्को ब्याजविरूद्ध विराटनगरमा बुधबार मौन जुलुस

विराटनगर । मोरङ व्यापरा संघको नेतृत्वमा विराटनगरमा बुधबार दिउँसो बैंकको चर्को ब्याजविरूद्ध मौन जुलुस हुने भएको छ । बुधबार दिउँसो साढे १० बजे मोरङ व्यापार संघको प्राङ्गणमा वृहत मौन जुलुस हुने भएको हो । उच्च...

केमसन मोरङको अध्यक्षमा दिनेशकुमार राउत

विराटनगर । रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल (केमसन) को अधयक्षमा दिनेशकुमार राउत चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको प्रथम मोरङ जिल्ला अधिवेशनले राउतको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको हो । विराटनगरमा...

विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं, ६ फागुन । ओमानमा शुक्रबार सुरु भएको विश्वकप टी–२० क्रिकेट ग्लोबल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार ओमानको अल अमरेत मैदानमा नेपालले घरेलु टोली ओमानलाई पराजित गर्दै प्रतियोगिताको शुखद् सुरुवात गरेको हो...

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघद्वारा राहत वितरण

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले काठमाडौंको बागबजार लगायतका स्थानमा रहेका २१ घरपरिवार सिलाइकर्मी मजदुरलाई खाद्यान्न राहत सामग्री वितरण गरेको छ । कोरोना भाइरस (कोभिड-१९)को महामारीको कारण निरन्तर लकडाउन हुँदै आएपछि ज्यालादारी मजदुर तथा श्रमिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्