अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको छ : ओली

 न्यूज विराट
अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको छ : ओली

काठमाडौं, बैशाख १ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको बताउनु भएको छ । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

गतवर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही अवाञ्छित शक्तिहरुका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इष्र्याका कारण केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धितर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुनपुग्यो । विसंगति, वेथिति र अस्थिरताका पुराना दुषित खेलको फेरि पुनरावृत्ति भएको छ । वितेको वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ,’ अध्यक्ष ओलीले भन्नुभएको छ, ‘व्यवस्थापिका निकम्मा हुनपुगेको छ । कार्यपालिकाको छायाँमुनि न्यायपालिका क्रमशःआप्mनो स्वतन्त्र पहिचान गुमाउँदै छ । संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रुपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ । केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनमा केन्द्रित हुनपुगेको छ ।’

नयाँ वर्षको शुभकामना

आज विक्रम सम्बत् २०७९ को पहिलो दिन, अर्थात् बैशाख १ गते । यस दिनलाई हामी नेपालीले आफ्नो मौलिक परम्परा अनुरुपको नयाँ वर्षको पहिलो दिनको रुपमा मनाउँदै आएका छौँ । यस सुखद् अवसरमा म, स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही अवाञ्छित शक्तिहरुका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इष्र्याका कारण केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो ।

विसंगति, वेथिति र अस्थिरताका पुराना दुषित खेलको फेरि पुनरावृत्ति भएको छ । वितेको वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ । व्यवस्थापिका निकम्मा हुन पुगेको छ । कार्यपालिकाको छायाँमुनि न्यायपालिका क्रमशः आप्mनो स्वतन्त्र पहिचान गुमाउँदै छ ।

संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रुपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ । केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनमा केन्द्रित हुन पुगेको छ ।

यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख छ । यस सन्दर्भमा विज्ञहरुद्वारा विभिन्न कोणबाट प्रस्तुत आंकडा दोहर्याउन आवश्यक ठान्दिनँ । सङ्क्षेपमाः
– हाम्रो नेतृत्वको सरकारले दुरुस्त छोडेको अर्थतन्त्र अहिले भत्किएको छ । तर गठबन्धनवालाहरुको ध्यान भने आर्थिक समस्या समाधानमा भन्दा आफ्नै स्वार्थसिद्धिमा केन्द्रित छ ।
– मूल्य वृद्धिदर हाम्रो सरकारको समयमा भन्दा दोब्वर भएको छ । मूल्य अनुगमन नगर्दा जथाभावी मुल्य वृद्धि गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम जारी छ ।

– देशको आयात अनियन्त्रित ढंगले वढेको छ । मुलुकको समग्र वाह्य कारोवारको भुक्तानी असन्तुलन भयावह हुँदैछ । विदेशी मुद्रा संचितिमा पहिरो गइरहेको छ । चालू खाता घाटा र वैदेशिक व्यापार घाटा देशले धान्न मुस्किल हुने तहमा पुगिसकेको छ ।

– बैंकिङ प्रणालीवाट वाहिर गएको रकम बैंकमा फर्कन सकेको छैन । तरलताको संकट भयावह हुँदैछ । सरकार यसको कारणको खोजीमा होइन, अरुमाथि दोष थोपरेर उम्कन खोजिरहेको छ ।

– गठबन्धन सत्तासीन भएदेखि नै सरकारी वित्त प्रणालीमा अनिश्चयता र अन्योल शुरु भयो । प्रदेशको वित्त स्थिति त्यस्तै निराशाजनक हुन पुग्यो ।

– सरकारी नीति संगतिपूर्ण छैनन् । सहि राजनीतिक नेतृत्वको अभावमा सरकारी सेवा प्रवाह गर्ने संस्थाहरु अस्तव्यस्त बनेका छन् । उल्टै चुनावी खर्च उठाउने

– जस्ता निहीत स्वार्थ अनुकूल कर्मचारीतन्त्र परिचालन गर्ने ध्याउन्नमा गठबन्धन सक्रिय देखिन्छ ।

– अर्थप्रणाली गलत र अदृष्य तत्वको हातमा पुगेको छ । गठबन्धन सरकार भूमाफिया, काला व्यापारी र तस्करहरुको चंगुल र कमिसनतन्त्रको जालोमा फसेको छ । सरकारकै संरक्षणमा हुण्डी फस्टाएको छ ।

– सरकारले साख गुमाएको छ । विकास साझेदारको विश्वास गुम्दैछ । सरकारमाथि व्यवसायिक क्षेत्रको विश्वास गुमेको छ । निजी क्षेत्र यो सरकारवाट निराश छ ।

