कांग्रेस प्रवेश गरेका बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री पदमुक्त

 न्यूज विराट
कांग्रेस प्रवेश गरेका बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री पदमुक्त

काठमाडौं । नेकपा एमाले छाडेर कांग्रेस प्रवेश गरेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री पदमुक्त भएका छन् । निर्वाचन आयोगले जारी गरेको सूचनाका अनुसार क्षेत्री पदमक्त भएसँगै उपाध्यक्ष कमला कायस्थले अध्यक्षको जिम्मेवारी पाएकी छन् ।

आयोगमा आएको पत्रका आधारमा क्षेत्रीलाई पदमुक्त गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट जितेका क्षेत्री जिल्ला कमटी अध्यक्ष नपाएपछि कांग्रेस प्रवेश गरेका थिए ।

केदारका भाइ कृष्ण क्षेत्रीलाई गाउँपालिका अध्यक्षको टिकट दिने शर्तमा उनीहरु केही समयअघि कांग्रेस प्रवेश गरेका थिए । तर, कृष्ण क्षेत्रीले पालिका अध्यक्षको टिकट पाउने सम्भावना निकै कम भएको कांग्रेस स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

मोरङमा शान्ति सुरक्षा स्थापनाका लागि प्रविधि र जनशक्तिको प्रयोग

विराटनगर, असार ६–मोरङ प्रहरीले जिल्लामा अमनचयन काम गर्न तथा शान्ति सुरक्षा स्थापना गर्न सबै प्रविधि र जनशक्तिको प्रयोग भइरहेको जनाइएको छ । सोही कार्य अन्तर्गत मोरङ प्रहरीले बन्दाबन्दी शुरु हुनु भन्दा पहिले चार महिनाको अवधिमा...

एमाले एकता बचाउन फेरि छलफलमा जुटे कार्यदलका नेता, यस्तो छ १० बुँदेअनुसार अघि बढने गृहकार्य

काठमाडौं, साउन २ । एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको पहल जारी राखेका छन् । एमाले स्थायी कमिटीले धन्यवादसहित १० बुँदे सहमति अनुमोदन गरी कार्यदल बिघटन गरेपछि उत्साहित बनेका कार्यदलका सदस्यहरु फेरि एकजुट बनेका हुन ।...

कर्णाली प्रदेशमा लकडाउनका बेला ३१ जनाले गरे आत्महत्या

सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेशमा लकडाउनको एक महिनामा ३१ जनाले आत्महत्या गरेका छन् । लकडाउन भएको ११ चैत्रदेखि हालसम्म ३१ जनाले आत्महत्या गरेका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लामा झुन्डिएर २५...

कुटानी पिसानी मिल व्यवसायी संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न

विराटनगर, १ फागुन । मोरङ साना घरेलु कुटानी पिसानी मिल व्यवसायी संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार शुन्दरहरैँचा नगरपालिका–१० स्थित सामुदायीक वन उपभोक्त समितिको सभाहलमा संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो...

विराटनगरमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने, माओवादी र समाजवादीमा छट्पटी

विराटनगर, २५ चैत । विराटनगरमा एक्लै बलियो अवस्थामा रहेको भन्दै नेपाली कांग्रेसले गठबन्धनमा आवद्ध कुनै दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेपछि गठबन्धनकै अरु दलमा छट्पटी सुरु भएको छ । कांग्रेससँग गठबन्धन गरेर भागवण्डा पाइने आशमा...

मधेस प्रदेशको खुसीयालीमा आज सार्वजनिक बिदा

जनकपुर, ३ माघ । मधेस प्रदेशमा आज (मंगलबार) सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद...

रंगेलीमा दुई युवकको खोलामा डुवेर मृत्यु

विराटनगर, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु...

डेन्टल एसोसिएसन मोरङमा डा. प्रेक्षा दली र महासचिवमा डाक्टर मिरा आचार्य निर्वाचित

विराटनगर, ५ भदौ । डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा दली निर्वाचित भएकी छिन् । डा. प्रेक्षा गोलाप्रथाद्वारा निर्वाचित भएकी हुन् । विराटनगरमा शनिबार सम्पन्न भएको निर्वाचनमा डा. प्रेक्षा र उनकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्