कोशी अस्पतालका नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग

 न्यूज विराट
कोशी अस्पतालका नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग

विराटनगर, । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्टाफ नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सो अस्पतालमा कार्यरत स्टाप नर्सलाई ३२ थान महिनावारीको समयमा लगाउने कप र सुत्केरी महिलाहरुलाई ४० वटा मातृ तथा बाल हेरचाह किट वितरण गरेको हो ।

सो अवसरमा क्लबकी चार्टर प्रेसिडेन्ट डा. ममता वर्माले प्रसूति वार्डका सुत्केरी महिलाहरूसँग पनि अन्तरक्रिया गरेकी थिइन् । उनले सुत्केरी महिलाहरुलाई स्तनपानको महत्वारे प्रकाश पारेकी थिइन् । उनले महिनावारीको समयमा लगाउने कप प्रयोग एवम् फाइदा र यसले वातावरणको संरक्षमा पुग्ने फाइदाबारेसमेत बताएकी थिइन् ।

सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष संचिता जैन, सचिव अनिता सारडा, सेवा परियोजना प्रमुख गिरिजा सारडा, जनसम्पर्क प्रमुख मञ्जु अग्रवाललगायत क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

प्रचण्डसहित ५ सचिवालय सदस्यले भोलि ९ बजे ओलीलाई भेट्ने

काठमाडौं, २१ कात्तिक-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यले भोलि बिहान ९ बजेट प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको निष्कर्षअनुसार भेटको समय जुरेको हो । प्रधानमन्त्री...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो क्रिशमस डे

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग क्रिशमस डे मनाएको छ । २५ डिसेम्बरमा प्रत्येक वर्ष मनाइने क्रिशमस डे यस वर्ष क्लबले बालबालिकाहरुसँग मनाएको हो ।  रोटरी क्लबले एडप्ट गरेको विराटनगरस्थित शिव आधारभूत विद्यालयका...

अखिल (क्रान्तिकारी) मोरङ अध्यक्षमा सरोज राई निर्वाचित

विराटनगर । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् ।मोरङको सुन्दरहरैंचामा भदौ १९ गते उद्घाटन भएको सम्मेलनबाट राई अध्यक्षमा चयन भएका हुन् । राईले ८१ मत...

भारतको विरोधमा उत्रिएका २५ जना बढी सामाजिक अभियन्ता पक्राउ

काठमाडाैं, २९ वैशाख-प्रहरीले २५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । भारतको उत्तराखण्ड पिथौरागढ जिल्लाको गर्वाधारहुँदै चीनको मानसरोवर जाने सडकको विरोधमा उत्रिएका सामाजिक अभियन्ता द्वारिकलाल ढुंगेलसहित २५ जना पक्राउ परेका हुन् । भारतले नेपालको कालापानी भूमि...

कटहरी गाउँपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउँदै, पहिलो पटक ४० युवालाई सिपमुलक तालिम दिदै

विराटनगर । कटहरी गाउँपालिकाले ४० जना बेरोजगार युवायुवतीलाई लक्षित गरेर सिपमुलक तालिम संचालन गर्ने भएको छ । सरोकारवाला निकायसंगको समन्वयमा संचालन गरिने तालिमको बिषयमा गाउँपालिकाले सुझाव समेत संकलन गरेको छ । युवाहरुलाई दिने १० महिने...

समाद–२ गिती भिडियो एल्बम विराटनगरमा लोकार्पण

विराटनगर, २४ माघ । राजवंशी चलचित्रकर्मी समाद समितिले समाद–२ नामक गिती भिडियो एल्बम लोकार्पण गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समाद २ को लोकार्पण गरे । समाद समितिले निर्माण...

प्रदेश १ का नयाँ डिआइजी श्याम ज्ञवालीले समाले पदभार

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गरेका छन् ।नेपाल सरकार गृह मन्त्रालयको यही पौष २९ गतेको निर्णयानुसार साईबर...

विराटको सङ्कलन केन्द्र विराटनगरको भट्टिमोडमा स्थापना, अब घरमै बसेर बिरामीले रिपोट पाउने

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय बिरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याब प्रा.लि. ले रगत सङ्कलन केन्द्र स्थापना गरेको छ ।विराटले आइतबार विराटनगर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्