– सरकारी निकायबीच नै समन्वय छैन । सम्पत्ति शुद्धीकरण निवारण गर्नुपर्ने सरकार उल्टो वाटोमा हिंड्दै छ ।

– यो गठबन्धन सत्तासीन भएदेखि अहिलेसम्म एउटा पनि नयाँ परियोजना शुरु भएको छैन । ‘मासिक १० प्रतिशतका दरले पूँजिगत खर्च गर्ने’ फुटानी लगाउने यो गठबन्धनले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २५ प्रतिशत भन्दा माथि खर्च गर्न सकेको छैन । यसरी अहिले, आर्थिक बृद्धि त परै जाओस्, देशको अर्थतन्त्र नै धरासायी हुने हो कि भन्ने चिन्ता व्याप्त छ ।

– तर ‘सेटिङ्–सिद्धान्त’मा विश्वास गर्ने गठबन्धन सरकार विज्ञहरुको सुझाव र प्रतिपक्षी दलको खवरदारीलाई मनन गर्नुको साटो प्रतिवादमा उत्रिएको छ । तथ्याङ्कलाई तोडमोड गरी अर्थतन्त्र “दुरुस्त छ” भन्ने झुठा सूचना प्रवाह गरिरहेको छ ।

– अराजक अर्थमन्त्रीको दवावमा भागबण्डाको ‘टेको’मा उभिएका प्रधानमन्त्री स्वयं पनि एकपछि अर्को गलत निर्णय लिइरहेका छन् । सबैभन्दा पछिल्लो निर्णयको रुपमा गभर्नरमाथि गैरकानूनी कार्वाही रहेको छ ।

प्रतिकुलताका वाबजुद वितेको बर्षमा हाम्रो पार्टी नेकपा ९एमाले० पुनर्ताजगीका साथ अघि बढेको छ । गत असोजमा भएको विधान महाधिवेशन, त्यसपछि भएका वडा र पालिका अधिवेशन, दशौं राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनबाट झण्डै ४ लाख हाम्रा संगठनमा संगठित सदस्यहरुको नेतृत्वमा पार्टी गतिशीलताका साथ अघि बढिरहेको छ ।

०७५ जेठ ३ गतेको एकीकरणपछि निस्क्रिय पारिएको हाम्रो पार्टी पंक्ति नयाँ जोशका साथ अघि बढिरहेको छ । अहिले देशव्यापि रुपमा हाम्रो पार्टीको पक्षमा अभुतपूर्व जनलहर देखिएको छ । विभिन्न पार्टीमा रहेका दिदीबहिनी–दाजुभाइहरुको हाम्रो पार्टीमा प्रवेश गर्ने चाहना असाधारण छ ।

हामीले यो लहर र जनचाहनालाई हाम्रो पार्टीको सही नीति र हाम्रो नेतृत्वप्रति जनताको भरोसाको रुपमा लिएका छौं । नेतृत्वमा रहेका केही स्वार्थी तत्वले शुरु गरेको पार्टी र आन्दोलनलाई तहसनहस पार्ने प्रायोजित षडयन्त्रलाई जनस्तरबाट परास्त गर्न पार्टीका कार्यकर्ता, सदस्य, समर्थक र सशुभेच्छुकहरुले खेलेको सुझबुझपूर्ण भूमिका र दृढतालाई म फेरी एकपट सलाम गर्छु, उच्च प्रशंसा गर्दछु ।

यो वर्ष निर्वाचनको वर्ष हो । गठबन्धनवालाहरु जे जति दाउपेच र षडयन्त्रमा पारङ्गत भए पनि चुनावबाट भाग्ने ठाउँमा छैनन् । जनादेश नै यस्ता निकम्मा र राष्ट्रहित प्रतिकूल तत्वलाई परास्त र दण्डित गर्ने माध्यम हो । ‘ताजा जनादेश’ भन्ने शव्द सुन्नासाथ सातो जाने लक्ष्यविहीन यस अराजक समूहका कुनै एजेण्डा छैनन्, कार्यक्रम छैनन् । यिनीहरुले ‘राष्ट्रिय नीति तथा कार्यक्रम’को रुपमा विगतमा हाम्रो पहलमा भएका उपलब्धि र कामको ‘भण्डाफोर गर्ने’लाई अघि बढाएका छन् ।

पार्टीमाथि धावा बोलिएको क्षण, आम रुपमा पार्टी कमिटी निष्क्रिय तुल्याइएको बेला, आवश्यक परेको समयमा पार्टीको राजनीतिक नेतृत्वको अभाव रहेको अवस्थामा समेत पार्टी नीति तथा प्रतिवद्धता अनुरुप हाम्रो नेतृत्वमा रहेका स्थानीय तहबाट आधारभूत रुपमा प्रभावकारी काम भयो । हाम्रा लागि आसन्न निर्वाचनमा कुनै कृत्रिम एजेण्डाको बैशाखी टेकीरहनु पर्दैन ।

विगतमा गरेका जनपक्षीय कामका विवरण हाम्रो योग्यता र क्षमताका उदाहरण हुन् । गर्न बाँकी र अनुभवबाट खारिएर समाजवादको आधार तयार गर्न हामीले आगमी दिनमा गर्ने कामका प्रतिवद्धता जनताको मन जित्ने हाम्रा आधार हुन् । आसन्न निर्वाचनमा प्रकट हुने जनादेश छली, स्वार्थी र जनहित विरोधी प्रतिगामी गठबन्धन कि ताजा जनादेश मार्फत् लोकतान्त्रिक विधिद्वारा सामाजिक सुव्यवस्था र विकासका लागि शासन सञ्चालन गर्न चाहने हाम्रो पार्टीजस्तो अग्रगामी शक्ति, कसलाई छान्ने भन्नेजस्तो देशको भविश्य निर्धारण गर्ने गहन विषयको जनमत संग्रह हुनेछ ।

अहिले पनि विभिन्न बहानामा हिजो स्थानीय तहको निर्वाचन रोक्ने अलोकतान्त्रिक र असंवैधानिक दुस्प्रयासमा असफल रहेका शक्तिहरु चुनाव रोक्ने प्रपञ्च रचिरहेका छन् । हामी खबरदारी गर्न चाहन्छौं, कुनै पनि बहानामा चुनाव रोक्नु लोकतन्त्र विरोधी कुरा हो र यो किमार्थ स्वीकार्य हुन सक्दैन ।

नयाँ बर्षको यस अवसरमा म जनविरोधी र राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गर्दछु । विश्वास छ, मुलुक निर्माणको प्रथमिकताबाट विमूख ब्यक्ति र समूहहरुका निहीत स्वार्थद्वारा सिर्जना गरिएका अवरोधलाई छिचोल्न, राजनीतिक स्थिरता कायम गर्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने हाम्रो गन्तव्यमा आम देशवासी दिदीबहिनी तथा दाजुभाइहरुको हामीलाई साथ सहयोग प्राप्त हुनेछ ।
नयाँ वर्ष सम्बत् २०७९ को पुनः हार्दिक शुभकामना ।

सम्बन्धित समाचार

एमालेमा आइसब्रेक हुनसक्ने, कार्यदल ब्युँताउने सहमतिपछि सदस्यहरूको बैठक बस्दै

एमालेको एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको मागअनुसार अध्‍यक्ष केपी शर्मा ओली कार्यदल ब्युँताउन सहमत भएपछि त्यसको बैठक बसेको हो । आइतबार राति बालुवाटारमा अध्यक्ष ओलीसँगको वार्तामा...

डुब्यो चितवनमा गठबन्धनले चुनावीसभा गर्न लागेको ठाउँ

काठमाडौं । चितवनको भरतपुर बसपार्कमा सत्तागठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको गाउँ डुबानमा परेको छ । रातभरजसो परेको पानीले चुनावी सभास्थल भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो । सभाका तयार पारिएको मञ्च र...

कोरोनाका कारण ६ सय पत्रकारको मृत्यु

एजेन्सी, २३ पुस-कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ ।  सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो...

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्गबीच शिष्टाचार भेट

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बालुवाटारमा फेङ्गले ओलीसँग शिष्टाचार भेट गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । वालुवाटार जानुअघि चिनियाँ रक्षामन्त्री फेङ्गलाई नेपाली सेनाको...

नेपालमा कोरोनामुक्त हुने दर ८१ प्रतिशत

काठमाडौं, २२ कात्तिक-नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार १ सय १४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २ सय...

आज २९४२ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ९२ हजार नाघ्यो

काठमाडौं, २ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल...

साढे ७ सय विदेशी पठाउन आज ४ वटा विमान चार्टर

अन्तर्राष्ट्रिय उडानका लागि शनिबार ३ एयरलाइन्स कम्पनीका ४ वटा विमानले उडान अनुमति पाएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार २ वटा कतार, १ चेक र १ मालिन्डो गररे ४ वटा उडानका लागि अनुमति दिइएको छ...

विश्व मुख दिवसमा विराटनगरमा सचेतना र्याली

विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विराटनगरमा सचेतनामूलक र्याली निकालिएको छ ।नेपाल डेन्टल एशोसिएसन मोरङको आयोजनामा तथा कोशी अस्पताल र नोबेल मेडिकल कलेजको सहयोगमा विराटनगरमा सोमबार बिहान सचेतनामूलक र्याली निकालिएको हो । कोशी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्